काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटअन्तर्गत आज दुई खेल हुँदैछन् । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने दुवै खेलले प्रतियोगिताको अंक तालिका र टोलीहरूको अन्तिम स्थान निर्धारणमा महत्त्वपूर्ण प्रभाव पार्नेछ । आजको पहिलो खेलमा दिउँसो साढे १२ बजे चितवन राइनोज र कर्णाली याक्स आमनेसामने हुँदैछन् । अंक तालिकाको चौथो स्थानमा रहेको चितवनले यसअघि नै प्लेअफमा आफ्नो स्थान सुरक्षित गरिसकेको छ । सातौं स्थानमा रहेको कर्णाली भने प्रतियोगितामा सुखद नतिजाका साथ अघि बढ्ने लक्ष्यमा हुनेछ । त्यस्तै, आजै दिउँसो साढे ४ बजे हुने दोस्रो खेलमा काठमान्डु गोर्खाज र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुनेछ । अंक तालिकाको तेस्रो स्थानमा रहेको काठमान्डुले प्लेअफमा स्थान पक्का गरिसकेको छ । तालिकाको पुछारमा रहेको पोखरा भने जितका साथ प्रतियोगिताको अन्त्य गर्ने लक्ष्यमा मैदान उत्रनेछ । आजका दुवै खेल अंक तालिकाको समीकरणका दृष्टिले महत्त्वपूर्ण मानिएका छन् । विशेषगरी टोलीहरूको जित-हारले अंक तालिकामा उनीहरूको अन्तिम स्थान निर्धारण गर्नुका साथै प्लेअफको समीकरणलाई समेत स्पष्ट पार्नेछ । आज कीर्तिपुरमा हुने दुवै खेललाई प्रतिस्पर्धात्मक र चासोका साथ हेरिएको छ ।
एनपीएलमा आज : चितवन-कर्णाली र काठमाण्डु-पोखराबीच अन्तिम स्थान निर्धारणका लागि प्रतिस्पर्धा

Read Complete Original Article
Published originally on हिमालय टाइम्स




_ny6gEZPI2v.jpg)
