काठमाडौं । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल मात्रै हुँदैछ । साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा काठमान्डु गोर्खाजले अंकतालिकाको शीर्ष स्थानमा रहेको लुम्बिनी लायन्सको सामना गर्दैछ । लुम्बिनी ७ अंकका साथ शीर्ष स्थानमा छ भने काठमान्डु ४ अंकका साथ चौथो स्थानमा रहेको छ । लुम्बिनी अपराजित छ । ४ खेलमा ३ मा विजयी भएको छ भने एक खेल रद्द हुँदा अंक बाँडेको छ । काठमान्डुले ३ खेलमा २ खेल जितेको छ भने एक खेलमा पराजित भएको छ ।
एनपीएलमा आज काठमान्डु गोर्खाजले लुम्बिनी लायन्सको सामना गर्दै

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु






