Monday, November 9, 2026||
MultiKhabarMultiKhabar

एनपीएलको सोह्रौं अर्धशतक बोपराको नाममा

Share:WhatsAppFacebookX (Twitter)Telegram
एनपीएलको सोह्रौं अर्धशतक बोपराको नाममा
Photo / Coverage: पर्दाफास

राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग एनपीएलको सोह्रौं अर्धशतक चितवन राइनोजका रवि बोपराको नाममा लेखिएको छ।बोपराले आज काठमाडौं गोर्खाजकाविरूद्ध ३४ बलमा ३ छ्क्का र २ चौकाको मद्दतमा अर्धशतक पूरा गरे। जारी सिजनमा हालसम्म १६ अर्धशतक र एक शतक प्रहार भएको छ। जसमा काठमाडौं गोर्खाजका राशिद खान र विराटनगर किङ्सका लोकेश बमले दुईरदुई अर्धशतक हिर्काएका छन्। विराटनगरकै इमरान शेख,आन्द्रे रसेल, काठमाडौं गोर्खाजका डेभिड वार्नर, जनकपुर बोल्ट्सका तृतराज दास, मोइन अली, शैफ हसन, कर्णाली याक्सका कप्तान सोमपाल कामी, डेभिड मिलर, सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्रसिंह ऐरी,चितवन राइनोजका डेभिड मलान, पोखरा एभेन्जर्सका कुशल भुर्तेलले अर्धशतक हिर्काएका थिए। यो सिजनमा शतक हिर्काउने एकमात्र खेलाडी पोखरा एभेन्जर्सका युवराज सामरा हुन्। उनले कर्णाली याक्सकाविरूद्ध ४५ बलमा शतक पूरा गरेका थिए।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
टाइम म्यागजिनको जलवायु मुद्दाका प्रभावशाली व्यक्तिको सूचीमा अर्थमन्त्री वाग्ले
OthersJust now

टाइम म्यागजिनको जलवायु मुद्दाका प्रभावशाली व्यक्तिको सूचीमा अर्थमन्त्री वाग्ले

२३ कात्तिक, काठमाडौं । टाइम म्यागजिनले सन् २०२६ का लागि सार्वजनिक गरेको जलवायु परिवर्तनसम्बन्धी विश्वका १०० प्रभावशाली व्यक्तित्वको सूचीमा नेपालका अर्थमन्त्री डा. स्वर्णिम वाग्ले अटाएका छन् । वाग्लेले भोटेकोशी बाढीपछि जलवायु न्यायका लागि अन्तर्राष्ट्रिय मञ्चहरूमा गरेको पैरवी, जलवायु वित्तका लागि गरेको पहल तथा स्रोत व्यवस्थापन र अन्तर्राष्ट्रिय प्रणालीगत सुधारबारे राखेका विचारलाई महत्त्वपूर्ण मान्दै टाइम म्यागजिनले… ...

अनलाइन खबर
एनपीएल : काठमाडौं चौथो जितसहित प्लेअफनजिक, चितवन पराजित
OthersJust now

एनपीएल : काठमाडौं चौथो जितसहित प्लेअफनजिक, चितवन पराजित

राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग ९एनपीएल० अन्तरगत आजको दोस्रो खेलमा काठमाण्डौ गोर्खाजले चितवन राइनोजलाई १० रनले हराएको छ। पाँच खेलबाट चौथोजितका साथ ८ अंक जोडेको काठमाडौं प्लेअफ नजिक पुगेको छ। चितवनको भने पाँच अंकका साथ चौथो स्थानमा कायम छ। जितका लागि पाएको १८१ रनको लक्ष्य पछ्याएको चितवनले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १७० रन मात्रै बनाउन सक्यो। ...

पर्दाफास
तिहारमा ठूलो आवाज निकाल्ने २५ वटा मोटरसाइकल प्रहरी नियन्त्रणमा
OthersJust now

तिहारमा ठूलो आवाज निकाल्ने २५ वटा मोटरसाइकल प्रहरी नियन्त्रणमा

तिहार पर्वका समयमा सर्वसाधारण नागरिकलाई सुरक्षित र शान्त वातावरणमा आवागमन गर्ने व्यवस्था मिलाउने उद्देश्यले प्रहरीले चेकजाँच तथा निगरानीलाई तीव्रता दिएको थियो । ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play