Thursday, November 12, 2026||
MultiKhabarMultiKhabar

एनपीएलको सत्रौं अर्धशतक सामराको नाममा

Share:WhatsAppFacebookX (Twitter)Telegram
एनपीएलको सत्रौं अर्धशतक सामराको नाममा
Photo / Coverage: पर्दाफास

राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को सत्रौं अर्धशतक पोखरा एभेन्जर्सका युवराज सामराको नाममा दर्ज भएको छ। युवराजले विराटनगर किङ्सकाविरूद्ध ३२ बलमा २ छक्का र ५ चौकाको मद्दतमा ५० रन पूरा गरे। युवराज जारी सिजनमा शतक हिर्काउने एकमात्र खेलाडी समेत हुन्। जारी सिजनमा हालसम्म १७ अर्धशतक र एक शतक प्रहार भएको छ। जसमा काठमाडौं गोर्खाजका राशिद खान र विराटनगर किङ्सका लोकेश बमले दुई÷दुई अर्धशतक हिर्काएका छन्। विराटनगरकै इमरान शेख,आन्द्रे रसेल, काठमाडौं गोर्खाजका डेभिड वार्नर, जनकपुर बोल्ट्सका तृतराज दास, मोइन अली, शैफ हसन, कर्णाली याक्सका कप्तान सोमपाल कामी, डेभिड मिलर, सुदूरपश्चिम रोयल्सका कप्तान दीपेन्द्रसिंह ऐरी,चितवन राइनोजका डेभिड मलान,रवि बोपरा, पोखरा एभेन्जर्सका कुशल भुर्तेलले अर्धशतक हिर्काएका थिए। यो सिजनमा शतक हिर्काउने एकमात्र खेलाडी पोखरा एभेन्जर्सका युवराज सामरा हुन्। उनले कर्णाली याक्सकाविरूद्ध ४५ बलमा शतक पूरा गरेका थिए।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
भिमफेदी दुर्घटना : मृत्यु भएका १४ जनाकै पहिचान खुल्यो
OthersJust now

भिमफेदी दुर्घटना : मृत्यु भएका १४ जनाकै पहिचान खुल्यो

सर्लाहीको चक्रघट्टा गाउँपालिका–४ सुन्दरपुरटोलमा भएको दुर्घट्नामा १४ जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका डीएसपी माधवकुमार काफ्लेका अनुसार मृत्यु भएका १४ जनाकै पहिचान खुलेको छ । मृत्यु हुनेमा सर्लाहीको कबिलासी गाउँपालिका–८ का ३० वर्षीय चालक रविशंकर कुमार मण्डल,सर्लाही चक्रघट्टा गा.पा.४ सुन्दरपुरटोल बस्ने राकेश यादव,सुरेश यादव र सोही बस्ने छोटु यादव ,२६ वर्षीय बिकेश यादव, ३५ वर्षीया पुनम यादव, उनका छोराछोरी ...

पर्दाफास
भीमफेदी दुर्घटना : ११ जनाको मृत्यु, यी हुन् मृतक
OthersJust now

भीमफेदी दुर्घटना : ११ जनाको मृत्यु, यी हुन् मृतक

सर्लाहीको चक्रघट्टा गाउँपालिका–४ सुन्दरपुरटोलमा भएको दुर्घट्नामा मृत्यु भएका ११ जनाको पहिचान खुलेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका डीएसपी माधवकुमार काफ्लेका अनुसार मृत्यु हुनेमा सर्लाहीको कबिलासी गाउँपालिका–८ का ३० वर्षीय चालक रविशंकर कुमार मण्डल सहित ११ जना रहेका छन् । उनको अनुसार चक्रघट्टा गाउँपालिका–४ सुन्दरपुरटोलका २६ वर्षीय बिकेश यादव, ३५ वर्षीया पुनम यादव, उनका छोराछोरी ७ वर्षीया दिक्षा यादव, ५ वर्षीया दिपिका ...

पर्दाफास
भीमफेदी ईभी दुर्घटना अपडेट : थप तीन जनाको शव भेटियो, मृतकको संख्या १४ पुग्यो
OthersJust now

भीमफेदी ईभी दुर्घटना अपडेट : थप तीन जनाको शव भेटियो, मृतकको संख्या १४ पुग्यो

२६ कात्तिक, काठमाडों । मकवानपुरको भीमफेदी गाउँपालिका–६ स्थित चिसापानी गढीमा भएको ईभी गाडी दुर्घटनामा मृत्यु हुनेको संख्या १४ पुगेको छ । त्यस्तै, उक्त दुर्घटनामा परेर ६ जना घाइते भएको सशस्त्र प्रहरी बल, नेपालका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए । दुर्घटनामा परेको ईभी गाडीमा चालकसहित २० जना सवार रहेको उनले बताए । बिहीबार बिहान करिब… ...

अनलाइन खबर
कञ्चनपुरमा एक जना मृत भेटिए
OthersJust now

कञ्चनपुरमा एक जना मृत भेटिए

२६ कात्तिक, धनगढी । कञ्चनपुरमा एक जना मृत भेटिएका छन् । भीमदत्त नगरपालिका–९ बस्ने ५१ वर्षीय देवसिंह कार्की मृत भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक(डीएसपी) टेकबहादुर रावतले जानकारी दिए । उनकाअनुसार बुधबार घरबाट निस्किएका कार्की मटेनामा रहेको रामटोलस्थित कल्भर्ट नजिकै बिहीबार मृत भेटिएका हुन् । घटनास्थल कार्य सकेर कार्कीको शव परीक्षणका लागि महाकाली… ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play