काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) को प्लेअफ खेलतालिका सार्वजनिक भएको छ। प्रतियोगिताको प्लेअफ चरणमा पहिलो क्वालिफायर, दोस्रो क्वालिफायर र एलिमिनेटर खेल हुनेछन्। पहिलो क्वालिफायरमा लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स भिड्नेछन्। यो खेल मंगलबार साँझ ५ बजे हुनेछ। पहिलो क्वालिफायरको विजेता सिधै फाइनलमा प्रवेश गर्नेछ। एलिमिनेटर खेल बुधबार साँझ ५ बजे काठमान्डु गोर्खाज र चितवन राइनोजबीच हुनेछ। एलिमिनेटरको विजेताले दोस्रो क्वालिफायरमा स्थान बनाउनेछ। दोस्रो क्वालिफायर बिहीबार साँझ ५ बजे हुनेछ। यस खेलमा पहिलो क्वालिफायरमा पराजित टोली र एलिमिनेटरको विजेताबीच प्रतिस्पर्धा हुनेछ। प्रतियोगिताको फाइनल खेल शनिबार साँझ ५ बजे हुनेछ। फाइनलमा पहिलो क्वालिफायर र दोस्रो क्वालिफायरका विजेता टोली भिड्नेछन्।
एनपीएलको प्लेअफ खेलतालिका सार्वजनिक

Read Complete Original Article
Published originally on नेपालन्युज





