काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत पहिलो क्वालिफायर खेल आज हुँदैछ । आज साँझ ५ बजेदेखि शुरु हुने यस खेलमा शिर्ष स्थानमा रहेको लुम्बिनी लायन्स र दोस्रो स्थानमा रहेको सुदूरपश्चिम रोयल्स खेल्दैछन् । यसै सिजनको लिग चरणको पहिलो खेलमै आमने सामने हुदा लुम्बिनीले सुदूरपश्चिमलाई ७ विकेटले पराजित गरेको थियो । यसअघि एनपीएलको दोस्रो सिजनको फाइनलमा समेत दुवै टिम खेलेका थिए र सो खेलपनि लुम्बिनीले जितेको थियो । लिग चरणमा लुम्बिनीले खेलेका ७ खेलमा ५ खेल जितेको थियो भने एक खेलमा हार बेहोरेको थियो । त्यस्तै एक खेल बर्षाले रद्ध हुदा अंक बाँडेको थियो । त्यस्तै सुदूरपश्चिमले खेलेका ७ खेलमा ५ जित र २ हार बेहोरेको थियो । लुम्बिनी लायन्सले यस सिजनमा कप्तान रोहित पौडेलसहित डिआर्ची शर्ट, आसिफ सेख, शेर मल्ल, निरोशन डिकवेला, किशोर महतोको उत्कृष्ट प्रदर्शनसँगै अंक तालिकामा शिर्ष स्थानमा रहन सफल भएको छ । त्यस्तै सुदूरपश्चिम भने कप्तान दिपेन्द्र सिंह ऐरी, अनिल खरेल, हेमन्त धामीसहितका खेलाडीको उत्कृष्ट प्रदर्शनले दोस्रो हुदै पहिलो क्वालिफायर खेल्दैछ । पहिलो क्वालिफायरको विजेता सिधै फाइनलमा पुग्ने छ भने पराजित हुने टिमले दोस्रो क्वालिफायर खेल्ने अवसर पाउने छ । दोस्रो क्वालिफायरमा पहिलो क्वालिफायरको पराजित हुने टिम र तेस्रो र चौथो टिमबीच हुने इलिमिनेटरको विजेता टिम खेल्ने छन् । र दोस्रो क्वालिफायरको विजेता टिम पहिलो क्वालिफायरको विजेता टिमसँग फाइनलमा खेल्ने छ । The post एनपीएलको पहिलो क्वालिफायरमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.
एनपीएलको पहिलो क्वालिफायरमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै

Read Complete Original Article
Published originally on कर्पोरट खबर






