Tuesday, November 24, 2026||
MultiKhabarMultiKhabar

एनपीएलका आठ फ्रेन्चाइज: आगामी सिजनदेखि नै ‘होम एन्ड अवे’ ढाँचामा खेल खेलाउने र रङ्गशाला निर्माण गर्ने

Share:WhatsAppFacebookX (Twitter)Telegram
एनपीएलका आठ फ्रेन्चाइज: आगामी सिजनदेखि नै ‘होम एन्ड अवे’ ढाँचामा खेल खेलाउने र रङ्गशाला निर्माण गर्ने
Photo / Coverage: कर्पोरट खबर

काठमाडौं । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले नेपाल प्रिमियर लिग (एनपीएल) का आठवटै फ्रेन्चाइज टोलीका सञ्चालक तथा प्रतिनिधिसँग क्रिकेट रङ्गशाला निर्माण र ‘होम एन्ड अवे’ ढाँचामा प्रतियोगिता सञ्चालन गर्ने विषयमा छलफल गरेका छन् । प्रधानमन्त्री बालेन्द्र शाहले एनपीएलको छैटौँ संस्करणदेखि आठवटै क्लबका आफ्नै फ्लडलाइटसहितका घरेलु रङ्गशाला निर्माण गरी ‘होम एन्ड अवे’ प्रणालीमा लिग सञ्चालन गर्ने घोषणा गरेपछि त्यसको कार्यान्वयन मोडालिटीबारे मन्त्रालयले सरोकारवालासँग परामर्श थालेको हो। छलफलमा नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्कासहित आठवटै फ्रेन्चाइज टोलीका प्रतिनिधि सहभागी भए । छलफलमा मन्त्री पोखरेलले एकैपटक आठवटै रङ्गशाला निर्माण गर्नुभन्दा यथार्थपरक योजना बनाएर चरणबद्ध रूपमा अगाडि बढ्ने विषय राखे । आगामी चौथो संस्करणदेखि नै दुईदेखि तीनवटा भेन्युबाट ‘होम एन्ड अवे’ को अभ्यास सुरु गर्ने र पाँचौँ तथा छैटौँ सिजनसम्म पुग्दा आठवटै घरेलु मैदानमा खेल संचालन गर्न सकिने विषयमा छलफल गर्न खोजिएको बताए। “पहिलो चरणमा कुन मोडालिटी र समयसीमाभित्र रङ्गशाला निर्माण गर्ने भन्ने विषयमा स्पष्ट हुन जरुरी छ,” छलफलमा मन्त्री पोखरेलले भने, “सार्वजनिक–निजी साझेदारी (पीपीपी) मोडलमा जाने कि क्लबहरूलाई दीर्घकालीन लिजमा दिएर निर्माणको जिम्मा दिने भन्ने विकल्पमा सरकार खुला छ।” यसबाट क्लबहरूको स्वामित्व र अपनत्व हुँदा निर्माण छिटो हुने र समर्थकमाझ पनि सकारात्मक सन्देश जाने उहाँको भनाइ थियो । छलफलमा अन्तर्राष्ट्रिय स्तरको प्रसारण, प्रोडक्सन र रिभ्यु सिस्टम (डीआरएस) का कारण एउटै मैदानमा लिग गर्दा पनि लागत उच्च रहेको विषय उठेको थियो। सोही सन्दर्भमा ‘होम एन्ड अवे’ प्रणालीमा जाँदा लागत साझेदारी (कस्ट सेयरिङ) र रेभिन्यु सेयरिङको स्पष्ट खाका बनाएर अगाडि बढ्ने समझदारी बनेको छ। बैठकमा क्यान सचिव पारस खड्काले कीर्तिपुरस्थित टियु मैदान र मूलपानीको विद्यमान महँगो डीपीआरलाई परिमार्जन गरि सहुलियत बजेटमा टियु, मूलपानी र चितवनको गौतमबुद्ध क्रिकेट रङ्गशाला छोटो समयभित्रै तयार पार्न सकिने प्रस्ताव प्रस्तुत गर्नुभयो । “एनपीएल सकिएसँगै प्रधानमन्त्रीबाट जे कुरा आयो, एकदमै खुसी छौँ। हाम्रो क्लबको युनिटी पनि एकदमै राम्रो छ। राम्रो काम गर्ने इगोमात्र उहाँहरुमा छ। त्यसैले सहकार्यमा काम गर्न असहज छैन,” खड्काले थप्नुभयो। फ्रेन्चाइज क्लबका प्रतिनिधिहरूले पनि आगामी सिजनका लागि तत्काल टियु मैदानको दर्शक क्षमता बढाउनुपर्नेमा जोड दिए। अन्य मैदानको हकमा अपसी सहकार्य गरेर रंगशाला निर्माणमा पनि लाग्नसक्ने विषय उनीहरुको थियो। सरकारले दीर्घकालीन स्पष्ट नीतिगत व्यवस्था गरिदिए रङ्गशाला निर्माण तथा सञ्चालनमा निजी क्षेत्रबाट लगानी भित्र्याउन पनि आफूहरू तयार रहेको उनीहरुले बताए । यस्तै, क्लबका प्रतिनिधिहरुले खेलकुद पूर्वाधारमा प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) भित्र्याउन र प्रायोजनसम्बन्धी नीतिगत जटिलता फुकाउन सरकारसँग आग्रह गरे । त्यस्तै, तत्काल टियुलाई व्यवस्थित गर्दै मूलपानी र चितवन रङ्गशालाको काम छिटो सकेर आगामी सिजनमा बिहानको खेल मूलपानी र बेलुकाको फ्लडलाइट खेल टियुमा खेलाउन सकिने व्यावहारिक उपायसमेत क्लबका प्रतिनिधिहरूले सुझाए । छलफलमा सरोकारवालाहरूको सुझाव समेट्दै मन्त्री पोखरेलले आफूहरुले पीपीपी मोडलमै काम गर्न चाहेको र त्यसको लागि क्लबहरुसँगै सहकार्य गर्ने कुरालाई सरकारले प्राथमिकतासाथ हेरेको बताए। “अब यसलाई कमर्सियल एंगलले पनि सोच्नुपर्छ। पीपीपी मोडलमै हामी जाने हो। अरु निजी क्षेत्रसँग जानुभन्दा पनि एनपीएलका क्लबसँगै जानुपर्छ भनेर तपाईंहरुसँग छलफल गरेका हौँ,” मन्त्री पोखरेलले थपे “यसमा तपाईंहरुको सकारात्मक प्रतिक्रियाले थप उत्साह थपेको छ। घोषणा गरेअनुरुप एउटा मोडालिटी बनाएर छिटै काम सुरु हुन्छ। The post एनपीएलका आठ फ्रेन्चाइज: आगामी सिजनदेखि नै ‘होम एन्ड अवे’ ढाँचामा खेल खेलाउने र रङ्गशाला निर्माण गर्ने appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
सहयोगी हातले बच्यो सुनिताको जीवन, २३ दिनपछि डिस्चार्ज
Latest NewsJust now

सहयोगी हातले बच्यो सुनिताको जीवन, २३ दिनपछि डिस्चार्ज

सन्तोष दहितदाङ, मंसिर ८ गते । आर्थिक अभावका कारण उपचारमा कठिनाइ भोगिरहेकी रोल्पाकी एक महिलाले सहयोगी मनहरूको साथ पाएपछि नयाँ जीवन पाउनुभएको छ । भिरबाट लडेर गम्भीर घाइते हुनुभएकी रु... ...

गोरखापत्र
पोखरामा नेपाल–जापान सांस्कृतिक महोत्सव
Latest NewsJust now

पोखरामा नेपाल–जापान सांस्कृतिक महोत्सव

गण्डकी । नेपाल र जापानबिच कूटनीतिक सम्बन्ध स्थापना भएको ७० वर्ष पूरा भएको अवसरमा मंगलबार पोखरामा नेपाल–जापान सांस्कृतिक महोत्सव आयोजना गरिएको छ । पोखराका ११ वटा रोटरी क्लबको आयोजनामा फेवाताल किनारस्थित... ...

रातोपाटी
विपन्नलाई घरविहीन बन्न नदिने मुख्यमन्त्रीको प्रतिबद्धता
Latest NewsJust now

विपन्नलाई घरविहीन बन्न नदिने मुख्यमन्त्रीको प्रतिबद्धता

अनिल पराजुलीमकवानपुर, मङ्सिर ८ गते । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले प्रदेशभित्रका कुनै पनि विपन्न नागरिकलाई घरविहीन बन्न नदिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । उहाँले... ...

गोरखापत्र
एनपिएलमा आगामी ‘सिजन’देखि नै दुईदेखि तीन मैदानमा ‘होम एन्ड अवे’ प्रणाली लागू गर्ने तयारी
Latest NewsJust now

एनपिएलमा आगामी ‘सिजन’देखि नै दुईदेखि तीन मैदानमा ‘होम एन्ड अवे’ प्रणाली लागू गर्ने तयारी

काठमाडौँ, मङ्सिर ८ गते । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले नेपाल प्रिमियर लिग (एनपिएल) को आगामी चौथो संस्करणदेखि नै दुईदेखि तीन मैदानमा ‘होम एन्ड अवे’ प्रणाली लागू गर्ने गरी... ...

गोरखापत्र
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement