Tuesday, November 17, 2026||
MultiKhabarMultiKhabar

एनपीएलकाे फाइनल प्रवेशका लागि लुम्बिनी र सुदूरपश्चिम भिड्दै

Share:WhatsAppFacebookX (Twitter)Telegram
एनपीएलकाे फाइनल प्रवेशका लागि लुम्बिनी र सुदूरपश्चिम भिड्दै
Photo / Coverage: हिमालय टाइम्स

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणमा फाइनल प्रवेशका लागि आज लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने पहिलो क्वालिफायर खेल दिउँसो साढे ४ बजे सुरु हुनेछ । दुवै टोली जित निकाल्दै फाइनलमा स्थान सुरक्षित गर्ने लक्ष्यसहित मैदान उत्रनेछन् । लिग चरणमा उत्कृष्ट प्रदर्शन गर्दै शीर्ष दुई स्थानमा रहेका यी टोलीका लागि आजको खेल फाइनल पुग्ने पहिलो अवसर हो । पहिलो क्वालिफायरको विजेता टोलीले सिधै फाइनलमा स्थान बनाउनेछ । पराजित हुने टोलीले भने फाइनल प्रवेशका लागि दोस्रो क्वालिफायर खेल्ने अर्को अवसर पाउनेछ । लिग चरणको प्रदर्शनलाई हेर्दा लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच कडा प्रतिस्पर्धा हुने देखिन्छ । दुवै टोलीले समान पाँच खेलमा जित निकालेका छन् । तर, सुदूरपश्चिमले लिग चरणमा दुई खेलमा हार बेहोरेको थियो । लुम्बिनीले लिग चरणमा आफ्नो प्रदर्शनलाई निरन्तरता दिँदै शीर्ष स्थान हासिल गरेको हो । अर्कोतर्फ सुदूरपश्चिम पनि बलियो टोलीका रूपमा देखिएको छ । आजको खेलमा जित निकाल्ने टोलीले उपाधिका लागि हुने फाइनलमा स्थान सुरक्षित गर्नेछ । त्यसैले दुवै टोलीका लागि यो खेल फाइनल पुग्ने मात्र नभई उपाधि यात्रामा एक कदम अघि बढ्ने अवसरसमेत हुनेछ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
सडक सुरक्षाका बहुआयाम
Latest NewsJust now

सडक सुरक्षाका बहुआयाम

यातायातका माध्यम जुनसुकै प्रयोग गरे पनि सबैभन्दा ध्यान दिनुपर्ने कुरा भनेको सुरक्षा हो । दिनहुँ जसो भइरहने दुर्घटनामा कैयौँले आफ्नो अमूल्य जीवन गुमाइरहेका छन् । कैयौँका अङ्गभङ्ग भए... ...

गोरखापत्र
दूध अभावले बन्द भएको चितवन मिल्क उद्योग पुनः सञ्चालनमा
Latest NewsJust now

दूध अभावले बन्द भएको चितवन मिल्क उद्योग पुनः सञ्चालनमा

चितवन । दूध अभावका कारण गत माघदेखि बन्द रहेको चितवन मिल्क उद्योगमा १० महिनापछि पुनः दूध आउन थालेको छ । कात्तिक लागेपछि बिदाका दिनबाहेक नियमित रूपमा दूध आउन थालेसँगै उद्योगले... ...

रातोपाटी
साउदीका अमेजन गोदाममा नेपाली श्रमिकको बिजोग, कामबाट हटाएपछि न तलब न रोजगारी
Latest NewsJust now

साउदीका अमेजन गोदाममा नेपाली श्रमिकको बिजोग, कामबाट हटाएपछि न तलब न रोजगारी

साउदी अरबमा अमेजनका गोदाममा काम गर्ने नेपाली श्रमिकले श्रम शोषण र असुरक्षित रोजगारीको समस्या भोगिरहेको अन्तर्राष्ट्रिय मानव अधिकार संस्था एम्नेस्टी इन्टरनेसनलले जनाएको छ । एम्नेस्टी इन्टरनेसनलले सोमबार सार्वजनिक गरेको प्रतिवेदनमा तेस्रो पक्षका श्रमिक आपूर्ति कम्पनीमार्फत काममा लगाइएका नेपालीसहितका आप्रवासी कामदारले न्यूनतम श्रमिक अधिकारसमेत उपभोग गर्न नपाएको उल्लेख छ । प्रतिवेदनअनुसार श्रमिकको भर्ती शुल्क, आवासको अवस्था र गुनासो सुनुवाइ प्रणालीमा केही सुधार ...

फरकधार
विद्युत् आयोजनाको पुनर्निर्माण
Latest NewsJust now

विद्युत् आयोजनाको पुनर्निर्माण

गत भदौ १० गते भोटेकोशी नदीमा आएको महाविनाशकारी हिमबाढी र पहिरोले ठुलो जनधनको क्षति भयो । यसले नदीकिनारमा बनेका र बन्दै गरेका विद्युत् आयोजनाका बाँध, इन्टेक, सुरुङ, पावरहाउस, पहुँचम... ...

गोरखापत्र
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play