Tuesday, November 10, 2026||
MultiKhabarMultiKhabar

एनपीएलः सुदूरपश्चिमको प्लेअफ सम्भावना बलियो, सामान्य लक्ष्य पनि नभेटेको जनकपुरलाई कठिन

Share:WhatsAppFacebookX (Twitter)Telegram
एनपीएलः सुदूरपश्चिमको प्लेअफ सम्भावना बलियो, सामान्य लक्ष्य पनि नभेटेको जनकपुरलाई कठिन
Photo / Coverage: अनलाइनपाना

सुदूरपश्चिम रोयल्सले एनपीएल क्रिकेटको प्ले अफमा पुग्ने सम्भावना बलियो बनाएको छ । एनपीएलका दुबै सिजन फाइनल पुगेपनि उपाधि जित्न नसकेको सुदूरपश्चिमले महत्त्वपूर्ण खेलमा जनकपुर बोल्ट्सलाई २७ रनले हराउँदै प्लेअफमा पुग्ने सम्भावना बलियो बनाएको हो । सुदूरपश्चिमले ६ खेलबाट ८ अंक बनाएको छ । जनकपुर भने समान खेलबाट ४ अंक मात्र बनाउन सकेको छ ।उसको प्लेअफको सम्भावना कमजोर भएको छ । १२१ रनको सामान्य लक्ष्य दिएको भएपनि सुदूरपश्चिमले उत्कृष्ट बलिड गर्दै जनकपुरलाई मात्र ९३ रनमा अलआउट गर्न सफल भयो । सुदूर पश्चिमका लागि स्कट कुगेलेजिनले ३ विकेट लिए भने कप्तान दीपेन्द्रसिंह ऐरी, अनिल खरेल, इशान पाण्डे, थरिन्दु रत्नायके र हेमन्त धामीले एक एक विकेट लिए । जनकपुरका तृतराज दासले रनआउट हुनु अघि बनाएको २१ रन नै सर्वाधिक रह्यो । यस्तै, जेमि निसमले २०, आदित्य महताले १० र राहुल यादवले ११ रन बनाउनु बाहेक कुनै ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् । ११ रनमा पहिलो विकेट गुमाएको जनकपुरले १५ मा दोस्रो, २५ मा तेस्रो, ४२ मा चौथो, ४६ मा पाँचौँ, ४७ मा छैटौँ, ५७ मा सातौँ, ६१ मा आठौँ, ८२ मा नवौँ र ९३ मा दशौँ विकेट गुमाएको थियो । जनकपुरका कुनै पनि ब्याटरले धैर्यतापूर्वक ब्याटिड गरेर टिमलाई जिताउने धैर्यता राखेको देखिएन । हरमित सिंह र जेमि निमसले समेत विकेट पतनको शृंखलामा विराम लगाउन सकेनन् भने सँधै जस्तै अनिल साह बेलैमा बाटो लागेका थिए । ओपनर साह २ र अर्का ओपनर आदित्य मेहता १० रनमा आउट भएसँगै जनकपुरको संकट शुरु भइसकेको थियो । त्यस्तै विदेशी खेलाडी हेरि टेक्टर १ र बु्रल ८ रनमा पेबिलियन फर्के । ठुलो आशा गरिएका जेमि निसमले टोलीलाई जिताउने क्षमता राख्ने भए पनि उनले ब्याटिडले त्यो आशा पूरा गर्न सकेन । निसमले जारी सिजनमा अपेक्षा अनुसारको खेल्न सकेका छैनन् । आजको खेलमा पनि उनी चुक्न पुगे । जसको मूल्य जनकपुरले चुकाउनु पर्नेछ । त्यसअघि, त्रिवि मैदान कीर्तिपुरमा टस जितेर ब्याटिङ रोजेको सुदूरपश्चिमले ९ विकेट गुमाएर १२० रन बनाएको थियो । सुदूरपश्चिमका लागि ब्रान्डन म्याकमलेनले सर्वाधिक ३३ रन बनाए । त्यस्तै, थरिन्दु रत्नायकेले अविजित २७ रन बनाए । यस्तै आरिफ शेख ११ रनको योगदान गर्दा सेफ जेब र विनोद भण्डारीले समान १० रन बनाए । यसैगरी स्कट कुगेलाइन ६ रनमा, अनिल खरेल ४ रनमा इशान पाण्डे ३ रनमा र कप्तान दिपेन्द्रसिंह ऐरी १ रनमा आउट भए। जनकपुरको घातक बलिङमा सुदूपश्चिमको टप अडर ब्याटिङ लाइन ध्वस्त भएको थियो। जनकपुरका कप्तान हरमित सिंहले सर्वाधिक ४ विकेट लिए भने ललित राजवंशी, राहुल यादव, आदित्य महता र अभिषेक तिवारीले समान एक विकेट लिए। चार ओभर बलिङ कप्तान हरमितले मात्र १७ रन खर्चिए। दुवै टोलीले अब एक एक खेल मात्र खेल्न बाँकी छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on अनलाइनपाना

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
१२ बजे १२ समाचार : यस्ता छन् आजका प्रमुख समाचार
Latest NewsJust now

१२ बजे १२ समाचार : यस्ता छन् आजका प्रमुख समाचार

काठमाडौँ । आज दिनभरका मुख्यमुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुति रातोपाटी ब्रिफिङमा १२ बजे १२ समाचार लिएर आएका छौँ– ...

रातोपाटी
ट्रिनिडाड एन्ड टोबागोमा समलिंगी यौनसम्बन्धमाथिको प्रतिबन्ध खारेज
Latest NewsJust now

ट्रिनिडाड एन्ड टोबागोमा समलिंगी यौनसम्बन्धमाथिको प्रतिबन्ध खारेज

काठमाडाैँ । क्यारिबियन मुलुक ट्रिनिडाड एन्ड टोबागोमा समलिंगी यौनसम्बन्धलाई अपराध मान्ने कानुन खारेज भएको छ । बेलायतको सर्वोच्च पुनरावेदन अदालतका रूपमा रहेको ‘जुडिसियल कमिटी अफ द प्रिभी काउन्सिल’ले मंगलबार एक... ...

रातोपाटी
भक्तपुरमा परम्परागत विधिअनुसार किजापूजा मनाइयो
Latest NewsJust now

भक्तपुरमा परम्परागत विधिअनुसार किजापूजा मनाइयो

भक्तपुर । नेवार समुदायमा दाजुभाइ तथा दिदीबहिनीबिचको प्रेम, सद्भाव र आत्मीयताको प्रतीकका रूपमा मनाइने किजापूजा (भाइटीका) मंगलबार भक्तपुरलगायत नेवार समुदायको बसोबास रहेका विभिन्न स्थानमा हर्षोल्लासका साथ मनाइएको छ । स्वन्ति नखाःअन्तर्गत... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play