काठमाडाैं । नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत आज भएकाे पहिलाे खेलमा विराटनगर किङ्ग्सले पोखरा एभेन्जर्सलाई ४ विकेटले पराजित गरेको छ। त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान कीर्तिपुरमा टस जितेर पहिले ब्याटिङ गरेको पोखरा एभेन्जर्सले १७.५ ओभरमा सबै विकेट गुमाउँदै १३२ रन बनाएको थियो। पोखराका लागि युवराज सिंह सामराले ४७ बलमा उत्कृष्ट ८४ रनको पारी खेले भने धनञ्जय लक्षनले २२ रन र सन्नी बिकले १२ रन जोडे। विराटनगरका लागि कप्तान सन्दीप लामिछानेले घातक बलिङ गर्दै ४ ओभरमा २७ रन खर्चेर ६ विकेट हात पारे भने रुपेश कुमार सिंह र एन्जेलो म्याथ्युजले समान १-१ विकेट लिए। पोखराले दिएको १३३ रनको लक्ष्य पछ्याउने क्रममा विराटनगर किङ्ग्सले १९.२ ओभरमा ६ विकेटको क्षतिमा १३६ रन बनाउँदै लक्ष्य भेटायो र ४ बल बाँकी रहँदै खेल आफ्नो पक्षमा पार्यो। विराटनगरको जितमा बासिर अहमदले ३९ बलमा ३७ रन, लोकेश बमले २७ बलमा ३३ रन र इसुरु उडानालले १२ बलमा आक्रामक २५ रनको योगदान दिए। पोखराका तर्फबाट बलिङमा कुशल भुर्तेल र रमेश मेन्डिसले २-२ विकेट लिए भने विपिन खत्रीले १ विकेट प्राप्त गरे।
एनपीएलः विराटनगरको प्लेअफ सम्भावना कायमै, पोखरा बाहिरियो

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु






