Wednesday, November 4, 2026||
MultiKhabarMultiKhabar

एनपिएल : पोखरालाई हराउँदै लुम्बिनी शीर्षस्थानमा

Share:WhatsAppFacebookX (Twitter)Telegram
एनपिएल : पोखरालाई हराउँदै लुम्बिनी शीर्षस्थानमा
Photo / Coverage: हिमालय टाइम्स

काठमाडौं । पोखरा एभेन्जर्सलाई पराजित गर्दै लुम्बिनी लायन्स नेपाल प्रिमियर लिग (एनपीएल) अंक तालिकाको शीर्षस्थानमा उक्लेको छ । मंगलबार भएको खेलमा पोखरालाई आठ विकेटले हराउँदै लुम्बिनी दोस्रो जित निकाल्दै तालिकाको शीर्ष स्थानमा उक्लेको हो । पहिलो खेलमा सुदूरपश्चिम रोयल्सलाई सात विकेटले हराएको लुम्बिनीले दोस्रो खेलमा भने वर्षाका कारण चितवनसँग अंक बाँडेको थियो । शीर्ष स्थानमा उक्लेको लुम्बिनीको तालिकामा पाँच अंक छ । लगातार तीन खेलमा पराजित पोखरा भने अंकविहीन भएर तालिकाको पुछारमा छ । जारी एनपीएलमा पोखरा मात्र जित र अंकविहीन टोली हो । एनपीएलको पहिलो सिजनमा पोखराले लुम्बिनीलाई १० विकेटले हराएको थियो । दोस्रो सिजनमा भने लुम्बिनीले पोखरालाई तीन विकेटले हराएको थियो । पोखराले दिएको ९८ रनको सामान्य लक्ष्य लुम्बिनीले ११.४ ओभरमा दुई विकेटको क्षतिमा भेट्टायो । लुम्बिनीका ओपनर आशिफ शेख सात रनमा रनआउट हुनुभयो । डार्सी सर्ट १३ रन बनाउँदा विपिन खत्रीको बलमा आकाश चन्दको हातबाट क्याच आउट हुनुभयो । कप्तान राहित पौडेल ४७ र निरोशन डिकवेल्ला २७ रनमा अविजित रहनुभयो । तेस्रो विकेटका लागि रोहित र निरोसनले ७७ रनको अविजित साझेदारी गर्नुभयो । पोखराका लागि विपिन खत्रीले एक विकेट लिनुभयो । यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा लुम्बिनीले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको पोखराले निर्धारित २० ओभरमा नौ विकेटको क्षतिमा ९७ रनको योगफल तयार पारेको थियो । पोखराका लागि चमिका करुणारत्नेले बनाएको २५ रन नै सर्वाधिक रह्यो । उहाँले १७ बलमा दुई छक्का हान्दा रनआउट हुनुभयो भने विपिन खत्री छ र आकाश चन्द एक रनमा अविजित रहनुभयो । कप्तान कुशल भुर्तेलले १४, मेहदी हसनले १३ र किरण ठगुन्नाले १२ रन बनाउनुभयो भने सदिराले सात, अर्जुन घर्ती छ र सकिब अल हसनले तीन रन बनाउँदै पेभेलियन फर्किनुभयो । लुम्बिनीका लागि रुवेन ट्रम्पलम्यानले चार विकेट लिनुभयो भने तिलक भण्डारीले दुई तथा शेर मल्ल, अविनास गौतम र रोहित पौडेलले समान एक विकेट लिनुभयो । एनपीएलमा बुधबार विश्रामको दिन रहेको छ । बिहीबार दुई खेल हुनेछ । पहिलो खेलमा लुम्बिनी लायन्स र जनकपुर बोल्ट्स तथा दोस्रो खेलमा काठमाडौ गोर्खाज र विराटनगर किग्स खेल्ने तालिका छ । रसेलको अलराउण्ड प्रदर्शनमा विराटनगरको लगातार दोस्रो जितयसैबीच मंगलबार भएको एनपिएलको पहिलो खेलमा आन्द्रे रसेलको अलराउण्ड प्रदर्शनमा विराटनगर किंग्सले लगातार दोस्रो जित निकालेको छ । विराटनगरले जनकपुर बोल्ट्सलाई दुई रनले पराजित गरेको हो । विराटनगरले दिएको १७५ रनको लक्ष्य पछ्याएको जनकपुरले निर्धारित २० ओभरमा सात विकेट गुमाएर १७२ रनमात्र बनाउन सक्यो । अन्तिम ओभरसम्म रोमाञ्चक बनेको खेलमा जनकपुर जितनजिक पुगे पनि लक्ष्य भेट्टाउन असफल रह्यो । जनकपुरका लागि सैफ हसनले सर्वाधिक ५० रन बनाउनुभयो । उहाँले विशाल सुस्लिङसँग चौथो विकेटका लागि ७६ रनको महत्त्वपूर्ण साझेदारी गर्नुभएको थियो । ३० बलमा दुई चौका र तीन छक्काको मद्दतमा ४३ रन बनाउनुभएका विशाल एंगेलो म्याथ्युजको बलमा बसिर अहमदबाट क्याच आउट हुनुभयो । पाँचौँ विकेटका लागि सैफ र जिम्मी निसमले ५६ रनको साझेदारी गर्दै जनकपुरलाई जितको नजिक पुर्‍याउनुभएको थियो । तर, १५ बलमा तीन छक्कासहित २७ रन बनाउनुभएका निसमलाई रूपेश सिंहले आउट गरेपछि विराटनगर खेलमा फर्किएको थियो । ओपनर मोइन अली १० रनमा आउट हुँदा तृतराज दासले ६ र अनिल शाहले शून्य रन बनाउनुभयो । जनकपुरको जित रोक्ने क्रममा विराटनगरका रसेलले चार विकेट लिनुभयो । म्याथ्युजले दुई तथा रूपेश सिंहले एक विकेट हात पार्नुभयो । त्यसअघि टस जितेर बलिङ रोजेको जनकपुरविरुद्ध पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा तीन विकेट गुमाएर १७४ रन बनाएको थियो । विराटनगरका लागि तीन ब्याटरले अर्धशतक पूरा गरे । एनपिएलको एकै इनिङ्समा तीन खेलाडीले अर्धशतक बनाएको यो पहिलो अवसर हो । इमरान शेखले सर्वाधिक ५६ रनको योगदान दिनुभयो । उहाँले ४५ बलमा पाँच चौका र दुई छक्का प्रहार गर्नुभयो । आन्द्रे रसेल २९ बलमा दुई चौका र पाँच छक्कासहित ५२ रनमा अविजित रहनुभयो । शुभम रन्जाने सात रनमा नटआउट रहनुभयो । लोकेश बमले पनि अर्धशतक बनाउनुभयो । उहाँले ४० बलमा तीन चौका र तीन छक्काको मद्दतमा ५० रन जोड्नुभयो । उहाँलाई राहुल यादवको बलमा ललित राजवंशीले क्याच गर्नुभयो । लोकेश एनपिएलमा दुई अर्धशतक पूरा गर्ने पहिलो खेलाडी बन्नुभएको छ । जनकपुरका अभिषेक तिवारीले दुई तथा मोइन अलीले एक विकेट लिनुभयो । जारी एनपिएलमा अर्धशतकको संख्या आठ पुगेको छ । यसअघि तृतराज दास, सोमपाल कामी, डेविड मलान, मोइन अली, दीपेन्द्रसिंह ऐरी र लोकेश बमले अर्धशतक प्रहार गर्नुभएको थियो ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
पार गर्न छिटो, टोल तिर्न सास्ती
Latest NewsJust now

पार गर्न छिटो, टोल तिर्न सास्ती

काठमाडौँ, कात्तिक १८ गते । सडक उपयोग दस्तुर सङ्कलनका लागि ‘रेडियो आवृत्ति पहिचान’ (रेडियो फ्रिक्वेन्सी आइडेन्टिफिकेसन, आरएफआइडी) प्रविधि कार्यान्वयनमा आउन नसकेपछि मुलुककै पहिलो अत्... ...

गोरखापत्र
दुई अध्यादेश जारी गर्न राष्ट्रपतिलाई सरकारको सिफारिस
Latest NewsJust now

दुई अध्यादेश जारी गर्न राष्ट्रपतिलाई सरकारको सिफारिस

काठमाडौं । सरकारले प्रेस काउन्सिल ऐन २०४८ लाई संशोधन गर्न बनेको अध्यादेशसहित संस्कृति, पर्यटन तथा नागरिक उड्डयनलगायत केही नेपाल ऐन संशोधन गर्ने अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिनुभयो । यसैगरी, सरकारले एसियाली विकास बैंक (एडिबी) बाट सडक सुधारका लागि २८५ मिलियन अमेरिकी डलर ...

हिमालय टाइम्स
च्याउ खेतीले देखाएको आत्मनिर्भरताको बाटो
Latest NewsJust now

च्याउ खेतीले देखाएको आत्मनिर्भरताको बाटो

कञ्चनपुर । कञ्चनपुरको भीमदत्त नगरपालिका–६ वनगाउँका एकल महिला पार्वती थापा व्यावसायिक च्याउ खेतीबाट आत्मनिर्भर बनेकी छन् । विसं २०६९ मा श्रीमान् गुमाएपछि उनले आत्मनिर्भर बन्न च्याउ खेती सुरु गरिन् । सात... ...

रातोपाटी
वन क्षेत्रका कारण मुन्दुम पदमार्गमा घरबास निर्माणमा समस्या
Latest NewsJust now

वन क्षेत्रका कारण मुन्दुम पदमार्गमा घरबास निर्माणमा समस्या

भोजपुर । मुन्दुम पदमार्ग क्षेत्रमा पर्यटकको बसाइ सहज बनाउन आवश्यक घरबास (होमस्टे) तथा अन्य पूर्वाधार निर्माणमा वनसम्बन्धी कानुनी व्यवस्थाका कारण समस्या भएको स्थानीय जनप्रतिनिधिले बताएका छन् । पदमार्गको अधिकांश क्षेत्र... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play