Sunday, November 15, 2026||
MultiKhabarMultiKhabar

एनपिएल : काठमान्डुले पहिलो इलिमिनेटरमा चितवनसँग खेल्ने

Share:WhatsAppFacebookX (Twitter)Telegram
एनपिएल : काठमान्डुले पहिलो इलिमिनेटरमा चितवनसँग खेल्ने
Photo / Coverage: हिमालय टाइम्स

काठमाडौं । कुशल भुर्तेल र युवराज सिंह साम्राको आक्रामक ब्याटिङ तथा दिनेश खरेलको घातक बलिङप्रेरित पोखरा एभेन्जर्सले नेपाल प्रिमियर लिग (एनपिएल) मा काठमान्डु गोर्खाजलाई ५५ रनले पराजित गरेको छ । आइतबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको लिग चरणको अन्तिम खेलमा पोखराले कीर्तिमानी प्रदर्शन गर्दै सानदार जित निकालेको हो । टस हारेर पहिले ब्याटिङ गरेको पोखरा एभेन्जर्सले निर्धारित २० ओभरमा तीन विकेट गुमाउँदै २२४ रन बनायो । यो एनपिएल इतिहासकै अहिलेसम्मको ठूलो योगफल हो । पोखरालाई विशाल योगफलसम्म पुर्‍याउने क्रममा कुशल भुर्तेल र युवराज सिंह साम्राले दोस्रो विकेटका लागि १८६ रनको कीर्तिमानी साझेदारी गर्नुभएको थियो । उहाँहरूको साझेदारी एनपिएल इतिहासकै सबैभन्दा ठूलो साझेदारीसमेत बन्यो । कुशल शतक बनाउन एक रनले चुक्नुभयो । उहाँले ५० बलमा आठ छक्का र आठ चौकाको मद्दतले ९९ रन बनाउनुभयो । यस्तै युवराजले ५५ बलमा पाँच छक्का र आठ चौका प्रहार गर्दै ८९ रनको उत्कृष्ट इनिङ्स खेल्नुभयो । काठमान्डुका कप्तान करण केसीले दुई तथा जहनदाद खानले एक विकेट लिनुभयो । २२५ रनको विशाल लक्ष्य पछ्याएको काठमान्डु गोर्खाजले १९ ओभरमा सबै विकेट गुमाउँदै १६९ रन मात्रै बनाउन सक्यो । काठमान्डुका लागि साहिल पटेलले २३ बलमा एक छक्का र चार चौकासहित ३४ रन बनाउनुभयो । राशिद खानले २० बलमा दुई छक्का र तीन चौकाको मद्दतले ३१ रन जोड्नुभयो । त्यस्तै सोनु देवकोटाले १४ बलमा चार छक्कासहित २९, विलियम बोसिस्टोले २२ बलमा एक छक्का र तीन चौकासहित २६ तथा जहनदाद खानले १२ बलमा तीन छक्का प्रहार गर्दै २४ रन बनाउनुभयो । तर, उहाँहरूको प्रयास टोलीलाई जित दिलाउन पर्याप्त भएन । यस जितसँगै पोखराले सात खेलबाट चार अंक जोड्दै तेस्रो संस्करणको एनपिएल यात्रा टुंग्याएको छ । उता, काठमान्डु गोर्खाज पोखरासँग पराजित भएसँगै सुदूरपश्चिम रोयल्स पहिलो क्वालिफायरमा पुग्न सफल भएको छ । सात खेलबाट १० अंक जोडेको सुदूरपश्चिम दोस्रो स्थानमा रहँदा आठ अंकसहित काठमान्डु तेस्रो स्थानमा छ । अब काठमान्डुले पहिलो इलिमिनेटरमा चितवन राइनोजसँग प्रतिस्पर्धा गर्नेछ । पहिलो क्वालिफायरमा भने शीर्ष स्थानको लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स भिड्नेछन् । पहिलो क्वालिफायरको विजेता सिधै फाइनलमा प्रवेश गर्नेछ भने पराजित टोलीले दोस्रो क्वालिफायर खेल्नेछ । यस्तै, इलिमिनेटरको विजेताले पहिलो क्वालिफायरमा पराजित हुने टोलीसँग दोस्रो क्वालिफायरमा प्रतिस्पर्धा गर्नेछ । कर्णाली याक्स २४ रनले विजयीआइतबार नै भएको एनपिएलको पहिलो खेलमा कर्णाली याक्सले चितवन राइनोजलाई २४ रनले पराजित गरेको थियो । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा कर्णालीले दिएको १५४ रनको लक्ष्य पछ्याएको चितवन १९.१ ओभरमा १२९ रनमै अलआउट भयो । यससँगै कर्णालीले लिग चरणको अन्तिम खेलमा जित निकाल्दै प्रतियोगिताको सुखद अन्त्य गरेको छ । कर्णालीका लागि ब्याटिङमा अविजित अर्धशतक बनाउनुभएका हुसेन तलतले बलिङमा पनि उत्कृष्ट प्रदर्शन गर्दै तीन विकेट लिनुभयो । उहाँले ३.१ ओभरमा १७ रन खर्चिएर तीन विकेट लिनुभएको थियो । चितवनका लागि एनपिएलमा डेब्यु गर्नुभएका उसामा मिरले अविजित २८ रन बनाए पनि टोलीलाई जित दिलाउन सक्नुभएन । उहाँले २३ बलमा दुई चौका र एक छक्का प्रहार गर्नुभयो । ओपनर कमिल मिशाराले १७ बलमा दुई चौका र दुई छक्कासहित २५ रन बनाउनुभयो भने देव खनालले १४ रन जोडनुभयो । कमिल र देवले पहिलो विकेटका लागि ३५ रनको साझेदारी गर्दै चितवनलाई राम्रो सुरुवात दिलाउनुभएको थियो । तर, त्यसपछि चितवनको ब्याटिङ सम्हालिन सकेन । कप्तान सिकन्दर राजा दुई, विवेक यादव ६ र डान मोस्ली आठ रनमा आउट हुनुभयो । चितवनले ६४ रन जोड्दा पाँच विकेट गुमाइसकेको थियो । कुशल मल्लले १५ बलमा एक चौका र एक छक्कासहित १८ रन बनाउनुभयो । सलाउद्दिन खान सात तथा यस सिजनको पहिलो खेल खेलेका अशोक धामी ११ रनमा आउट हुनुभयो । कमल सिंह ऐरी र रिजन ढकालले समान एक रन बनाउनुभयो । बलिङमा कर्णालीका तलतले तीन विकेट लिँदा मार्क वाट र पवन सर्राफले दुई–दुई तथा सोमपाल कामीले एक विकेट लिनुभयो । त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १५३ रन बनाएको थियो । कर्णालीका लागि तलतले ३३ बलमा दुई चौका र एक छक्कासहित अविजित ५१ रन बनाउनुभयो । ओपनर अरिफुल इस्लामले आक्रामक ब्याटिङ गर्दै १५ बलमा चार चौका र दुई छक्काको मद्दतमा ३५ रन जोडनुभएको थियो । त्यस्तै, गुल्सन झाले अन्तिम ओभरतिर आक्रामक ब्याटिङ गर्दै ६ बलमा एक चौका र दुई छक्कासहित १८ रन बनाउनुभयो । पवन सर्राफले २१ बलमा दुई छक्काको मद्दतमा १५ रन जोडनुभयो । यस सिजन पहिलो खेल खेल्दै ओपनिङमा आउनुभएका चसिन शर्मा खाता नखोली आउट हुनुभयो । दीपक डुम्रेले सात, कप्तान डेभिड मिलरले पाँच, सोमपाल कामीले चार र मार्क वाटले ६ रन बनाउनुभयो । नन्दन यादव दुई रनमा अविजित रहनुभयो । चितवनका लागि कमल सिंह ऐरी, सलाउद्दिन खान र उसामा मिरले समान दुई विकेट लिनुभयो । रिजन ढकाल र कप्तान सिकन्दर राजाले एक-एक विकेट हात पार्नुभयो । यस जितसँगै कर्णालीले लिग चरणका सात खेलमध्ये तीनमा जित र चारमा हार बेहोर्दै प्रतियोगिता टुंग्याएको छ । सुरुवाती दुई खेल जितेको कर्णाली त्यसपछि लगातार चार खेलमा पराजित भएको थियो । यता, चितवनले भने यस खेलअघि नै प्लेअफमा स्थान सुरक्षित गरिसकेको थियो । सात खेलबाट सात अंक जोडेको चितवन लिग चरणमा चौथो स्थानमा रहँदै एलिमिनेटरमा प्रवेश गरेको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
शुक्लागण्डकी फूल बिक्रीमा अग्रणी बन्दै
Latest NewsJust now

शुक्लागण्डकी फूल बिक्रीमा अग्रणी बन्दै

तनहुँ । तिहारको अवसरमा तनहुँको शुक्लागण्डकी नगरपालिकाका किसानले सयपत्री फूल बिक्री गरेर रु नौ लाख ५३ हजार आम्दानी गर्न सफल भएका छन् । यस वर्ष तिहारमा नगरपालिकाभित्रका किसानले दुई हजार... ...

रातोपाटी
अभिनव साहित्य समाजको २९८औं शृंखला सम्पन्न
Latest NewsJust now

अभिनव साहित्य समाजको २९८औं शृंखला सम्पन्न

काठमाडौं । अभिनव साहित्य समाजको २९८औं शृंखलाअन्तर्गत यस वर्षको हरि अभिनव पुरस्कार तथा सम्मानपत्र संशोधन मण्डललाई अर्पण गरिएको छ । महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११८औं जन्मजयन्ती विशेष कार्यक्रम तथा नियमित मासिक कविगोष्ठीसहितको साहित्यिक समारोह सम्पन्न भएको हो । समाजका उपाध्यक्ष विमल अर्यालको सभापतित्वमा सम्पन्न कार्यक्रममा पूर्व महानिर्देशक (भूमिसुधार विभाग) तथा पूर्वअध्यक्ष (गुठी संस्थान) शम्भुप्रसाद श्रेष्ठ प्रमुख अतिथि रहनुभएको थियो । कार्यक्रममा गोकर्णेश्वर ...

हिमालय टाइम्स
अनेसास र कागेश्वरी पुस्तकालयद्वारा ११८औं देवकोटा जयन्ती सम्पन्न
Latest NewsJust now

अनेसास र कागेश्वरी पुस्तकालयद्वारा ११८औं देवकोटा जयन्ती सम्पन्न

काठमाडौं । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) नेपाल च्याप्टर र कागेश्वरी पुस्तकालयको संयुक्त आयोजनामा ११८औं महाकवि लक्ष्मीप्रसाद देवकोटा जयन्ती तथा काव्य वाचन कार्यक्रम सम्पन्न भएको छ । कागेश्वरी पुस्तकालय परिसरमा आयोजित कार्यक्रममा महाकवि देवकोटासहित साहित्यकारद्वय भैरव अर्याल र रमेश विकलका पूर्णकदका सालिकमा माल्यार्पण गरी श्रद्धाञ्जलि अर्पण गरिएको थियो । कार्यक्रममा ३० भन्दा बढी साहित्यकारले देवकोटाप्रति समर्पित कविता, गीत तथा साहित्यिक ...

हिमालय टाइम्स
कोइराला ५३औं मानवपुस्तक
Latest NewsJust now

कोइराला ५३औं मानवपुस्तक

काडमाडौं । पूर्वसचिव शम्भु कोइराला यसपटकको कार्यक्रममा ५३औं मानव पुस्तकका रूपमा प्रस्तुत हुनुभयो । नवपुस्तकालय तथा ज्येष्ठ नागरिक मिलन केन्द्र सुकेधारा धोवीखोलाद्वारा आयोजित हुने कार्यक्रममा विभिन्न प्रतिष्ठित व्यक्तिहरूलाई मानव पुस्तकका रूपमा आमन्त्रण गरी उहाँका ज्ञानगुन र अनुभव सुन्ने गरिएको छ । विष्णुप्रसाद पन्तको सभापतित्वमा आयोजित उक्त कार्यक्रममा हरिभक्त सिग्देल महेशले स्वागत मन्तव्य राख्नुभएको थियो भने प्रमुख अतिथि तथा यसपटकका मानव पुस्तक ...

हिमालय टाइम्स
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play