काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) टी-२० क्रिकेट प्रतियोगिताको तेस्रो संस्करणअन्तर्गत आज (मंगलबार) जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ । कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेल अपराह्न ५ बजे सुरु हुनेछ । पहिलो संस्करणको उपाधि विजेता जनकपुर र दुई पटक उपविजेता बनेको सुदूरपश्चिमबीचको आजको भिडन्त प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ । आजको खेलमा सुदूरपश्चिम जित निकाल्दै प्लेअफ यात्रालाई थप बलियो बनाउने लक्ष्यमा हुनेछ । पाँच खेल खेलेको सुदूरपश्चिमले तीन खेलमा जित र दुई खेलमा हार बेहोरेको छ । ६ अङ्क जोडेको सुदूरपश्चिम अंकतालिकाको तेस्रो स्थानमा छ । यता, जनकपुर पनि आजको खेल जित्दै प्रतियोगितामा पुनरागमन गर्ने योजनामा छ । पाँच खेलबाट दुई जित र तीन हार बेहोरेको जनकपुर चार अङ्कसहित तालिकाको पाँचौँ स्थानमा रहेको छ । प्लेअफको सम्भावना कायम राख्न जनकपुरका लागि पनि आजको खेल महत्वपूर्ण हुनेछ । जारी एनपिएलको तेस्रो संस्करणमा आठ टोलीको सहभागिता रहेको छ । प्रतियोगिता मङ्सिर ५ गतेसम्म सञ्चालन हुनेछ ।
एनपिएल : आज जनकपुर र सुदूरपश्चिमबीच प्रतिस्पर्धा

Read Complete Original Article
Published originally on हिमालय टाइम्स






