Saturday, November 7, 2026||
MultiKhabarMultiKhabar

एनपिएलमा पल्सरले थप्दै पावर र प्रदर्शनको उत्साह

Share:WhatsAppFacebookX (Twitter)Telegram
एनपिएलमा पल्सरले थप्दै पावर र प्रदर्शनको उत्साह
Photo / Coverage: हिमालय टाइम्स

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) सिजन ३ मा बजाज पल्सरले खेलाडीको उत्कृष्ट प्रदर्शनलाई पुरस्कृत गर्नुका साथै दर्शकलाई पनि प्रतियोगिताको हिस्सा बन्ने अवसर प्रदान गर्ने भएको छ । मोटरसाइकल पुरस्कार, प्रत्येक खेलमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीको सम्मान र दर्शकका लागि विभिन्न गतिविधिमार्फत् पल्सरले यस सिजन ‘गेम अफ पावर’लाई थप रोमाञ्चक बनाउँदैछ । एनपिएल सिजन ३ को सहप्रायोजक तथा आधिकारिक दुर्ईपांग्रे सवारीसाधन साझेदार बजाज पल्सरले प्रतियोगिताको सर्वाधिक रन बनाउने खेलाडी, सर्वाधिक विकेट लिने खेलाडी र उत्कृष्ट उदीयमान खेलाडीलाई एक-एकवटा पल्सर मोटरसाइकल प्रदान गर्ने जनाएको छ । त्यसैगरी, प्रत्येक खेलको पहिलो ६ ओभरमा उत्कृष्ट प्रभाव पार्ने खेलाडीलाई ‘पल्सर पावर प्ले च्याम्पियन’ घोषित गरी २५ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिने कम्पनीले जनाएको छ । दर्शकले ‘पावर प्ले प्रेडिक्सन गेम’मार्फत् प्रत्येक खेलको ‘पल्सर पावर प्ले च्याम्पियन’को अनुमान गर्न सक्नेछन् । सही अनुमानबाट अंक बटुल्दै लिडरबोर्डमा अगाडि बढ्ने सहभागीमध्ये शीर्ष तीन जनाले एनपिएल मैदानमा विजेता खेलाडीलाई पुरस्कार प्रदान गर्ने विशेष अवसर पाउनेछन् । साथै यस खेलमा सहभागीले हरेक म्याचमा स्मार्टवाच जित्ने अवसर पनि पाउनेछन् । मैदानमा रहने ‘पल्सर इन्गेजमेन्ट जोन’मा दर्शकले पल्सरको ‘रिफाइन्ड एण्ड र’ पावरको अवधारणामा आधारित मनोरञ्जनात्मक तथा अन्तरक्रियात्मक गतिविधिमा सहभागी हुन सक्नेछन् भने मैदानमा राखिने पल्सर मोटरसाइकलको प्रदर्शनीले दर्शकलाई ब्राण्डका विभिन्न मोडल नजिकबाट अवलोकन गर्ने अवसर दिने बताइएको छ । उक्त गतिविधिमार्फत् बजाज पल्सरले खेलकुदको प्रतिस्पर्धालाई सम्मान गर्दै दर्शकको सहभागिता र मैदानमा उनीहरूको अनुभव थप अर्थपूर्ण बनाउने लक्ष्य राखिएको जनाएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
आज हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपात हुने
Latest NewsJust now

आज हिमाली र पहाडी क्षेत्रमा हल्का वर्षा र हिमपात हुने

काठमाडौं । हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ । आज कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भू-भागका साथै कोशी, बागमती, गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो देशको हिमाली र पहाडी भू-भागमा आंशिक बादल लाग्ने र बाँकी भू-भागमा मौसम मूख्यतया सफा रहनेछ। आज राति कोशी ...

केन्द्रबिन्दु
डा गोविन्द केसी र सरकारबिच ६ बुँदे सहमति, तोडियो अनशन
Latest NewsJust now

डा गोविन्द केसी र सरकारबिच ६ बुँदे सहमति, तोडियो अनशन

चिकित्सा शिक्षा सुधारका लागि २५औँ अनशनमा बसेका  डा गोविन्द केसी र सरकारबिच सहमति भएको छ।  सरकारसँग ६ बुँदे सहमति भएपछि डा केसीले आज बिहान अनशन अन्त्य  गरेका छन्। ...

नेपालखबर
इजरायलमा आज नयाँ प्रधानमन्त्री घोषणा हुँदै, नेतन्याहुले सत्ता गुमाउने सम्भावना
Latest NewsJust now

इजरायलमा आज नयाँ प्रधानमन्त्री घोषणा हुँदै, नेतन्याहुले सत्ता गुमाउने सम्भावना

इजरायलका राष्ट्रपति इसाक हर्जोगले आज देशको नयाँ प्रधानमन्त्री घोषणा गर्दै छन्।  इजरायलमा सरकार बनाउन ६१ सांसदको समर्थन चाहिन्छ।  विपक्षी गादी आइजेनकोटको गठबन्धनलाई ६ दलका ६७ सांसदको समर्थन छ। वर्तमान प्रधानमन्त्री बेन्जामिन नेतन्याहुलाई केवल ४६ सांसदको समर्थन छ। त्यसैले राष्ट्रपतिले उनलाई सरकार गठन गर्ने पहिलो मौका नदिने विश्वास... ...

नेपालखबर
पदपूर्ति हुन बाँकी कूटनीतिक नियोगहरूमा तिहारपछि पदपूर्तिको तयारी, चर्चामा राणा र राई
Latest NewsJust now

पदपूर्ति हुन बाँकी कूटनीतिक नियोगहरूमा तिहारपछि पदपूर्तिको तयारी, चर्चामा राणा र राई

काठमाडौं । नेपाल सरकारले पदपूर्ति हुन बाँकी कूटनीतिक नियोगहरूमा तिहारपछि पदपूर्ति तयारी गरेको छ । केही पदहरूमा पदपूर्तिका लागि नियुक्ति प्रक्रिया सम्पन्न भए पनि रिक्त पदमा भने तिहारपछि परराष्ट्र मन्त्रालयलले नियुक्ति प्रक्रिया सुरु गर्ने भएको हो । जापान, अस्ट्रेलिया, साउथ अफ्रिका लगायतका मुलुकमा राजदूतको पद रिक्त रहेकाले उक्त मुलुकका लागि राजदूत सिफारिसको तयारी सरकारले गरेको हो । सरकारले अशोक शमशेर राणालाई ...

हिमालय टाइम्स
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play