काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) टी–२० क्रिकेट प्रतियोगिताको तेस्रो संस्करणअन्तर्गत आज जनकपुर बोल्ट्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ । कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने खेलमा पहिलो संस्करणको विजेता जनकपुर र दुई पटकको उपविजेता सुदूरपश्चिम आमनेसामने हुन लागेका हुन् । खेल अपराह्न ५ बजे सुरु हुनेछ । आजको खेलमा सुदूरपश्चिम आफ्नो लय कायम राख्दै जित निकाल्ने लक्ष्यसहित मैदान उत्रनेछ । पाँच खेल खेलेको सुदूरपश्चिमले तीन खेलमा जित र दुई खेलमा हार बेहोरेको छ । छ अङ्क जोडेको सुदूरपश्चिम अङ्कतालिकाको तेस्रो स्थानमा छ । प्लेअफमा पुग्ने सम्भावना बलियो बनाउन सुदूरपश्चिमका लागि आजको खेल महत्त्वपूर्ण हुनेछ । त्यसैले टोली जित निकाल्दै अङ्कतालिकामा आफ्नो स्थिति थप मजबुत बनाउने योजनामा छ । यता, जनकपुर पनि जित निकाल्दै प्रतियोगितामा पुनरागमन गर्ने दाउमा छ । पाँच खेल खेलेको जनकपुरले दुई खेलमा जित र तीन खेलमा हार बेहोरेको छ । चार अङ्कसहित तालिकाको पाँचौँ स्थानमा रहेको जनकपुरलाई प्लेअफको दौडमा कायम रहन आजको खेल जित्नुपर्ने दबाब छ । जारी प्रतियोगितामा आठ टोली सहभागी छन् । एनपिएलको तेस्रो संस्करण मङ्सिर ५ गतेसम्म सञ्चालन हुनेछ ।
एनपिएलमा आज जनकपुर र सुदूरपश्चिम भिड्दै, दुवै टोलीलाई जित्नैपर्ने दबाब

Read Complete Original Article
Published originally on हिमालय टाइम्स


.jpg)



