काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) सिजन ३ को समापनसँगै बजाज पल्सरले प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने तीन खेलाडीलाई पल्सर एन १६० मोटरसाइकल प्रदान गरेको छ । एनपिएल सिजन ३ को सहप्रायोजक तथा आधिकारिक दुर्ईपांग्रे सवारीसाधन साझेदार बजाज पल्सरले सर्वाधिक विकेट लिने रिजन ढकाल, सर्वाधिक रन बनाउने लोकेश बम र इमर्जिङ प्लेयर अफ द टुर्नामेन्ट राहुल यादवलाई मोटरसाइकल प्रदान गरेको हो । प्रतियोगिताभर खेलाडीको प्रदर्शनलाई प्रोत्साहन गर्ने उद्देश्यले बजाज पल्सरले ‘पल्सर पावर प्ले च्याम्पियन’ पहल पनि सञ्चालन गरेको थियो । जसअन्तर्गत प्रत्येक खेलको पहिलो ६ ओभरमा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई २५ हजार नगद पुरस्कार प्रदान गरिएको थियो । कम्पनीका अनुसार उक्त पहलले खेलाडीको प्रदर्शनलाई सम्मान गर्नुका साथै खेलको रोमाञ्चकता थप बढाएको थियो । त्यस्तै, पल्सर पावर प्ले प्रेडिक्सन गेममा सहभागी क्रिकेट समर्थकहरूको उत्साहपूर्ण सहभागिताले प्रतियोगिता थप रोचक बनाएको थियो । प्रेडिक्सन गेम विजेता, लिडरबोर्डमा उत्कृष्ट स्थान हासिल गर्ने सहभागी तथा स्मार्टवाच विजेतालाई पनि बजाज पल्सरले बधाई व्यक्त गरेको छ । एनपिएल सिजन ३ सफल बनाउन योगदान पुर्याउने खेलाडी, टोली, आयोजक, पदाधिकारी, साझेदार तथा क्रिकेट समर्थक सबैप्रति बजाज पल्सरले आभार व्यक्त गरेको छ । नेपाली खेलकुदको विकासमा योगदान पुर्याउँदै प्रतिभाको पहिचान, खेल उपलब्धिको सम्मान र खेलाडी तथा समर्थकबीचको सम्बन्ध बलियो बनाउने प्रतिबद्धतासहित बजाज पल्सर आगामी सिजन ४ र ५ मा पनि जोडिने बताइएको छ ।
एनपिएलका उत्कृष्ट खेलाडीलाई बजाज पल्सर

Read Complete Original Article
Published originally on हिमालय टाइम्स






