काठमाडौं । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) टी–२० क्रिकेटमा कर्णाली याक्सले लुम्बिनी लायन्ससामु १०६ रनको लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ रोजेको कर्णालीले १९ दशमलव २ ओभरमा सवै विकेट गुमाएर १०५ रन बनायो । कर्णालीका लागि सोमपाल कामीले २८, हुसेन तलातले २४, गुलशनकुमार झाले १३ र पवन सर्राफले १२ रन बनाए । बाँकी ब्याटरले दोहोरो अङ्कमा रन जोड्न सकेनन् । बलिङतर्फ लुम्बिनी लायन्सका लागि कप्तान रोहितकुमार पौडेल, डार्सी सर्ट, किशोर महतो र अभिषेश गौतमले दुई दुई तथा शेर मल्लले एक विकेट लिए । कर्णाली अङ्क तालिकाको सातौँ स्थानमा रहेको छ । कर्णालीले हालसम्म पाँच खेलमा तीनमा पराजय र दुईमा जित निकालेको छ । लुम्बिनीले अङ्क तालिकाको तेस्रो स्थानमा रहेको छ । The post एनपिएलः कर्णालीद्वारा लुम्बिनी लायन्सलाई १०६ रनको लक्ष्य appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.
एनपिएलः कर्णालीद्वारा लुम्बिनी लायन्सलाई १०६ रनको लक्ष्य

Read Complete Original Article
Published originally on कर्पोरट खबर



![एनपीएल हेर्न त्रिवि मैदानमा भारतीय पूर्वक्रिकेटर इर्फान पठान [तस्बिरहरू]](https://hamrakura.com/uploads/news/images/npl-irphan-pathan-83-7-26.jpg)


