Tuesday, November 24, 2026||
MultiKhabarMultiKhabar

एनएमबि बैंकले पायो भिजा लिडरसिप कन्क्लेभमा दुई प्रतिष्ठित अवार्ड

Share:WhatsAppFacebookX (Twitter)Telegram
एनएमबि बैंकले पायो भिजा लिडरसिप कन्क्लेभमा दुई प्रतिष्ठित अवार्ड
Photo / Coverage: विश्वखबर

काठमाडौं – एनएमबि बैंक लिमिटेडले प्रतिष्ठित Visa Leadership Conclave मा दुई महत्त्वपूर्ण अवार्ड प्राप्त गरेको छ। डिजिटल भुक्तानी र ग्राहकमुखी बैंकिङ सेवामा पुर्‍याएको उत्कृष्ट योगदानको कदर गर्दै बैंकलाई Excellence in Product Innovation र Excellence in Consumer Debit Cards Business- Principal Client अवार्ड प्रदान गरिएको हो। यस सम्मानले ग्राहकहरूको दैनिक वित्तीय कारोबारलाई अझ सरल, सुरक्षित र प्रविधिमैत्री बनाउने उद्देश्यका साथ आफ्ना डिजिटल सेवाहरूलाई निरन्तर परिष्कृत गर्दै लगेको छ। बैंकलाई प्राप्त यस प्रतिष्ठित सम्मानले डिजिटल बैंकिङको क्षेत्रमा बैंकले चाल्दै आएका नवीनतम पहल र निरन्तर प्रयासहरूलाई थप पुष्टि गरेको छ। बैंकले आफ्ना भरपर्दो डेबिट कार्ड सेवा र आधुनिक डिजिटल बैंकिङ सेवाहरूमार्फत ग्राहकहरूलाई स्वदेश तथा विदेशमा सहज, छिटो र सुरक्षित रूपमा वित्तीय कारोबार गर्ने सुविधा प्रदान गर्दै आएको छ। प्रविधिको उच्चतम प्रयोगमार्फत ग्राहक अनुभवलाई उत्कृष्ट बनाउनु बैंकको मुख्य प्राथमिकता रहँदै आएको छ। ग्राहकहरूको अटुट विश्वास र साथकै कारण प्राप्त यस सफलताले आगामी दिनमा अझ उत्कृष्ट बैंकिङ सेवा प्रदान गर्न बैंकलाई थप हौसला मिलेको छ। एनएमबि बैंकले हाल देशभरि १९६ शाखाहरु, १७६ एटीएमहरु र ९ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय बैकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on विश्वखबर

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
साढे ८७ लाख सहयोगमा बन्यो थारु संस्कृति तथा पर्यटन केन्द्र
Latest NewsJust now

साढे ८७ लाख सहयोगमा बन्यो थारु संस्कृति तथा पर्यटन केन्द्र

महोत्तरी । थारु समुदायको मौलिक भाषा, कला, संस्कृति, परम्परा तथा पहिचानको संरक्षण, संवर्द्धन र प्रवर्द्धन गर्ने उद्देश्यले महोत्तरीको भंगहा नगरपालिका–७ मा थारु संस्कृति तथा पर्यटन केन्द्रको भवन निर्माण गरिएको छ... ...

रातोपाटी
विराटनगरका ४७ सामुदायिक विद्यालयमा प्रधानाध्यापक फेरिँदै, दरखास्त माग
Latest NewsJust now

विराटनगरका ४७ सामुदायिक विद्यालयमा प्रधानाध्यापक फेरिँदै, दरखास्त माग

विराटनगर महानगरपालिकाले महानगरभित्र सञ्चालित ४७ वटा सामुदायिक विद्यालयका प्रधानाध्यापक फेर्ने प्रक्रिया सुरु गरेको छ।  रिक्त तथा पदावधि सकिन एक महिनाभन्दा कम अवधि बाँकी रहेका प्रधानाध्यापकहरूको नियुक्ति प्रक्रियाका लागि खुला प्रतिस्पर्धाबाट पदपूर्ति गर्न दरखास्त माग गरेको हो। शैक्षिक प्रशासन महाशाखाले एक सूचना जारी गर्दै नगर शिक्षा समितिको २०८३ असोज १९ गतेको निर्... ...

नेपालखबर
दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता: पुरुष फुटबलमा  मधेश प्रदेशको विजयी सुरुवात
Latest NewsJust now

दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता: पुरुष फुटबलमा मधेश प्रदेशको विजयी सुरुवात

• मधेश प्रदेशले दशौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा पुरुष फुटबलको दोस्रो खेलमा सुदूरपश्चिम प्रदेशलाई १–० गोलले पराजित गर्दै पहिलो जित दर्ता गरेको छ। • खेलको निर्णायक गोल मधेशका विकास दर्लामीले दोस्रो हाफको ५६औं मिनेटमा गरेका थिए। • मंगलबार नेपाल पुलिस क्लबले आयोजक कर्णाली प्रदेशलाई २–० गोलले पराजित गर्दै विजयी सुरुवात गरेको थियो। ...

नेपालबहस
कांग्रेसको चुनाव चिह्नबाट निर्वाचित भएर पार्टीविपरीत लाग्नेलाई राजीनामा दिन सभापति थापाको सुझाव [भिडियो]
Latest NewsJust now

कांग्रेसको चुनाव चिह्नबाट निर्वाचित भएर पार्टीविपरीत लाग्नेलाई राजीनामा दिन सभापति थापाको सुझाव [भिडियो]

उनले पूर्वसभापति शेरबहादुर देउवा पक्षमा लागेका जनप्रतिनिधिहरूलाई पद ओगटेर नबस्न सुझाव दिएका हुन्। ...

हाम्राकुरा
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement