काठमाडौं । स्पेनिस ला लिगाअन्तर्गत आइतबार राति भएको प्रतिस्पर्धात्मक खेलमा बार्सिलोनाले एट्लेटिको म्याड्रिडलाई २–१ गोलले पराजित गरेको छ । एट्लेटिकोको घरेलु मैदानमा भएको खेलमा जित निकाल्दै बार्सिलोनाले महत्त्वपूर्ण तीन अंक जोडेको छ । खेलको १०औँ मिनेटमा जुलियानो सिमोनेले गोल गर्दै एट्लेटिकोलाई अग्रता दिलाएका थिए । उनका लागि जुलियन अल्भारेजले गोलको अवसर सिर्जना गरेका थिए । पहिलो हाफको अन्तिम समयमा बार्सिलोनाले बराबरी गोल फर्कायो । ४५औँ मिनेटमा फर्मिन लोपेजले गोल गर्दै खेल १–१ को अवस्थामा पुर्याएका थिए । दोस्रो हाफमा बार्सिलोनाले थप आक्रामक खेल प्रस्तुत गर्यो। खेलको ६६औँ मिनेटमा लामिन यामलको उत्कृष्ट पासमा फर्मिनले व्यक्तिगत दोस्रो गोल गर्दै बार्सिलोनालाई २–१ को अग्रता दिलाए । बाँकी समयमा एट्लेटिकोले बराबरी गोल फर्काउन सकेन । यस जितसँगै बार्सिलोनाले १२ खेलबाट ३३ अंक जोडेको छ । बार्सिलोना दोस्रो स्थानको रियल म्याड्रिडभन्दा तीन अंकले अगाडि रहेको छ । २८ अंकसहित एट्लेटिको म्याड्रिड तेस्रो स्थानमा छ । The post एट्लेटिको म्याड्रिडमाथि बार्सिलोनाको रोमाञ्चक जित appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.
एट्लेटिको म्याड्रिडमाथि बार्सिलोनाको रोमाञ्चक जित

Read Complete Original Article
Published originally on कर्पोरट खबर






