काठमाडौं । जाडो मौसम सुरु भएसँगै एक्स्ट्रिम इनर्जी ड्रिंक्सले सुनको क्यान उपहार योजना सार्वजनिक गरेको छ । कम्पनीले ल्याएको ‘विन्टर अफर’ नामक विशेष उपहारअन्तर्गत क्लासिकसहित पाँच फरक स्वादमा बजारमा उपलब्ध एक्स्ट्रिम इनर्जी ड्रिंक योजनामा छ जना भाग्यशाली उपभोक्ताले सुनको क्यान उपहार प्राप्त गर्नेछन् । योजनामा सहभागिताका लागि कम्पनीले डिजिटल प्रविधिको प्रयोग गरेको छ । उपभोक्ताले एक्स्ट्रिम इनर्जी ड्रिंकको कुनै पनि स्वादको क्यान खरिद गरी त्यसमा रहेको क्युआर कोड स्क्यान गर्नुपर्नेछ । स्क्यानपछि मागिएको विवरण दर्तासँगै उपभोक्ता उपहार योजनामा सहभागी हुनेछन् । कम्पनीका अनुसार प्रत्येक महिना राष्ट्रिय टेलिभिजनमार्फत् लक्की ड्र आयोजना गरी भाग्यशाली विजेता घोषणा गरिनेछ । पाँच फरक स्वादमा आफ्ना उत्पादन बजारमा उपलब्ध गराएको अवसरमा कम्पनीले विशेष अभियान सुरु गरिएको जनाएको छ । कम्पनीले एक्स्ट्रिम इनर्जी ड्रिंकको स्वादमा नयाँ उत्साह र रोजाइका विकल्पहरू थप गरेको हो । फरक स्वादसँगै आकर्षक नामले पनि यी नयाँ फ्लेभरलाई विशेष बनाएका छन् । ग्रिन एप्पलको स्वाद मन पराउनेका लागि ‘ग्रिन म्यानियाक’, मस्कट अंगुरको स्वाद रुचाउनेका लागि ‘श्रेक अट्याक’ र ग्रेपफ्रुट तथा पाइनएप्पलको मिश्रित स्वाद खोज्नेका लागि ‘ट्रपिकल पञ्च’ ल्याइएको छ । त्यस्तै, रास्पबेरी स्वादका पारखीका लागि ‘रास्प एण्ड फ्युरियस’ र अर्को नयाँ विकल्पका रूपमा ‘एक्स्ट्रिम्ली लाइट’ पनि बजारमा आएको छ । पाँच नयाँ फ्लेभरसँगै एक्स्ट्रिमले उपभोक्तालाई आफ्नो रुचिअनुसार स्वाद रोज्ने थप विकल्प दिएको छ ।
एक्स्ट्रिम इनर्जी ड्रिंक्सको ‘विन्टर अफर’

Read Complete Original Article
Published originally on हिमालय टाइम्स






