Friday, November 13, 2026||
MultiKhabarMultiKhabar

एकै गाउँका १३ जनाको मृत्युले सुन्दरपुर शोकमा

Share:WhatsAppFacebookX (Twitter)Telegram
एकै गाउँका १३ जनाको मृत्युले सुन्दरपुर शोकमा
Photo / Coverage: केन्द्रबिन्दु

सर्लाही । मकवानपुरको भीमफेदीमा भएको विद्युतीय गाडी ९इभी० दुर्घटनामा एकै गाउँका १३ जनाको मृत्यु भएपछि सर्लाहीको चक्रघट्ट गाउँपालिका–४, सुन्दरपुर शोकमा डुबेको छ । दुर्घटनामा आफन्त गुमाएका परिवार शवको पर्खाइमा छन् भने गाउँका अधिकांश घरमा दुई दिनदेखि चुलो बलेको छैन । छठ पर्व मनाउन काठमाडौँबाट सर्लाही आउँदै गरेको इभी बिहीबार बिहान करिब ६ः०० बजे मकवानपुरको भीमफेदी गाउँपालिका–६, चिसापानीगढीमा दुर्घटनाग्रस्त भएको थियो । सडकबाट करिब ५०० मिटर तल खसेको उक्त गाडीमा सवार तीन बालिकासहित १४ जनाको मृत्यु भएको थियो । दुर्घटनाको खबर पाएदेखि नै मृतकका परिवार शोकमा छन् । छठ मनाउन घर फर्कने तयारीमा रहेका आफन्तको मृत्यु भएपछि सुन्दरपुर गाउँको उत्साह एकाएक शोकमा परिणत भएको छ । छठघाट निर्माण, गाउँघर सरसफाइ र पाहुनालाई निम्तो दिने चटारोमा रहेको गाउँ अहिले सुनसान बनेको छ । दुर्घटनामा छोरा र बुहारी गुमाउनुभएका प्रमोद यादवका अनुसार बुधबार साँझ छोरा गुड्डु यादवले गाउँका साथीभाइसँगै परिवार भोलिपल्ट छठ मनाउन घर आउन लागेको जानकारी गराउनुभएको थियो । तर, भोलिपल्ट बिहानै दुर्घटनाको खबरले परिवारमा बज्रपात परेको उनले बताए । गुड्डु र उनकी श्रीमती गायत्री देवीका दुई छोरा सक्षम र सुजन पनि सोही गाडीमा सवार थिए । दुर्घटनामा पाँच वर्षीय सक्षम बाँच्न सफल भएका छन् । दुर्घटनाका क्रममा बुबाले आफूलाई गाडीबाट बाहिर फालेको र त्यसपछि अरू कसैले सडकमा ल्याएकासम्म सम्झना रहेको सक्षमले बताए । शरीरमा चोटपटक लिएर घर फर्कनुभएका उनलाई दुर्घटनामा आमाबुबाको मृत्यु भएको जानकारी छैन । अर्का छोरा सुजनको टाउको र मुखमा चोट लागेकाले काठमाडौँमा उपचार भइरहेको छ । भक्तपुरको इमाडोल आसपासमा ठेलामा तरकारी बेचेर गुड्डु र गायत्रीले दुई छोराको पालनपोषण गर्दै आएका थिए । दुर्घटनामा आमाबुबा गुमाएपछि दुवै बालक अभिभावकविहीन भएका छन् । दुर्घटनामा चक्रघट्ट गाउँपालिका–४, सुन्दरपुरका एकै परिवारका छ जनाको मृत्यु भएको छ । अवधेश यादवकी श्रीमती ३५ वर्षीया पुनम यादव, छोरीहरू १० वर्षीया अनुकुमारी, सात वर्षीया दीक्षा र पाँच वर्षीया दीपिका तथा भाइहरू निकेश र सुधेश यादवको मृत्यु भएको हो । उनीहरूका १४ महिनाका छोरा सुदीपको काठमाडौँस्थित मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ । त्यस्तै, निरशु यादवका छोरा ४० वर्षीय राकेश राय र नाति १८ वर्षीय रोहन रायको पनि दुर्घटनामा मृत्यु भएको छ । सोही गाउँका अमिरी रायका छोरा २५ वर्षीय रामप्रवेश यादव, चन्देश्वर रायका छोरा २५ वर्षीय सुवोध राय र निरश रायका छोरा २५ वर्षीय रामदुलार रायको पनि ज्यान गएको छ । दुर्घटनामा सवारी चालक सर्लाहीको कविलासीका ३० वर्षीय रविशङ्करकुमार मण्डलको समेत मृत्यु भएको छ । एकै परिवारका छ जनाको मृत्यु भएपछि आफन्त निर्मलाको अवस्था सम्हालिनसक्नुभएको छ । उनी पटकपटक अचेत हुने गरेको र छिमेकीले सबैको उपचार भइरहेको भन्दै सम्झाउने प्रयास गरिरहेको स्थानीय विपुलकुमारले बताए । दुर्घटनाले गाउँलेलाई १२ वर्षअघिको अर्को दुःखद् घटनाको पनि स्मरण गराएको छ । विसं २०७१ कात्तिक १८ गते मकवानपुरको चुरियामाईमा इँटा बोकेको ट्रक दुर्घटना हुँदा सर्लाहीको तत्कालीन औरही गाविसका सात जनाको मृत्यु भएको थियो । ट्रकभित्र लुकेर बसेका उनीहरू ट्रक पल्टिँदा इँटाले थिचिएका थिए । उक्त घटनामा सियाराम महतो, झगु महतो, जित पासवान, रामबली माझी, विशेष यादव, जङ्गीलाल महतो र नवलपुरका राजकुमार माझीको मृत्यु भएको थियो । स्थानीयवासीले दुर्घटनाका दोषीलाई कारबाही गर्न तथा पीडितपरिवारलाई उचित राहत उपलब्ध गराउन माग गरेका छन् । घटनालगत्तै चक्रघट्ट गाउँपालिकाका अध्यक्ष कृष्ण यादवसहितको टोली मकवानपुर पुगेको थियो । उनले मृतकका परिवारलाई न्याय दिलाउन पहल भइरहेको बताए । अध्यक्ष यादवका अनुसार शव परीक्षणपछि मृतकका शव गाउँ ल्याइनेछ । दुर्घटनामा गाउँका १३ जनाको मृत्यु भएपछि गाउँपालिकाले एक दिन शोक घोषणा गरेको छ । साथै मृतकको दाहसंस्कारका लागि प्रतिपरिवार रु ५० हजारका दरले राहत उपलब्ध गराउने निर्णय गरेको उनले जानकारी दिए । यता, पीडितपरिवारले राहतलगायतका विषयमा स्पष्ट व्यवस्था नभएसम्म शव नबुझ्ने बताएका छन् । शव परीक्षणपछि आफन्तको शव गाउँ ल्याउने प्रतीक्षामा रहेका परिवारले न्याय र उचित राहतको माग गरेका छन् ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
जिपको पछाडि स्कुटर ठोक्किँदा दुई जनाको मृत्यु
Latest NewsJust now

जिपको पछाडि स्कुटर ठोक्किँदा दुई जनाको मृत्यु

कास्की । पोखरामा जिपको पछाडि स्कुटर ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । पोखरा महानगरपालिका –०५ जिरो किलाे नजिक रोकी राखेको बोलेरो जिपको पछाडि स्कुटर ठोक्किँदा स्कुटरमा सवार दुई जनाको... ...

रातोपाटी
अमेरिकी भिसा नपाएपछि मिस युनिभर्सबाट जाम्बिया बाहिरियो, जिम्बाब्बे र दक्षिण सुडान पनि अन्योलमा
Latest NewsJust now

अमेरिकी भिसा नपाएपछि मिस युनिभर्सबाट जाम्बिया बाहिरियो, जिम्बाब्बे र दक्षिण सुडान पनि अन्योलमा

काठमाडौँ । अमेरिकी भूभाग पुएर्तो रिकोमा आयोजना हुन लागेको ७५ औँ ‘मिस युनिभर्स’ प्रतियोगितामा अफ्रिकाका थुप्रै प्रतिस्पर्धीहरू सहभागी हुन नसक्ने जोखिम बढेको छ। अमेरिकी भिसा प्राप्त गर्न भइरहेको ढिलाइका कारण ‘मिस... ...

रातोपाटी
भीमफेदी दुर्घटनाका मृतकका परिवारलाई जनही १ लाख राहत दिने मधेश सरकारको निर्णय
Latest NewsJust now

भीमफेदी दुर्घटनाका मृतकका परिवारलाई जनही १ लाख राहत दिने मधेश सरकारको निर्णय

धनुषा – मधेश प्रदेश सरकारले मकवानपुरको भीमफेदीमा बिहीबार भएको सडक दुर्घटनामा परी मृत्यु भएकाका परिवारलाई जनही १ लाख रुपैयाँ राहत उपलब्ध गराउने निर्णय गरेको छ । प्रदेश मन्त्रिपरिषद्को शुक्रबार बसेको बैठकले मृतकका परिवारलाई राहतस्वरूप जनही १ लाख उपलब्ध गराउने निर्णय गरेको स्वास्थ्य तथा जनसंख्यामन्त्री नागेन्द्र साहले जानकारी दिए । बैठकले दुर्घटनामा घाइते भएकाहरूको उपचार प्रादेशिक […] ...

काठमाण्डुपाटी
मन्त्रीद्वय लम्साल र पौडेलसँग भारतीय राजदूत दलेलाको छुट्टाछुट्टै भेटवार्ता
Latest NewsJust now

मन्त्रीद्वय लम्साल र पौडेलसँग भारतीय राजदूत दलेलाको छुट्टाछुट्टै भेटवार्ता

काठमाडौं । पूर्वाधार विकासमन्त्री सुनिल लम्साल र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेलसँग नेपालका लागि भारतीय राजदूत सुधाकर दलेलाले छुट्टाछुट्टै भेटवार्ता गरेका छन् । पूर्वाधार विकासमन्त्री लम्सालसँगको भेटमा दुई देशबीच पूर्वाधार विकास तथा सम्पर्क सञ्जालका क्षेत्रमा सहकार्य थप विस्तार गर्ने विषयमा छलफल भएको थियो । बहुआयामिक नेपाल–भारत साझेदारीलाई थप अगाडि बढाउन मिलेर काम गर्ने प्रतिबद्धता पनि व्यक्त गरिएको छ । त्यस्तै, ...

कर्पोरट खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play