Thursday, November 19, 2026||
MultiKhabarMultiKhabar

एउटा निर्वाचन हार्दैमा हत्तोत्साही हुनुपर्दैन : विद्यादेवी भण्डारी

Share:WhatsAppFacebookX (Twitter)Telegram
एउटा निर्वाचन हार्दैमा हत्तोत्साही हुनुपर्दैन : विद्यादेवी भण्डारी
Photo / Coverage: पर्दाफास

नेकपा एमालेकी वरिष्ठ नेता विद्यादेवी भण्डारीले एउटा निर्वाचनमा पराजय व्यहोर्दैमा निराश र निरुत्साहित नहुन पार्टीका नेता तथा कार्यकर्तालाई आग्रह गरेकी छन् । बिहीवार काठमाडौंमा जारी एमालेको राष्ट्रिय भेलाको दोस्रो दिन सम्बोधन गर्दै उनले निर्वाचनमा हार्दैमा राजनीतिक आन्दोलनको भविष्य समाप्त नहुने बताएकी हुन् । गत वर्ष भदौ २३ र २४ गतेका घटनाक्रम तथा गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनको परिणामले पार्टीका नेता तथा कार्यकर्तामा निराशा उत्पन्न गरेको हुन सक्ने उल्लेख गर्दै उनले विगतका संघर्ष र सफलताबाट प्रेरणा लिएर वर्तमान चुनौतीको सामना गर्नुपर्ने बताइन् । भण्डारीले एमालेले विगतमा अनेकौँ कठिन परिस्थिति र चुनौतीको सामना गर्दै राजनीतिक यात्रा अघि बढाएको स्मरण गरिन् । पञ्चायती व्यवस्थाको दमन, विश्व कम्युनिस्ट आन्दोलनले व्यहोरेको संकट तथा मदन–आश्रितको रहस्यमय हत्यापछिको कठिन परिस्थितिमा समेत पार्टी विचलित नभएको उनको भनाइ थियो । उनले विगतका चुनौतीलाई शक्तिमा रूपान्तरण गर्दै एमालेले नेपाली कम्युनिस्ट आन्दोलनको मूल प्रवाह र लोकतान्त्रिक आन्दोलनको निर्णायक हिस्साका रूपमा आफूलाई स्थापित गरेको बताइन् । ‘एउटा निर्वाचनको हारले राजनीतिक आन्दोलनको भविष्य निर्धारण गर्दैन । तर हारबाट सही पाठ सिक्नु र कमजोरीहरू सच्याउँदै अघि बढ्नु हाम्रो दायित्व हो,’ उनले भनिन् । भण्डारीले हालैको निर्वाचनमा पार्टीले व्यहोरेको धक्काबारे व्यापक छलफल र समीक्षा भइसकेको उल्लेख गर्दै समीक्षाबाट प्राप्त निष्कर्ष नेतृत्वदेखि कार्यकर्तासम्म सबै तहले इमानदारीपूर्वक कार्यान्वयन गर्नुपर्नेमा जोड दिइन् । उनका अनुसार पार्टीलाई थप सुदृढ, एकताबद्ध र गतिशील बनाउन नेता तथा कार्यकर्ताबीच जिम्मेवारीको व्यावहारिक कार्यविभाजन, योगदान र क्षमताको उचित मूल्याङ्कन तथा सबै तहबीच साझा उद्देश्य निर्माण गर्न आवश्यक छ । उनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय राजनीतिमा विकसित चुनौती सामना गर्न पार्टीले थप सक्रियता, पहलकदमी र आत्मविश्वासका साथ अघि बढ्नुपर्ने बताइन् । हालको निर्वाचन परिणामलाई अस्थायी धक्काको संज्ञा दिँदै भण्डारीले सही कार्यदिशा र दृढ प्रतिबद्धताका साथ अघि बढे जनताको विश्वास र समर्थन पुनः प्राप्त गर्न सकिने बताइन् । सम्बोधनका क्रममा उनले आफू कुनै पद प्राप्तिका लागि राजनीतिमा सक्रिय नभएको पनि स्पष्ट पारिन् । कम्युनिस्ट आन्दोलन र नेकपा एमालेलाई बलियो राजनीतिक शक्तिका रूपमा विकास गर्ने उद्देश्यले सक्रिय राजनीतिमा फर्किएको उनको भनाइ थियो । राजनीतिमा थकाइ र विश्राम भन्ने नहुने उल्लेख गर्दै उनले पार्टीका नेता तथा कार्यकर्तालाई निराश नभई सक्रियता र आत्मविश्वासका साथ अघि बढ्न आग्रह गरिन् ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
चीनबाट पुटिनको सन्देश : प्रतिबन्धहरूले अब आर्थिक वृद्धिलाई रोक्न सक्दैनन्
OthersJust now

चीनबाट पुटिनको सन्देश : प्रतिबन्धहरूले अब आर्थिक वृद्धिलाई रोक्न सक्दैनन्

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बुधबार पश्चिमा प्रतिबन्ध, ट्यारिफ र निर्यात बन्देजले अब देशहरूको आर्थिक वृद्धिलाई रोक्न नसक्ने बताएका छन्। विश्व अर्थतन्त्र केही शक्तिशाली राष्ट्रहरूको वर्चस्व रहेको प्रणालीबाट टाढा जाँदै गरेको तर्क उनले गरेका छन्। चीनको सेन्जेनमा आयोजित एसिया-प्यासिफिक इकोनोमिक कोअपरेसन (एपेक) सीईओ समिटमा व्यापारी नेताहरूलाई पुटिनले सम्बोधन गरेका छन्। सो क्रममा उनले पश्चिमा आर्थिक प्रतिबन्धहरूको… ...

अनलाइन खबर
फरक तौलका सिलिन्डर ल्याउँदैमा टर्छ ग्यास संकट ?
OthersJust now

फरक तौलका सिलिन्डर ल्याउँदैमा टर्छ ग्यास संकट ?

सरकारी अधिकारी र ग्यास उद्योगीका तर्क, बजारको वास्तविक आपूर्ति अवस्था, कानुनी जटिलता र नीतिगत अस्थिरता केलाउँदा सिलिन्डरको तौल परिवर्तन मात्र ग्यास संकटको समाधान होइन । ...

अनलाइन खबर
नेपाल र कोरियाका फिल्मकर्मीको सहकार्यमा फिल्म ‘ग्रान्ड एभरेस्ट आश्रम’ बन्दै
OthersJust now

नेपाल र कोरियाका फिल्मकर्मीको सहकार्यमा फिल्म ‘ग्रान्ड एभरेस्ट आश्रम’ बन्दै

काठमाडौँ । नेपाल र दक्षिण कोरियाका फिल्मकर्मीको सहकार्यमा नयाँ अन्तर्राष्ट्रिय फिचर फिल्म ‘ग्रान्ड एभरेस्ट आश्रम’ निर्माण हुने भएको छ । बोकल्ट फिल्म्स र काठमाडौँ फिल्म्सको सहकार्यमा फिल्म निर्माण हुन लागेको हो । यस फिल्ममा दक्षिण कोरियाका निर्माता, निर्देशक तथा लेखक बोइम ह्वाङ र काठमाडौँ फिल्म्सका संस्थापक तथा नेपाली सह निर्माता चन्दन झा जोडिएका छन् ।… ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play