Monday, November 2, 2026||
MultiKhabarMultiKhabar

एआईबाट बनेका फाइल अब जेमिनाईमै सम्पादन गर्न सकिने

Share:WhatsAppFacebookX (Twitter)Telegram
एआईबाट बनेका फाइल अब जेमिनाईमै सम्पादन गर्न सकिने
Photo / Coverage: पर्दाफास

गुगलले आफ्नो एआई एप जेमिनाईमा च्याटभित्रै फाइल हेर्न र सम्पादन गर्न सकिने नयाँ सुविधा ल्याएको छ । यससँगै प्रयोगकर्ताले फाइल डाउनलोड वा अन्य एपमा निर्यात नगरी जेमिनाईभित्रै आवश्यक परिवर्तन गर्न सक्नेछन् । प्रविधिसम्बन्धी वेबसाइट जीएसएम एरिनाका अनुसार यो सुविधाले जेमिनाईको फाइल निर्माणसम्बन्धी क्षमतालाई विस्तार गरेको हो । गुगलले यसअघि गत अप्रिलमा गुगल डक्स, गुगल सिट्स, पीडीएफ र मार्कडाउनजस्ता फाइल बनाउन सकिने सुविधा ल्याएको थियो । नयाँ सुविधामार्फत प्रयोगकर्ताले कागजात, पीडीएफ, प्रस्तुति सामग्री, स्प्रेडसिट, कोडलगायतका समर्थित फाइल जेमिनाई एप नछाडीकन सम्पादन गर्न सक्नेछन् । फाइललाई पूर्ण स्क्रिनमा खोलेर सामग्री परिवर्तन गर्न सकिनेछ । त्यस्तै, फाइलको कुनै निश्चित अंश छानेर त्यसबारे प्रश्न सोध्न, पाठ वा दृश्य सामग्री परिमार्जन गर्न र सम्पादनकै क्रममा थप निर्देशन दिन सकिनेछ । यसले एआईबाट तयार पारिएको सामग्रीलाई आवश्यकताअनुसार सुधार गर्न सहज बनाउने अपेक्षा गरिएको छ । यद्यपि, सबै फाइल सम्पादन सुविधा मोबाइलमा उपलब्ध छैनन् । पीडीएफ हेर्ने र सम्पादन गर्ने सुविधा वेब तथा मोबाइल दुवै संस्करणमा उपलब्ध छ । गुगल डक्स, गुगल सिट्स, स्लाइड, मार्कडाउन, टीएक्सटी र कोड फाइल सम्पादन गर्ने सुविधा भने हाल वेब संस्करणमा मात्र उपलब्ध रहेको जीएसएम एरिनाले जनाएको छ । गुगलका अनुसार नयाँ सुविधा जेमिनाई प्रयोग गर्ने सबै प्रयोगकर्ताका लागि उपलब्ध गराइएको छ । यो सुविधा जेमिनाई एपमा उपलब्ध सबै भाषामा प्रयोग गर्न सकिनेछ । नयाँ सुविधाले सामग्री निर्माणदेखि सम्पादनसम्मको काम एउटै च्याटमा गर्न सकिने बनाएको छ । यसबाट प्रयोगकर्ताले जेमिनाई र अन्य सम्पादन उपकरणबीच पटकपटक आवतजावत गर्नुपर्ने आवश्यकता कम हुने अपेक्षा गरिएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
हेल्प मधेशी नेपालको दोस्रो राष्ट्रिय महाधिवेशनबाट अध्यक्षमा यादव निर्वाचित
OthersJust now

हेल्प मधेशी नेपालको दोस्रो राष्ट्रिय महाधिवेशनबाट अध्यक्षमा यादव निर्वाचित

१६ कात्तिक, जनकपुरधाम । हेल्प मधेशी नेपालको दोस्रो राष्ट्रिय महाधिवेशन जनकपुरधामा सम्पन्न भएको छ । महाधिवेशनले संजय रान यादवको अध्यक्षतामा नयाँ केन्द्रीय कार्यसमिति गठन गरेको छ। नवनिर्वाचित केन्द्रीय कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा रिना झा, प्रथम उपाध्यक्षमा अमरेश कुमार यादव, दोस्रो उपाध्यक्षमा राम प्रकाश पासवान र तेस्रो उपाध्यक्षमा फूल कुमारी यादव चयन भएका छन् । त्यस्तै, केन्द्रीय… ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play