काठमाडौं । नेपाल–भारत सहकार्यलाई ऊर्जा, व्यापार र सीमापार पूर्वाधारमा विस्तार गर्ने गरी प्रधानमन्त्री वालेन्द्र शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पाँचवटा परियोजनाको उद्घाटन तथा शिलान्यास गरेका छन् । सोमबार नयाँदिल्लीमा आयोजित संयुक्त पत्रकार सम्मेलनमार्फत दुवै प्रधानमन्त्रीले चार परियोजनाको शिलान्यास र एउटाको उद्घाटन गरेका हुन् । दुई देशबीचको कनेक्टिभिटी र ऊर्जा पूर्वाधारलाई नयाँ गति दिने लक्ष्यसहित भारतको सहयोगमा नेपालमा चारवटा नयाँ परियोजना अघि बढाइने भएको छ । शिलान्यास गरिएका परियोजनामा भारतको धार्चुला र नेपालको दार्चुला जोड्ने मोटरेबल पुल, बनबासा नाकामा निर्माण हुने एकीकृत जाँच चौकी ९आईसीपी०, झापाको चारआलीसम्म विस्तार गरिने ग्यास पाइपलाइन र ६६९ मेगावाट क्षमताको तल्लो अरुण जलविद्युत् आयोजना रहेका छन् । त्यस्तै, मोतीहारी–अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरणको उद्घाटन गरिएको छ । यस परियोजनामार्फत भारतबाट पाइपलाइन हुँदै पेट्रोल र मट्टितेलसमेत नेपाल ल्याउन सुरु भएको छ । यी परियोजनाले नेपाल–भारतबीचको सीमा व्यापार, ऊर्जा आपूर्ति, इन्धन ढुवानी र जलविद्युत् उत्पादनमा सहकार्य विस्तार गर्ने अपेक्षा गरिएको छ । विशेषगरी पेट्रोलियम पाइपलाइन विस्तारले इन्धन ढुवानीलाई थप सहज बनाउनेछ भने तल्लो अरुण आयोजना निर्माणले नेपालको ऊर्जा उत्पादन क्षमता बढाउन योगदान पुर्याउने अपेक्षा छ ।
ऊर्जा, व्यापार र पूर्वाधारमा भारतको साथ : नेपालका चार नयाँ परियोजनाको शिलान्यास, एउटाको उद्घाटन

Read Complete Original Article
Published originally on टक्सार



.jpg)


