विसं २०७८ सालदेखि बिजुली निर्यात थालेको नेपालले राम्रो आम्दानी गर्न थालेको छ । ६ वर्षअघि आयातमात्र गर्दै आएको नेपालले अहिले विद्युत व्यापारमा नाफा बढाउँदै लगेको छ । आर्थिक वर्ष २०८२/०८३ मा भारतमा बढी र केही बंगलादेशमा समेत गरी २९ अर्ब ३२ करोड ४७ लाख रुपैयाँको बिजुली निर्यात गरेर नेपालले ठूलो उपलब्धि हासिल गरेको छ । सुख्खा याममा नेपालले भारतबाट १० अर्ब २२ करोड ७४ लाख रुपैयाँको आयात गरेको छ । एकै वर्षमा बिजुली व्यापारमा १९ अर्ब ९ करोड रुपैयाँ नाफा भएको छ । ऊर्जा विकसको क्षेत्रमा नेपालको बढ्दो पाइलालाई प्रशंसनीय मान्नुपर्दछ । नेपालमा वर्षायाममा यहाँका नदीहरूमा पानीको प्रवाह तीव्र हुने गरेका कारण यहाँ ‘रन अफ द रिभर’को आधारमा बिजुलीको उत्पादन हुने गर्दछ । ऊर्जा भण्डारण गर्ने क्षमताको अभाव भएका कारण नेपालले चाहेर पनि बिजुलीको सन्यम गर्न सकिरहेको हुँदैन । आर्थिक वर्ष २०८०/०८१ देखि नेपालले बिजुली आयातभन्दा बढी निर्यात गरिरहेको छ । अहिले औसतमा १ हजार मेगावाट बिजुलीको निर्यात नेपालले गरिरहेको छ । हाल नेपाल र भारतले अन्तरदेशीय प्रसारण लाइनमार्फत विद्युत आयात क्षमता एक हजार पाँच सय तीस र निर्यात क्षमता १ हजार आठ सय ५० मेगावाट पुर्याइ सकेका छन् । नेपाल विद्युत प्राधिकरणले वर्षायाममा देशभित्र खपत भई बच्ने बिजुली भारत र बंगलादेशमा निर्यात गर्दै आएको छ । प्राधिकरणले भारतीय ऊर्जा एक्सचेन्ज को ‘डे अहेड’ तथा ‘रियल टाइम मार्केट’मा प्रतिस्पर्धी दरमा बिजुली बिक्री गर्दै आएको छ । प्राधिकरणले मध्यकालीन विद्युत सम्झौता बमोजिम भारतीय कम्पनी एनटिपिसी विद्युत व्यापार निगमलाई पनि बिजुली बेच्दै आएको छ । नेपालले बंगलादेशमा पनि बिजुली बेच्ने गर्दछ । आर्थिक वर्ष २०७९/०८९ देखि आयात-निर्यात व्यापारको थालनी गरेको नेपालले सो वर्ष १५ अर्ब १ करोडको आयात र ३ अर्ब ८५ करोडको निर्यात गरेको थियो । क्रमशः २०७९/०८० मा १९ अर्ब ४४ करोडको आयात र १० अर्ब ४२ करोडको निर्यात, आर्थिक वर्ष २०८०/०८१ मा १६ अर्ब ८३ करोडको आयात र १६ अर्ब ९३ करोडको निर्यात गरेको थियो । आर्थिक वर्ष २०८०/०८१ मा नेपालले १० करोडको नाफा गरी क्रमशः ऊर्जा व्यापारमा नाफा गर्दै आएको छ । आर्थिक वर्ष २०८१/०८२ मा नेपालले १२ अर्ब १२ करोडको आयात र १७ अर्ब ४५ करोडको निर्यात गर्यो । आर्थिक वर्ष २०८२/०८३ मा नेपालले १० अर्ब ९२ करोडको आयात र २९ अर्ब ३२ करोड रुपैयाँको बिजुली निर्यात गर्यो, यसरी भारतबाट १९ अर्ब रुपैयाँको नाफा नेपालले गर्यो । विभिन्न १३२ केभीका प्रसारण लाइनबाट समेत नेपाल-भारतबीच बिजुली आयात-निर्यात हुँदै आएको छ । नेपाल-भारतबीच अन्तरदेशीय प्रसारण लाइन निर्माणका क्रममा रहेकाले भारतसँग बिजुली निर्यात बढाउन भारतसँग स्वीकृतिको माग पनि नेपालले गरिरहेको छ । बिजुली व्यापारका लागि प्रसारण क्षमता र आन्तरिक उत्पादन पर्याप्त हुन्छ । गत वर्ष नेपाल-भारतबीच भएको ऊर्जा सहमति अनुसार भारतले आगामी दश वर्षमा नेपालबाट दश हजार मेगावाट बिजुलीको खरिद गर्ने सहमति प्रदान गरेको छ । प्रसारण लाइनहरूको निर्माण भएमा दुवै देशबीचको ऊर्जा व्यापारले थप गति लिनेछ । हाल भारतले ३७ वटा जलविधुत आयोजनाको १२ सय मेगावाट विद्युत लिने सहमति दिएको छ । यस्तै चार सय केभीको ढल्केबर-मुजफरपुरबाट एक हजार मेगावाट र अन्य १३२ केभीका प्रसारण लाइनबाट पनि बिजुली आयात-निर्यात हुँदै आएको छ । नेपाल र भारतले ढल्केबर-सिटामढी ४०० केभी प्रसारण लाइनमार्फत बिजुली आयात क्षमता १ हजार ४ सय मेगावाट र निर्यात क्षमता १ हजार ६ सय मेगावाट पुर्याउने सहमति पनि गरेको छ । यस्तै निर्माणाधीन नयाँ बुटवल-गोरखपुर अन्तरदेशीय प्रसारण लाइनबाट प्रारम्भिक चरणमा एक सय ३० मेगावाटसम्म बिजुली आयात र २ सय मेगावाटसम्म निर्यात गर्न सकिने सहमति भएको छ । नेपालतर्फको प्रसारण लाइन अगस्तसम्म सम्पन्न हुने र सबस्टेसन सन् २०२७ डिसेम्बरसम्म तयार हुने अपेक्षा गरिएको छ । त्यस अवघिसम्म उक्त लाइनमार्फत १ सय ३० मेगावाटसम्म विद्युत निर्यात गर्न सकिने गरी काम अघि बढाइने निर्णय भएको छ । नेपाल विद्युत प्राधिकरणले वर्षायाममा देशभित्र खपत भई बच्ने बिजुली भारत र बंगलादेशमा निर्यात गर्दैआएको छ । प्राधिकरणले भारतीय ऊर्जा एक्सचेन्ज (आइएक्स)को ‘डे अहेड’ तथा ‘रियल टाइम मार्केट’ मा प्रतिस्पर्धी दरमा बिजुली बिक्री गर्दैआएको छ । प्राधिकरणले मध्यकालीन विद्युत सम्झौता बमोजिम भारतीय कम्पनी एनटिपिसी विद्युत व्यापार निगमलाई पनि बिजुली बेच्दै आएको छ । नेपालले बंगलादेशमा पनि बिजुली बेच्ने गर्दछ । वर्षायाममा नेपालको नदी तथा खोलामा पानीको बहाव बढ्न थालेपछि बिजुली उत्पादनमा वृद्धि हुने भएकाले वर्षायाममा प्राधिकरणले विद्युत निर्यात गर्दै आएको हो । हिउँद याम सुरु भएसँगै नेपालका नदी तथा खोलानालामा पानीको बहाव घट्दो जलविद्युत आयोजनाको उत्पादन घट्छ । यस्तो बेला स्वदेशको माग धान्न हिउँदका केही महिना भारतबाटै बिजुली आयात गर्ने गरिएको छ । अहिले दश मिनेटको लोडसेटिङ हुँदा पनि मानिसलाई बिचलित गर्छ । जबकि हामीले १९ घण्टासम्म दिनहुँ लोडसेटिङ् भोगेको दुःखद उदारहण पनि छ । जलस्रोतको मामिलामा विश्वको दोस्रो ठूलो धनी देश भएर पनि नेपालले आफ्नो प्रचुर जलसम्पदाको सदुपयोग गर्न सकेन । नेपालसँग उल्लेखनीय जलविद्युत उत्पादन क्षमता छ । अहिले दश मिनेटको लोडसेटिङ हुँदा पनि मानिसलाई बिचलित गर्छ । जबकि हामीले १९ घण्टासम्म दिनहुँ लोडसेटिङ् भोगेको दुःखद् उदारहण पनि छ । जलस्रोतको मामिलामा विश्वको दोस्रो ठूलो धनी देश भएर पनि नेपालले आफ्नो प्रचुर जलसम्पदाको सदुपयोग गर्न सकेन । नेपालसँग उल्लेखनीय जलविद्युत उत्पादन क्षमता छ । ४० हजार मेगावाट बिजुलीको उत्पादन त आर्थिक र प्राविधिक रूपले सम्भव छ । नेपालमा प्रतिव्यक्ति वार्षिक विद्युत खपत मात्र ४५६ युनिट छ । जुन विश्व औसतभन्दा १० गुणा कम हो । नेपालसँग अझै व्यापक वृद्धि र विस्तारको सम्भावना छ तर त्यही अनुपातमा उत्पादनको गति बढाउनुसँगै खपतको मात्रा बढाउनु पनि आवश्यक छ । हामीले पानीमा पनि राजनीति गर्यौं, पानीलाई पनि राष्ट्रवादसित जोड्ने काम गर्यौं । फलस्वरूप ऊर्जा विकास गर्ने दाबीसहित दर्जनौं झोले संगठनहरू अस्तित्वमा आए तर नतिजा शून्य । हामीले विदेशी ऊर्जा उत्पादन कम्पनीलाई पनि आमन्त्रित गर्यौं तर कसैले नतिजा दिन सकेनन् । सस्तो दरमा टेण्डर हात पार्ने र दशकौंसम्म टेण्डरलाई होल्डमा राख्ने काम गरेका विदेशी ऊर्जा उत्पादन कम्पनीहरूले नेपालमा अवसर पाउनुको एउटा मात्र कारण संकीर्ण राष्ट्रवाद थियो । उत्तरी छिमेकी चीनलाई नेपालको बिजुली चाहिएको छैन । नेपालमा उत्पादन हुने बिजुलीको बिक्री हुने ठाउँ भनेको भारत नै हो । भारतकै बाटो भएर बंगलादेशमा पनि बिजुली निर्यात गर्ने हो । भारतको प्रसारण लाइनको पनि उपयोग हामीले गर्नैपर्छ, अनि मात्रै बंगलादेशमा बिजुली विक्री अथवा निर्यात गर्न सकिन्छ । विगत केही वर्षयतादेखि मात्रै नेपालमा विद्युत प्रसारण लाइनको निर्माण हुन थालेको छ । सन् २०१४ मा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी पहिलोपटक नेपाल भ्रमणमा आउँदा नेपाललाई ऊर्जा विकासमा ध्यान केन्द्रित गर्न सुझाव दिनु भएको थियो । त्यतिबेला नेपाली संसद (तात्कालीन संविधान सभा) मा सम्बोधन गर्दै उहाँले हालै भारतले नेपालको अँध्यारोलाई हटाउनमा सहयोग गर्ने र पछि नेपालबाट बिजुली खरिद गर्ने प्रतिबद्धता जनाउनु भएको थियो । मोदीको नेपाल भ्रमणपश्चात् नेपाल र भारतबीच विद्युत विकास सम्झौता भयो । नेपालले भारतमा बिजुली निर्यात गर्न वा नेपालले भारतबाट बिजुली आयात गर्न प्रसारण लाइनको निर्माण आवश्यक थियो । नेपाल-भारतबीच विद्युत व्यापार सम्झौता भएपछि प्रसारण लाइनको पनि निर्माण भयो र हाल नेपाल-भारतबीचको दुई पक्षीय ऊर्जा व्यापारमा नेपाल नाफामा छ । नेपालले सन् २०३५ सम्म २८ हजार ५ सय मेगावाट विद्युत उत्पादन गर्ने राष्ट्रिय लक्ष्य राखेको सन्दर्भमा ऊर्जा साझेदारीले उत्पादन र बजारलाई जोड्ने काम गर्नेछ । पानीमा केवल बिजुलीमात्रै आउँदैन, यसमा खानेपानी, सिँचाइ र नदी नियन्त्रण जस्ता विषय आउँछन् । भारतका ठूला ऊर्जा उत्पादन कम्पनीहरू नेपालको जलविद्युत क्षेत्रमा लगानी गरेका छन् र त्यसबापत नेपाललाई आर्थिक लाभ र केही मुफत बिजुली पनि दिने भएका छन् । भारतीय लगानीकर्ताहरूले जुन शर्तमा नेपालको ऊर्जा क्षेत्रमा लगानी गरेका छन् र द्रुत गतिमा काम गरिरहेका छन् यसको लाभ नेपाललाई अवश्य नै हुनेछ ।
ऊर्जा व्यापारमा नेपालको आम्दानी

Read Complete Original Article
Published originally on हिमालय टाइम्स






