Tuesday, November 17, 2026||
MultiKhabarMultiKhabar

ऊर्जामन्त्री श्रेष्ठसँग भारतीय राजदूत दलेलाको शिष्टाचार भेट

Share:WhatsAppFacebookX (Twitter)Telegram
ऊर्जामन्त्री श्रेष्ठसँग भारतीय राजदूत दलेलाको शिष्टाचार भेट
Photo / Coverage: पर्दाफास

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठसँग नेपालका लागि भारतका नवनियुक्त राजदूत सुधाकर दलेलाले शिष्टाचार भेटवार्ता गरेका छन् । भेटका क्रममा नेपाल–भारतबीचको ऐतिहासिक सम्बन्धलाई थप सुदृढ बनाउने तथा ऊर्जा, जलस्रोत र सिँचाइका क्षेत्रमा द्विपक्षीय सहकार्य विस्तार गर्ने विषयमा छलफल भएको छ । मन्त्री श्रेष्ठले राजदूत दलेलालाई स्वागत गर्दै उनको सफल तथा उपलब्धिमूलक कार्यकालको शुभकामना व्यक्त गरेका थिए । सो अवसरमा नेपाल र भारतबीच ऊर्जा, जलस्रोत तथा सिँचाइका क्षेत्रमा हुँदै आएको सहकार्यलाई थप विस्तार र प्रभावकारी बनाउने विषयमा विचारविमर्श भएको थियो । यी क्षेत्रमा दुई देशबीचको सहकार्यले आर्थिक समृद्धि, ऊर्जा सुरक्षा, कृषि उत्पादकत्व तथा क्षेत्रीय विकासमा महत्त्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरिएको छ । भेटमा आपसी संवाद, समन्वय र सहकार्यलाई निरन्तरता दिँदै नेपाल–भारत सम्बन्धलाई थप मजबुत बनाउने विषयमा जोड दिइएको थियो । मन्त्री श्रेष्ठले राजदूत दलेलाको नेपालस्थित कार्यकाल सफल, सुखद र फलदायी रहोस् भन्ने कामनासमेत गरेका छन् ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
काभ्रेको ह्वाइट पार्क रिसोर्टमा छापा : ३६ जना चिनियाँ नागरिक नियन्त्रणमा
OthersJust now

काभ्रेको ह्वाइट पार्क रिसोर्टमा छापा : ३६ जना चिनियाँ नागरिक नियन्त्रणमा

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका सूचना अधिकारी डिएस्पी रबिन विष्टका अनुसार केही थान ल्यापटप र मोबाइल सहित ३६ चिनियाँ नागरिक नियन्त्रणमा लिइएको हो । ...

अनलाइन खबर
२१ किलो सुन तस्करी प्रकरण : सम्पत्ति र संगठितमा पनि अनुसन्धान अघि बढाइँदै
OthersJust now

२१ किलो सुन तस्करी प्रकरण : सम्पत्ति र संगठितमा पनि अनुसन्धान अघि बढाइँदै

१ मंसिर, काठमाडौं । साढे २१ किलो सुनसहित पक्राउ परेका तीन चिनियाँ नागरिकमाथि संगठित अपराध र सम्पत्ति शुद्धीकरणको कसुरमा पनि अनुसन्धान अघि बढ्ने भएको छ । संगठित अपराध र सम्पत्ति सम्बन्धी कसुरको अनुसन्धान गर्न काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले एउटा टिम नै गठन गरेको छ । अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काका अनुसार डीएसपीको नेतृत्वमा… ...

अनलाइन खबर
ललितपुरमा भ्यानभित्र बोराभरी पैसा, ३ जना पक्राउ
OthersJust now

ललितपुरमा भ्यानभित्र बोराभरी पैसा, ३ जना पक्राउ

१ मंसिर, काठमाडौं । ललितपुरबाट ठूलो रकमसहित तीन जना पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले तीन जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा भोजपुर नगरपालिका–३ घर भएका ३० वर्षीय दीपक खड्का, गोदावरी नगरपालिका–१० का ३२ वर्षीय जयराम केसी र काठमाडौं–१० नयाँ बानेश्वरका २९ वर्षीय प्रज्वल रिजाल रहेको अपराध अनुसन्धान कार्यालयका एसएसपी… ...

अनलाइन खबर
दोहोरो अंकले घट्यो नेप्से, ४ अर्ब ७३ करोडको कारोबार
OthersJust now

दोहोरो अंकले घट्यो नेप्से, ४ अर्ब ७३ करोडको कारोबार

नेप्सेमा आज दोहोरो अंकको गिरावट आएको छ । आज मंगलबार नेप्से १२.७९ अंकले घटेर २६३६.१० विन्दुमा पुगेर रोकिएको छ । आज ३५३ कम्पनिका एक करोड १२ लाख ९३ हजार ४५० कित्ता शेयर ४ अर्ब ७३ करोड ११ लाख ७८ हजार १७ मा कारोबार भएको थियो । आज म्युचुअल फण्डबाहेक सबै क्षेत्रको शेयर मुल्य घटेको छ । आज, सबैभन्दा बढी अपर लोहोरे खोला ...

पर्दाफास
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play