काठमाडौं – ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ८१७ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ । बुधबार बिहानसम्म सञ्चालन गरिएको ट्राफिक जाँचका क्रममा मादक पदार्थ सेवन गरी सवारी चलाउने ५७ जना चालक कारबाहीमा परेका छन् । त्यस्तै, सिसिटिभी निगरानीमार्फत ३३ जना र रातो बत्ती उल्लङ्घन गर्ने ३५ जना चालकलाई कारबाही गरिएको ट्राफिक प्रहरीले जनाएको छ । यसैगरी, तीव्र गतिमा सवारी चलाउने ९६ जना, हर्न निषेधको उल्लङ्घन गर्ने नौ जना र सवारीसाधनको अवस्था ठीक नभएका १७ जना चालक कारबाहीमा परेका छन् । अन्य ट्राफिक नियम उल्लङ्घन गर्ने ५४६ जना चालकलाई पनि कारबाही गरिएको प्रहरीले जनाएको छ । ट्राफिक नियम उल्लङ्घनका कारण हुन सक्ने दुर्घटना न्यूनीकरण तथा सडक अनुशासन कायम गर्न उपत्यकाका विभिन्न स्थानमा जाँच र निगरानीलाई निरन्तरता दिइएको प्रहरीले जनाएको छ ।
उपत्यकामा २४ घण्टामा ८१७ सवारी चालक कारबाहीमा

Read Complete Original Article
Published originally on विश्वखबर






