Friday, November 6, 2026||
MultiKhabarMultiKhabar

उपत्यकामा हराएका तथा चोरी भएका ५० वटा मोटरसाइकल र स्कुटर फेला

Share:WhatsAppFacebookX (Twitter)Telegram
उपत्यकामा हराएका तथा चोरी भएका ५० वटा मोटरसाइकल र स्कुटर फेला
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरीले विभिन्न समयमा हराएका तथा चोरी भएका ५० वटा दुईपाङ्ग्रे सवारीसाधन फेला पारी सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयमा बिहीबार आयोजित कार्यक्रममा ट्राफिक प्रहरी प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक सुरेशप्रसाद काफ्लेले सवारीसाधन धनीलाई ती सवारी हस्तान्तरण गरेका हुन्। हस्तान्तरण गरिएका सवारीसाधनमध्ये २५ वटा मोटरसाइकल र २५ वटा स्कुटर रहेका छन्। ट्राफिक प्रहरीले विभिन्न समयमा प्राप्त निवेदनका आधारमा खोजतलास गर्दा ती सवारीसाधन फेला पारेको जनाएको छ। कार्यक्रममा प्रहरी वरिष्ठ उपरीक्षक काफ्लेले सवारीसाधनको सुरक्षामा धनी स्वयं पनि सचेत हुनुपर्ने बताए। सवारीसाधन हराए वा चोरी भएमा तत्काल ट्राफिक प्रहरीलाई जानकारी गराउन आग्रह गर्दै उनले जथाभावी तथा एकान्त स्थानमा पार्किङ नगर्न, जीपीएसलगायत सुरक्षा उपकरण जडान गर्न र आवश्यक सावधानी अपनाउन सुझाव दिए। ट्राफिक प्रहरी प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीका अनुसार चालु आर्थिक वर्ष २०८२/८३ मा हालसम्म हराएका तथा चोरी भएका ३०३ वटा दुईपाङ्ग्रे सवारीसाधन फेला पारी सम्बन्धित धनीलाई बुझाइसकिएको छ। उनका अनुसार चालु आर्थिक वर्षमा मोटरसाइकल चोरीमा संलग्न रहेको आशंकामा ३४ जनालाई पक्राउ गरी थप अनुसन्धान तथा कारबाहीका लागि जिल्ला प्रहरी परिसरमा पठाइएको छ। त्यसैगरी, तीनवटा चारपाङ्ग्रे सवारीसाधन र दुईवटा मोटरसाइकल आवश्यक कारबाहीका लागि भन्सार कार्यालयमा पठाइएको छ। प्रवक्ता सुवेदीले व्यक्तिगत सतर्कता, प्रविधिको प्रभावकारी प्रयोग र भौतिक सुरक्षाको संयोजनबाट सवारीसाधन चोरी नियन्त्रण गर्न सकिने बताए। आपराधिक गतिविधिमा संलग्न व्यक्तिमाथि कानुनी कारबाहीलाई प्रभावकारी बनाउँदै ट्राफिक प्रहरीले जनशक्ति र आधुनिक प्रविधिको प्रयोगमार्फत निगरानी बढाइरहेको उनले जानकारी दिए। हराएका तथा चोरी भएका सवारीसाधन खोजी गरी धनीलाई फिर्ता गराउने अभियानले नागरिकमा प्रहरीप्रतिको विश्वास बढाउनुका साथै सवारीसाधन चोरी नियन्त्रणमा सहयोग पुग्ने अपेक्षा गरिएको छ। फेला परेका सवारीसाधन फिर्ता पाएपछि धनीहरूले खुसी व्यक्त गर्दै ट्राफिक प्रहरीलाई धन्यवाद दिएका छन्।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
अनमोलकै अघि भुवन भन्छन्- म उसको छायामा पर्न तयार छु (भिडिओ)
Latest NewsJust now

अनमोलकै अघि भुवन भन्छन्- म उसको छायामा पर्न तयार छु (भिडिओ)

पर्दामा भुवन केसीले अनेकौँ चरित्र बाँचे। कहिले रोमान्टिक प्रेमी बने, कहिले विद्रोही त कहिले दर्शकको सपनाको नायक। समय फेरियो, पर्दाका कथा फेरिए, पुस्ता फेरियो। उनकै घरबाट अर्को अभिनेता जन्मियो, अनमोल केसी।  र, यतिखेर उनीहरू पर्दामा मात्रै होइन, पर्दापछाडिको सम्बन्धमा पनि सँगै छन्। भुवन निर्देशक, अनमोल अभिनेता। फिल्म हो, ‘बाटुलो जुन’। नेप... ...

नेपालखबर
मधेस प्रदेश सरकारबाट बाहिरियो नेकपा
Latest NewsJust now

मधेस प्रदेश सरकारबाट बाहिरियो नेकपा

प्रदेश प्रमुख सुरेन्द्रलाल कर्णलाई नेकपाका नेता जवाहरलाल कुशवाहाले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै आफ्ना चारजना मन्त्रीले राजीनामा दिएको पत्र बुझाएका हुन् । ...

कान्तिपुर
नेपालमा उत्पादन पोर्टफोलियो विस्तार गर्दै टीसीएल, दशैँतिहार अफरमा २५ प्रतिशतसम्म छुट र आकर्षक उपहार
Latest NewsJust now

नेपालमा उत्पादन पोर्टफोलियो विस्तार गर्दै टीसीएल, दशैँतिहार अफरमा २५ प्रतिशतसम्म छुट र आकर्षक उपहार

बहुराष्ट्रिय इलेक्ट्रोनिक्स ब्रान्ड टीसीएलले नेपाली बजारमा टेलिभिजनदेखि फ्रिज, वासिङ मेसिन, एसी, साउन्डबार र वाटर डिस्पेन्सरसम्मका उत्पादन उपलब्ध गराउँदै आएको छ। उपभोक्ताको आवश्यकता र क्रयक्षमतालाई ध्यानमा राखेर गुणस्तरीय प्रविधिलाई प्रतिस्पर्धी मूल्यमा उपलब्ध गराउने रणनीतिका साथ कम्पनीले नेपाली बजारमा आफ्नो उत्पादन पोर्टफोलियो विस्तार गरिरहेको छ। चौधरी ग्रुपअन्तर्गतको सिज... ...

नेपालखबर
प्रहरी महानिरीक्षक केसीद्वारा एकीकृत साइबर स्क्याम प्रतिकार्य केन्द्रको शुभारम्भ
Latest NewsJust now

प्रहरी महानिरीक्षक केसीद्वारा एकीकृत साइबर स्क्याम प्रतिकार्य केन्द्रको शुभारम्भ

काठमाडौं । प्रहरी महानिरीक्षक डा. मनोज कुमार केसीले एकीकृत साइबर स्क्याम प्रतिकार्य केन्द्र (IACSC) को शुभारम्भ गरेका छन् । पद सम्हालेपछिको पहिलो सार्वजनिक कार्यस्वरुप महानिरीक्षक केसीले शुक्रबार सामाखुसीस्थित साइबर ब्यूरोको कार्यालयमा आयोजित एक कार्यक्रममार्फत् उक्त सेवाको सुरुवात गरेका हुन् । सो अवसरमा आईजीपी केसीले साइबर, अनलाइन ठगी अहिलेको चुनौतीको रूपमा देखा परिरहेको अवस्थामा त्यसलाई उचित […] ...

लोकपथ
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play