Thursday, November 12, 2026||
MultiKhabarMultiKhabar

उद्योगमन्त्री साह र आन्ध्र प्रदेशका मुख्यमन्त्री नायडुबीच शिष्टाचार भेट

Share:WhatsAppFacebookX (Twitter)Telegram
उद्योगमन्त्री साह र आन्ध्र प्रदेशका मुख्यमन्त्री नायडुबीच शिष्टाचार भेट
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साह र भारतको आन्ध्र प्रदेशका मुख्यमन्त्री एन चन्द्रबाबु नायडुबीच आज भारतको विशाखापटनममा शिष्टाचार भेट भएको छ । विशाखापटनममा जारी सिआइआईको ३१औँ साझेदारी सम्मेलन, २०२६ मा सहभागी भएका मन्त्री साहले सम्मेलनलाई सम्बोधन गरेपछि मुख्यमन्त्री नायडुसँग भेट गरेका हुन् । भेटका क्रममा मन्त्री साहले नेपाल र आन्ध्र प्रदेशबीच द्विपक्षीय व्यापार अभिवृद्धि, लगानी प्रवर्द्धन तथा धार्मिक एवं आरोग्य पर्यटन विकासमा सहकार्य तथा आर्थिक साझेदारी विस्तार गर्नुपर्ने बताए । मन्त्री साहले नेपाल जलविद्युत्, पर्यटन, स्वच्छ ऊर्जा तथा प्रविधि विकासका क्षेत्रमा लगानीका लागि उपयुक्त गन्तव्य रहेको उल्लेख गरे । सो अवसरमा मुख्यमन्त्री नायडुले मन्त्री साहले उठाएका विषयमा आन्ध्र प्रदेश सरकार सकारात्मक रहेको उल्लेख गर्दै क्षेत्रीय सहकार्यका लागि इच्छुक रहेको बताए ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
दशगजामा दिनभर हात्तीको बथान, गाउँमा त्रास
Latest NewsJust now

दशगजामा दिनभर हात्तीको बथान, गाउँमा त्रास

झापा । मेचीनगर नगरपालिका–७ स्थित दशगजा क्षेत्रमा आज दिनभर १४ वटा जङ्गली हात्तीले आश्रय लिएपछि नेपालतर्फको गाउँमा त्रास फैलिएको छ । हात्तीले आश्रय लिएको दशगजा क्षेत्रको पूर्वतर्फको भारतीय भूभागमा सिसौ... ...

रातोपाटी
लुम्बिनीले कर्णालीलाई हराउँदा मैदानमा जे देखियाे, तस्बिरहरू
Latest NewsJust now

लुम्बिनीले कर्णालीलाई हराउँदा मैदानमा जे देखियाे, तस्बिरहरू

काठमाडाैँ। तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत लुम्बिनी लायन्सले कर्णाली याक्सलाई हराएकाे छ। कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बिहीबारकाे खेलमा कर्णालीलाई हराएसँगै लुम्बिनी शीर्ष स्थानमा उक्लिएकाे छ। ...

रातोपाटी
कर्णालीलाई हराउँदै लुम्बिनी प्ले अफमा
Latest NewsJust now

कर्णालीलाई हराउँदै लुम्बिनी प्ले अफमा

काठमाडौँ । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल)मा लुम्बिनी लायन्सले कर्णाली याक्सलाई हराउँदै प्ले अफ पुग्ने पहिलो टोली बनेको छ । बिहीबार भएको दोस्रो खेलमा लुम्बिनीले कर्णालीलाई ४ विकेटले हराउँदै प्ले... ...

रातोपाटी
लुम्बिनीले गुमायाे छैँटाैँ विकेट
Latest NewsJust now

लुम्बिनीले गुमायाे छैँटाैँ विकेट

काठमाडाैँ । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत कर्णाली याक्ससँगकाे खेलमा लुम्बिनी लायन्सले छैटाैँ विकेट गुमाएकाे छ । लुम्बिनीका समिम हुसेन ५ बलमा ५ रन बनाएर आउट भएका छन् ।लुम्बिनीले... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play