Monday, November 16, 2026||
MultiKhabarMultiKhabar

उदाउँदो सूर्यलाई अर्घ दिएसँगै छठ पर्व सम्पन्न

Share:WhatsAppFacebookX (Twitter)Telegram
उदाउँदो सूर्यलाई अर्घ दिएसँगै छठ पर्व सम्पन्न
Photo / Coverage: पर्दाफास

उदाउँदो सूर्यलाई अर्घ्य दिँदै छठ पर्व आज सम्पन्न भएको छ । गत शनिबार पञ्चमी तिथिका दिन मध्यरातपूर्वदेखि निराहार व्रत गरेका बर्तालुले आज सप्तमी तिथिका दिन बिहान उदाउँदा सूर्यलाई अर्घ्य दिँदै यसपालिको छठ पर्व सम्पन्न गरेका हुन् । महोत्तरीसहितका तराई मधेशमा सूर्योदय हुनासाथ बर्तालुले सूर्यदेवलाई अर्घ्य अर्पण गरेका हुन् । यसअघि बर्तालुले निराहार व्रतकै बीच आइतबार साँझ षष्ठी तिथिका दिन अस्ताउँदा सूर्यलाई पहिलो अर्घ्य दिएका थिए । अहिले सूर्य उपासनाको पर्व सम्पन्न भएसँगै बर्तालु छठी घाटबाट घर फर्केका छन् । यसअघि चौथीका दिन पवित्र स्नान गरी चोखोनीतो खाएर व्रत संकल्प गरेर ‘नहाय–खाय’ विधिबाट पर्व सुरु गरेका बर्तालुले पञ्चमी तिथिका दिन राति एक छाक मात्र अलिनो खाएर ‘खरना’ विधि सम्पन्न गरेका थिए । कात्तिक शुक्ल चौथीदेखि सप्तमीसम्म चार दिन यो पर्व विभिन्न विधि साथ मनाइन्छ । अस्ताउँदा सूर्यदेवलाई पहिलो अर्घ्य दिइने षष्ठी तिथिको साँझको विधिलाई मिथिलामा ‘सझियाघाट’ वा ‘सझुका अरख’ भनिन्छ । यसैगरी, सप्तमीका दिन बिहान उदाउँदा सूर्यलाई अर्घ्य दिएर पर्व सम्पन्न गरिने दिनलाई ‘भोरका अरख’ वा ‘पारन’ भन्ने गरिएको छ । पर्व सम्पन्न गरेर घर फर्केपछि बर्तालुले दीनदु:खी र आशामुखीहरुलाई अन्न, वस्त्र दान गरी प्रसाद ग्रहण गर्छन् । यससँगै पर्वका प्रसाद खाने ख्वाउने क्रम सुरु हुन्छ । यस पर्वमा ठकुवा, भुसुवासहितका मिष्टान्न परिकार तथा केरा र अन्य फलफूल एवं माटोका भाँडामा जमाइएको दही सूर्यदेवलाई चढाइएका बस्तु प्रसाद हुन्छन् । मिथिलामा छठको प्रसाद खाने ख्वाउने क्रम महिना दिनसम्म चलिरहन्छ । खासगरी छोरीचेली, फुपू, मित र अन्य इष्टमित्रकहाँ छठको प्रसादको ‘भार’ (सोली) नै पठाउने मैथिल चलन छ । छठ व्रतको प्रभावले सुखसन्तोष प्राप्त हुने र रोग व्याध नलाग्ने जनविश्वास छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
२४ घण्टामा ट्राफिक प्रहरीले गर्‍यो ४२६ जनालाई कारबाही
OthersJust now

२४ घण्टामा ट्राफिक प्रहरीले गर्‍यो ४२६ जनालाई कारबाही

ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टामा ४२६ वटा सवारीसाधनका चालकलाई कारबाही गरेको छ । सोमबार बिहानसम्म काठमाडौं उपत्यकाका विभिन्न स्थानमा ट्राफिक प्रहरीले सञ्चालन गरेको जाँचका क्रममा मादक पदार्थ (मापसे) सेवन गरी सवारी चलाउने ४१, सिसिटिभिमार्फत ४५, रातोबत्तीमा ५७ जना चालकलाई कारबाही गरिएको छ । यसैगरी, तीव्रगतिमा १०८, हर्न निषेधमा १२, अवस्था ठिक नभएको ८ जना र अन्यमा १५१ जना चालकलाई कारबाही गरिएको ट्राफिक ...

पर्दाफास
उदाउँदो सूर्यलाई अर्घ दिएर रवि लामिछाने दम्पतीले गरे छठ पर्वको समापन
OthersJust now

उदाउँदो सूर्यलाई अर्घ दिएर रवि लामिछाने दम्पतीले गरे छठ पर्वको समापन

जनकपुरधामस्थित गंगासागर घाटमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने दम्पतीले उदाउँदो सूर्यलाई अर्घ दिएर विधिपूर्वक छठ पर्व सम्पन्न गरेका छन् । छठको अन्तिम दिन बिहानै घाटमा पुगेर उनीहरूले उदाउँदो सूर्यलाई अर्घ अर्पण गरेका हुन् । उदाउँदो सूर्यलाई अर्घ दिएसँगै चार दिनसम्म विधिपूर्वक मनाइने छठ पर्व सम्पन्न भएको छ । ...

पर्दाफास
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play