Wednesday, November 4, 2026||
MultiKhabarMultiKhabar

उदयपुर कारागारमा क्षमताभन्दा चार गुणा बढी कैदीबन्दी

Share:WhatsAppFacebookX (Twitter)Telegram
उदयपुर कारागारमा क्षमताभन्दा चार गुणा बढी कैदीबन्दी
Photo / Coverage: केन्द्रबिन्दु

उदयपुर । उदयपुर कारागारमा क्षमताभन्दा झन्डै चार गुणा बढी कैदीबन्दी राखिँदा उनीहरूको दैनिक जीवन कष्टकर बनेको छ । साठ्ठी जनाको क्षमता रहेको चार दशक पुरानो जीर्ण भवनमा हाल २३२ कैदीबन्दी कोचिएर बस्न बाध्य छन् । कारागार प्रशासक बैकुण्ठराज रेग्मीका अनुसार कारागारमा २१८ पुरुष र १४ महिला कैदीबन्दी छन् । क्षमताभन्दा अत्यधिक सङ्ख्यामा कैदीबन्दी राख्नुपर्दा खाने, बस्ने, सुत्ने र शौचालय प्रयोग गर्नसमेत समस्या भइरहेको उनले बताए । साँघुरो ठाउँ, जीर्ण संरचना र वर्षायाममा छानाबाट पानी चुहिने समस्याले कैदीबन्दीको स्वास्थ्यमा समेत असर परेको भन्दै गर्मी र जाडोका समयमा बिरामी पर्ने समस्या बढ्ने गरेको रेग्मीले बताए । पूर्वाधार अभावका कारण वृद्ध तथा दीर्घरोगी कैदीबन्दीको स्वास्थ्य सुरक्षा चुनौतीपूर्ण बनेपछि हालै सात जनालाई काठमाडौँस्थित कारागारमा स्थानान्तरण गरिएको उनले जानकारी दिए । नयाँ भवन निर्माणका लागि दशकअघि नै विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गरी योजना स्वीकृत गरिएको थियो । आर्थिक वर्ष २०७१/७२ मा निर्माण योजना स्वीकृत भए पनि भूकम्प र कोभिड महामारीका कारण बजेट उपलब्ध हुन नसकेको प्रशासनको भनाइ छ । लामो प्रयासपछि चालु आर्थिक वर्षमा सरकारले नयाँ भवन निर्माणका लागि स्रोत सुनिश्चित गरेको छ । सहरी विकास तथा भवन निर्माण आयोजना कार्यालय सप्तरीमार्फत निर्माण गर्ने तयारी भए पनि ठेक्का प्रक्रिया अघि बढ्न सकेको छैन । हालको भवनका गारो भत्किएका छन् भने पर्खालसमेत कमजोर अवस्थामा छन् । पुरानो प्रविधिबाट काठका बटम र पटाहा प्रयोग गरी ढलान गरिएको भवन जुनसुकै बेला भत्किन सक्ने जोखिम रहेको प्रशासनले जनाएको छ । यस्तो अवस्थामा कैदीबन्दीको जीवन सुरक्षाका लागि नयाँ भवन निर्माण तत्काल अघि बढाउनुपर्ने आवश्यकता देखिएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
भारतीय विदेश सचिव मिस्रीले समकक्षी राईसँग बिहीबार भेट्ने
Latest NewsJust now

भारतीय विदेश सचिव मिस्रीले समकक्षी राईसँग बिहीबार भेट्ने

काठमाण्डु- दुईदिने औपचारिक भ्रमणका लागि बुधबार बिहान नेपाल आएका भारतीय विदेश सचिव विक्रम मिस्रीले बिहीबार आफ्ना नेपाली समकक्षी परराष्ट्र सचिव अमृतबहादुर राईसँग भेटवार्ता गर्ने भएका छन्। नेपाल भ्रमणमा रहेका मिस्रीले बुधबार परराष्ट्रमन्त्री शिशिर खनालसँग शिष्टाचार भेटवार्ता गरेका छन्। परराष्ट्र मन्त्रालयमा भएको भेटमा नेपाल–भारत सम्बन्धका बहुआयामिक पक्षबारे छलफल भएको थियो। मन्त्रालयका अनुसार भेटमा दुई देशबीचको बहुआयामिक […] ...

काठमाण्डुपाटी
ट्रम्पले इरान युद्धलाई दिए चुनावी हारको दोष
Latest NewsJust now

ट्रम्पले इरान युद्धलाई दिए चुनावी हारको दोष

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यावधि निर्वाचनमा रिपब्लिकन पार्टीको पराजयमा इरान युद्धले भूमिका खेलेको स्वीकार गर्दै विपक्षी डेमोक्रेटलाई बधाई दिएका छन् । तर उनले हारको व्यक्तिगत जिम्मेवारी लिन अस्वीकार गर्दै पार्टीका उम्मेदवारहरूको कमजोरीलाई दोष दिएका छन् । फक्स न्युजसँगको अन्तर्वार्तामा ८० वर्षीय ट्रम्पले डेमोक्रेटहरूले राम्रो प्रदर्शन गरेको बताउँदै आफूले यसलाई व्यक्तिगत हारका रूपमा नलिएको उल्लेख गरे । उनले डेमोक्रेटहरूसँग विभिन्न ...

केन्द्रबिन्दु
भारतीय विदेश सचिव मिस्री र परराष्ट्रमन्त्री खानालबीच भेटवार्ता
Latest NewsJust now

भारतीय विदेश सचिव मिस्री र परराष्ट्रमन्त्री खानालबीच भेटवार्ता

नेपाल भ्रमणमा रहेका भारतीय विदेश सचिव विक्रम मिस्री र परराष्ट्रमन्त्री शिशिर खनालबीच भेटवार्ता भएको छ। ...

हाम्राकुरा
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play