नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ का खेल अनधिकृत रूपमा सार्वजनिक प्रदर्शन गर्न उच्च अदालत पाटनले रोक लगाएको छ। अदालतले अन्तरिम आदेश जारी गर्दै एग्रो थाई फुड्स प्रालिलगायत कसैलाई पनि एनपीएलका खेल सार्वजनिक रूपमा देखाउन नदिन भनेको हो। नेट टीभी प्रालिले नेपाल क्रिकेट संघ (क्यान) र एग्रो थाई फुड्स प्रालिलगायतलाई विपक्षी बनाएर निषेधाज्ञाको माग गर्दै दिएको निवेदनमाथि न्यायाधीश शिवबहादुर रानाभाटको एकल इजलासले यो आदेश दिएको हो। अदालतको आदेशअनुसार, नेट टीभी र क्यानबीच १७ सेप्टेम्बर २०२६ मा एनपीएल २०२६ को ओटीटी प्रसारण अधिकारसम्बन्धी सम्झौता भएको थियो। सोही सम्झौताअनुसार एनपीएलका सबै खेल आफ्नो प्लेटफर्मबाट प्रसारण गर्ने एकाधिकार नेट टीभीले पाएको थियो। तर एग्रो थाई फुड्स प्रालिले विभिन्न माध्यमबाट खेल अनधिकृत रूपमा प्रसारण गरेको भन्दै नेट टीभी अदालत पुगेको थियो। निवेदक र क्यानबीचको सम्झौताका सर्त हेर्दा खेल प्रसारण गर्ने अधिकार नेट टीभीसँग मात्रै रहेको देखिएको अदालतले आदेशमा उल्लेख गरेको छ। निवेदकको हकहितमा पर्न सक्ने असर र सुविधा सन्तुलनलाई पनि ध्यानमा राख्दै अदालतले एग्रो थाई फुड्सलगायत अरू कसैले पनि खेल सार्वजनिक रूपमा प्रदर्शन नगर्न र नगराउन अन्तरिम आदेश दिएको हो। साथै, निवेदनमा मागिएझैँ आदेश किन जारी गर्नुपर्ने वा नपर्ने भन्नेबारे आधार, कारण र प्रमाणसहित बाटाको म्याद कटाएर १५ दिनभित्र उच्च सरकारी वकिल कार्यालय पाटनमार्फत लिखित जवाफ पेस गर्न अदालतले विपक्षीहरूलाई आदेश दिएको छ। The post उच्च अदालत पाटनले दियो एनपीएलका खेल सार्वजनिक प्रदर्शन गर्न रोक्ने अन्तरिम आदेश appeared first on Technology Khabar.
उच्च अदालत पाटनले दियो एनपीएलका खेल सार्वजनिक प्रदर्शन गर्न रोक्ने अन्तरिम आदेश

Read Complete Original Article
Published originally on टेक्नोलोजी खबर






