Tuesday, November 24, 2026||
MultiKhabarMultiKhabar

उग्रतारामा आज भव्य मेला लाग्दै

Share:WhatsAppFacebookX (Twitter)Telegram
उग्रतारामा आज भव्य मेला लाग्दै
Photo / Coverage: नेपालन्युज

डडेल्धुरा। सुदूरपश्चिमको प्रसिद्ध शक्तिपीठ उग्रतारा भगवती मन्दिरमा आज ‘दिउसेडी’ मेला लाग्दैछ। उग्रतारा क्षेत्र विकास समितिका अनुसार आज मेला लाग्दैछ। स्थानीय भाषामा ‘देहिजाँत’ भनिने यो मेला हरेक वर्ष कात्तिक शुक्ल पूर्णिमाको राति र भोलिपल्ट लाग्ने गर्छ। राति लाग्ने मेलालाई ‘रतेडी’ र दिनमा लाग्ने मेलालाई ‘दिउसेडी’ भनिन्छ। अमरगढी नगरपालिका–८ स्थित उग्रतारा भगवती मन्दिरमा खनमडा, छचोडा, दुमडा र जिलोडा गाउँका बासिन्दाले परम्परागत रूपमा पूजा गरेपछि मेला सुरु हुने उग्रतारा क्षेत्र विकास समितिका अध्यक्ष तेजबहादुर साँकीले जानकारी दिए। मेलामा सुदूरपश्चिम र कर्णाली प्रदेशका साथै छिमेकी भारतबाट समेत भक्तजन आउने गरेका छन्। डडेल्धुरा सदरमुकामबाट करिब चार किलोमिटर टाढा सुन्दर डाँडामा अवस्थित मन्दिरमा हजारौँ भक्तजन दर्शन तथा पूजाआराधना गर्न पुग्छन्। किंवदन्तीअनुसार परापूर्वकालमा स्थानीय साकी जातिका किसानले हलो जोत्ने क्रममा शिलामा चोट लाग्दा रगत बगेको थियो। किसानले त्यस ठाउँमा खान ल्याएको खिचडीले रगत रोकिएपछि देवी प्रकट भएको विश्वास गरिन्छ। सोही घटनापछि मन्दिर स्थापना गरी कात्तिक शुक्ल पूर्णिमामा पूजा तथा मेला लगाउने परम्परा सुरु भएको जनविश्वास छ। स्थानीय उत्पादनको बिक्री तथा प्रवर्द्धनका लागि पनि मेला प्रसिद्ध छ। मेलाका अवसरमा अमरगढी नगरपालिकाले आज सार्वजनिक बिदा दिएको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
नेपालको विपद्‌पछिको पुनर्निर्माणमा चीनले सक्रिय सहयोग गर्नेछ : प्रवक्ता जियाकुन
Latest NewsJust now

नेपालको विपद्‌पछिको पुनर्निर्माणमा चीनले सक्रिय सहयोग गर्नेछ : प्रवक्ता जियाकुन

बेइजिङ । नेपालको विपद्‌पछिको पुनर्निर्माण कार्यमा चीनले सक्रिय सहयोग गर्ने भएको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता गुओ जियाकुनले सोमबार विपद् प्रभावित क्षेत्रका बासिन्दालाई घर पुनर्निर्माण गर्न र जतिसक्दो चाँडो... ...

रातोपाटी
के एआईले बेलैमा स्तन क्यान्सर पहिचान गर्ला, विश्वकै ठूलो परीक्षण हुँदै
Latest NewsJust now

के एआईले बेलैमा स्तन क्यान्सर पहिचान गर्ला, विश्वकै ठूलो परीक्षण हुँदै

BBC आर्टिफिशल इन्टेलिजन्स एआईले स्तन क्यान्सर पहिचानमा कसरी सहयोग गर्न सक्छ भन्ने परीक्षणका लागि यूकेमा झन्डै ७,००,००० महिलालाई सहभागी हुन आह्वान गरिएको छ।यो परीक्षणका क्रममा स्तनको एक्स-रे अर्थात् 'म्यामोग्राम'को जाँचका लागि ...

बीबीसी नेपाली
उत्पादनमुखी नीति अपरिहार्य
Latest NewsJust now

उत्पादनमुखी नीति अपरिहार्य

चालु आर्थिक वर्ष २०८३/८४ को असोज मसान्तसम्म औसत मूल्यवृद्धि ४.५५ प्रतिशत विन्दुले बढेको छ । नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको असोजसम्मको आर्थिक तथा वित्तीय स्थिति अनुसार यो वर्... ...

गोरखापत्र
आज कुन तरकारी तथा फलफूलको मूल्य कति ?
Latest NewsJust now

आज कुन तरकारी तथा फलफूलको मूल्य कति ?

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजकाे मूल्यसूची सार्वजनिक गरेकाे छ । आज सुकेको भारतीय प्याज प्रतिकेजी न्यूनतम ९२ रुपैयाँदेखि अधिकतम ९६ रुपैयाँसम्म तोकिएको छ । त्यस्तै,... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement