Monday, November 23, 2026||
MultiKhabarMultiKhabar

ईपीजी प्रतिवेदन अब सान्दर्भिक छैन : भारतीय विदेश सचिव मिस्री

Share:WhatsAppFacebookX (Twitter)Telegram
ईपीजी प्रतिवेदन अब सान्दर्भिक छैन : भारतीय विदेश सचिव मिस्री
Photo / Coverage: नेपालन्युज

काठमाडौं । भारतीय विदेश सचिव विक्रम मिस्रीले नेपाल–भारत प्रबुद्ध व्यक्ति समूह (ईपीजी)ले तयार पारेको प्रतिवेदन अहिले सान्दर्भिक नरहेको बताएका छन्। नेपालका प्रधानमन्त्री वालेन्द्र शाहको दुईदिने भारत भ्रमण सम्पन्न भएपछि सोमबार नयाँ दिल्लीमा आयोजित पत्रकार सम्मेलनमा उनले ईपीजी प्रतिवेदन विगतको विषय भइसकेको टिप्पणी गरेका हुन्। प्रतिवेदनबारे सञ्चारकर्मीले सोधेको प्रश्नको जवाफ दिँदै मिस्रीले भारत र नेपाल अब विगतका विषयमा अल्झिनुभन्दा भविष्य केन्द्रित भएर अघि बढ्नुपर्ने बताए। ‘त्यो विगतको विषय हो। हामी भविष्यकेन्द्रित दृष्टिकोण अपनाइरहेका छौँ। पछाडि फर्केर हेर्ने पक्षमा छैनौँ। त्यसैले अहिलेको सन्दर्भमा त्यो प्रतिवेदन सान्दर्भिक छैन,’ उनले भने। नेपाल–भारत सीमा व्यवस्थापनका विषयमा भने दुवै देशका प्रधानमन्त्रीले परराष्ट्र सचिवहरूलाई आवश्यक काम अघि बढाउन निर्देशन दिएको मिस्रीले जानकारी दिए। उनका अनुसार सीमा व्यवस्थापनका लागि दुवै देशबीच विभिन्न तहका संयन्त्र क्रियाशील छन्। तल्लो तहमा रहेका प्राविधिक टोलीले वरिष्ठ अधिकारीहरूको समितिमा प्रतिवेदन पेस गर्ने व्यवस्था रहेको र सीमा कार्यदलले समेत काम गरिरहेको उनले बताए। मिस्रीले पछिल्ला वर्षहरूमा नेपाल–भारत सीमा व्यवस्थापनको प्राविधिक क्षेत्रमा उल्लेखनीय प्रगति भएको दाबी गरे। सहमति भइसकेको सीमाको ठूलो हिस्सामा सीमा स्तम्भको मर्मतसम्भार तथा अतिक्रमणसम्बन्धी प्रतिवेदनको अनुसन्धानलगायतका काम भइरहेको उनको भनाइ छ। यी विषय नेपाल र भारतका प्रधानमन्त्रीले स्वीकृत गरेको संयुक्त दृष्टिकोणपत्रमा समेत समेटिएको उनले बताए। सीमा व्यवस्थापनसम्बन्धी विद्यमान संयन्त्रको बैठक निकट भविष्यमै बस्ने अपेक्षा पनि उनले व्यक्त गरे। हैदरावाद हाउसमा प्रधानमन्त्री शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भएको छलफल तथा संयुक्त दृष्टिकोणपत्रको भावनाअनुसार दुवै देशले आगामी दिनमा सहकार्यलाई अघि बढाउने मिस्रीले बताए। यसैबीच, गोर्खा भर्तीसम्बन्धी विषय भने प्रधानमन्त्री शाहको भारत भ्रमणका क्रममा छलफल नभएको पनि भारतीय विदेश सचिव मिस्रीले स्पष्ट पारेका छन्।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
देउवा पक्षको लुम्बिनी प्रदेश सभापतिमा रोज राणा सर्वसम्मत
Latest NewsJust now

देउवा पक्षको लुम्बिनी प्रदेश सभापतिमा रोज राणा सर्वसम्मत

बुटवल । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षको लुम्बिनी प्रदेश सभापतिमा नेता सरोज थापा (रोज राणा) सर्वसम्मत निर्वाचित भएका छन् । लुम्बिनी प्रदेश सरकारका पूर्वमन्त्रीसमेत रहेका राणा सोमबार राति देउखुरीको भालुवाङमा... ...

रातोपाटी
प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमण : विवादित मुद्दा थाती, विकास आयोजना र आर्थिक सहायतामा प्रगति
Latest NewsJust now

प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमण : विवादित मुद्दा थाती, विकास आयोजना र आर्थिक सहायतामा प्रगति

प्रधानमन्त्री वालेन्द्र शाहको भ्रमणमा सीमा विवाद, सन् १९५० को सन्धि, ईपीजी प्रतिवेदन, सार्कलगायत राजनीतिक विषयले प्राथमिकता पाएनन् । उड्‌डयन, ऊर्जा, पूर्वाधार, पेट्रोलियम पदार्थको आयात, यातायातसँग सम्बन्धित विकास परियोजनामा हस्तान्तरणदेखि शिलान्याससम्म भएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भोटेकोशी विपद्‌पछिको पुनर्निर्माण र दीर्घकालीन विकासका लागि २ खर्ब ४० अर्ब रुपैयाँ बराबरको आर्थिक सहयोग घोषणासमेत गरेका छन् । ...

कान्तिपुर
कसरी आउँछ भारतले दिने २ खर्ब ४० अर्ब सहयोग ?
Latest NewsJust now

कसरी आउँछ भारतले दिने २ खर्ब ४० अर्ब सहयोग ?

भारतले भूकम्पपछि घोषणा गरेको एक अर्ब डलरमध्ये सहुलियतपूर्ण कर्जाअन्तर्गतको ठूलो हिस्सा उपयोग हुन सकेन । एक्जिम बैंकको सर्तले मुख्यतः शिक्षण तथा स्वास्थ्य संस्थाको पुनर्निर्माण रोकियो । ...

कान्तिपुर
दशौँ राष्ट्रिय खेलकुद सफल बनाउन मुख्यमन्त्री शाहीको आह्वान
Latest NewsJust now

दशौँ राष्ट्रिय खेलकुद सफल बनाउन मुख्यमन्त्री शाहीको आह्वान

कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री मङ्गलबहादुर शाहीले यही मङ्सिर १६ देखि २७ गतेसम्म सञ्चालन हुने दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता सफल बनाउन आह्वान गरेका छन् । सुर्खेतको वीरेन्द्रनगरमा आज आयोजित ‘कर्णाली प्रदेश... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement