काठमाडौं । ईनम सापकोटासहित तीन जनालाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ। बिहीबार काठमाडौं जिल्ला अदालतले सापकोटासहित महेश श्रेष्ठ र सुशील भट्टलाई थप पाँच दिन हिरासतमा राख्न प्रहरीलाई अनुमति दिएको हो। ईनमसँगको सम्बन्ध खुलेपछि महेश श्रेष्ठ र सुशील भट्ट पक्राउ परेका थिए। श्रेष्ठ कीर्तिपुरस्थित पुष्पसदन बोर्डिङ सेकेन्डरी स्कुलका प्रिन्सिपल हुन् भने भट्ट लगानी बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत (सीईओ) हुन्। प्रहरीले ईनमविरुद्ध राष्ट्र बैंक ऐन, २०५८ र सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन, २०६४ अन्तर्गत अनुसन्धान गरिरहेको छ। श्रेष्ठ र भट्टमाथि भने सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँग ‘कनेक्सन’ देखिएपछि सबैभन्दा पहिले ईनम पक्राउ परेकी थिइन्। त्यसपछि उनीसँगको सम्बन्धका आधारमा श्रेष्ठ र भट्टलाई पनि प्रहरीले नियन्त्रणमा लिएको हो।
ईनम सापकोटा, महेश श्रेष्ठ र सुशील भट्टलाई थप ५ दिन हिरासतमा राख्न अनुमति

Read Complete Original Article
Published originally on केन्द्रबिन्दु






