Sunday, November 22, 2026||
MultiKhabarMultiKhabar

इरान युद्धका कारण अमेरिकामा सरकारी कामकाज ठप्प हुने खतरा

Share:WhatsAppFacebookX (Twitter)Telegram
इरान युद्धका कारण अमेरिकामा सरकारी कामकाज ठप्प हुने खतरा
Photo / Coverage: बीबीसी नेपाली

इरान युद्ध र पेन्टागनका लागि थप ३५० अर्ब डलरको अतिरिक्त बजेट राष्ट्रपति डोनल्ड ट्रम्पले माग गरेपछि अमेरिकी संसद्‌मा मतभेद बढेको छ।बीबीसी पर्सियनका अनुसार यसले अमेरिकी सङ्घीय सरकारको कामकाज क्रिसमसअघि नै रोकिने जोखिम बढाएको छ।रोयटर्सको रिपोर्ट अनुसार दुवै प्रमुख पार्टीका सांसदहरूले यी मतभेदहरूले सरकारको बजेटमा सहमति पुग्न गाह्रो बनाउन सक्ने चेतावनी दिएका छन्।अमेरिकी सरकारको विद्यमान बजेट डिसेम्बर ११ सम्मका लागि छ। यो सन्दर्भमा सांसदहरूलाई सङ्घीय सरकार सञ्चालनका लागि थप वित्तीय सहयोगमा सहमति जनाउन करिब तीन साता समय छ।अमेरिकी सिनेटमा मतभेदहरू विशेषगरी गम्भीर छन्। यहाँ दुवै पार्टीले सहमति गरेको बजेट प्याकेज कम्तीमा १०० मध्ये ६० मत स्वीकृत गर्न आवश्यक छ।दुवै पार्टीका सांसदहरूबीच मतभेदहरू त्यतिबेला कायम छन् जब अमेरिकी संसद्को कामकाज एक साताको थ्याङ्क्सगिभिङ ब्रेकका लागि रोक्ने तयारी भइरहेको छ।रोयटर्स समाचारका अनुसार भर्मन्टका डेमोक्र्याटिक सिनेटर पिटर वेल्चले हालसालै भने, "सबैभन्दा ठूलो चुनौती भनेको हामी युद्धलाई आर्थिक रूपमा पोषण गर्न चाहँदैनौँ र सरकारको कार्यसम्पादन गर्न रोक्न चाहँदैनौँ। यस्तो अवस्थामा हामी समाधान कसरी फेला पार्न सक्छौँ?"उनले भने, "यो जटिल समस्या हो जुन समाधान गर्न गाह्रो छ।" ट्रम्पको नयाँ 'आर्थिक कारबाही'ले इरानलाई कति कमजोर पार्न सक्छइरानसँगको वार्ता सकारात्मक दिशामा, नोभेम्बर ३ अघि आक्रमण हुँदैन: ट्रम्प मध्यपूर्वमा तनाव फेरि बढ्दैछ। इरानले बाहरेनमा अमेरिकी आधारहरूमा आक्रमणको दाबी गरेको छ।यसैबीच अमेरिकी राष्ट्रपति ट्रम्पले उनी केवल इरानसँग 'दिगो र दीर्घकालीन' सम्झौता चाहने बताएका छन्।फोक्स न्यूजसँगको फोन अन्तर्वार्तामा उनले भने, "म कहिल्यै सत्ता परिवर्तनमा धेरै रुचि राख्दिनँ। केही मानिसहरू सत्ता परिवर्तनको कुरा गर्छन् तर तपाईँले त्यसको अर्थ पनि स्पष्ट गर्नुपर्छ।""मैले अहिलेसम्म दुईवटा सरकारको अन्त्य गरे। समूह १ र समूह दुई। हामी अब समूह तीनसँग व्यवहार गर्दैछौँ। त्यसैले यसलाई अन्तिम सत्ता परिवर्तन पनि भन्न सकिन्छ।"उनले तेस्रो समूहको दृष्टिकोण धेरै फरक नभएको पनि बताए।"सायद बुद्धिमान छन् तर उनीहरूसँग काम गर्न धेरै कठिन छ। मेरो मतलब हामी सम्झौता गर्छौँ र अर्को दिन उनीहरूले त्यो तोड्छन्," उनले भने।उनले इरानसँग लामो समय टिक्ने सम्झौता गर्न चाहेको पनि बताए।"त्यसैले पन्ध्र वा २० वर्षपछि अयोग्य राष्ट्रपति सत्तामा आए पनि इरानले परमाणु हतियार प्राप्त गर्न सक्दैन।" होर्मुज जलमार्ग पुनः खुलाउने विषयमा इरानले अमेरिकाको आधिकारिक धारणा कुर्नेइरान युद्ध अन्त्य होस् भन्ने चीनको चाहना, तर ट्रम्पले रोजे जसरी होइन बीबीसी न्यूज नेपाली यूट्यूबमा पनि छ। हाम्रो च्यानल सब्स्क्राइब गर्न तथा प्रकाशित भिडिओहरू हेर्न यहाँ क्लिक गर्नुहोस्। तपाईँ फेसबुक, इन्स्टाग्राम र ट्विटरमा पनि हाम्रा सामग्री हेर्न सक्नुहुन्छ। अनि बीबीसी नेपाली सेवाको कार्यक्रम बेलुकी पौने नौ बजे रेडिओमा सोमवारदेखि शुक्रवारसम्म सुन्न सक्नुहुन्छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on बीबीसी नेपाली

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
प्रशासनिक सेवा लिन घुइँबारीका बासिन्दालाई रातभरको यात्रा
Latest NewsJust now

प्रशासनिक सेवा लिन घुइँबारीका बासिन्दालाई रातभरको यात्रा

भौगोलिक रूपमा जिल्ला सदरमुकामबाट टाढा रहेको घुइँबारीबाट प्रशासन कार्यालय पुग्न उनलाई सल्यानकै बाटो सहज छैन। बाँके र बर्दिया राष्ट्रिय निकुञ्ज हुँदै सुर्खेतको बाटो पार गरेर सदरमुकाम पुग्नुपर्ने बाध्यता छ। ...

कान्तिपुर
नेपालविरुद्ध यूएईको सुरुवात कमजोर, पाँच ओभरमै गुमायो दुई विकेट
Latest NewsJust now

नेपालविरुद्ध यूएईको सुरुवात कमजोर, पाँच ओभरमै गुमायो दुई विकेट

काठमाडौं । कतारमा जारी राइजिङ स्टार्स एसिया कपअन्तर्गत नेपालविरुद्धको खेलमा संयुक्त अरब इमिरेट्स (यूएई) ले सुरुवाती पाँच ओभरमा दुई विकेट गुमाएर २५ रन बनाएको छ। दोहामा जारी खेलमा नेपालले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको थियो। नेपालका लागि राशिद खानले दुई दशमलव दुई ओभर बलिङ गर्दै चार रन खर्चेर एक विकेट लिएका छन्। नन्दन यादवले तीन ओभरमा २१ रन खर्चिएका ...

केन्द्रबिन्दु
मधेशका मुख्यमन्त्री भन्छन्- ‘सर्वदलीय सरकार बनाउँछु’
Latest NewsJust now

मधेशका मुख्यमन्त्री भन्छन्- ‘सर्वदलीय सरकार बनाउँछु’

मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री सरोजकुमार यादवले प्रदेशसभामा प्रतिनिधित्व गर्ने सबै दललाई सहभागी गराई सर्वदलीय सरकार बनाउने दाबी गरेका छन् । ...

कान्तिपुर
प्रधानमन्त्रीको स्वागतमा सजियो दिल्ली (फोटो फिचर)
Latest NewsJust now

प्रधानमन्त्रीको स्वागतमा सजियो दिल्ली (फोटो फिचर)

प्रधानमन्त्री बालेन शाहको स्वागतमा भारतको राजधानी नयाँदिल्ली सजाइएको छ। दिल्लीका विभिन्न स्थानमा नेपाल र भारतका राष्ट्रिय झण्डासहित दुवै देशका प्रधामन्त्रीहरूको तस्बिर समेत राखिएको छ । The post प्रधानमन्त्रीको स्वागतमा सजियो दिल्ली (फोटो फिचर) appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal. ...

कर्पोरट खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play