Saturday, November 7, 2026||
MultiKhabarMultiKhabar

इरानद्वारा केश्म टापुमाथि दुई अमेरिकी ड्रोन खसालेको दाबी

Share:WhatsAppFacebookX (Twitter)Telegram
इरानद्वारा केश्म टापुमाथि दुई अमेरिकी ड्रोन खसालेको दाबी
Photo / Coverage: केन्द्रबिन्दु

तेहरान । इरानको हवाई प्रतिरक्षा बलले ‘स्ट्रेट अफ होर्मुज’मा अवस्थित केश्म टापुमाथि दुईवटा अमेरिकी एमक्यू–९ ड्रोन खसालेको दाबी गरेको छ । इरानी सरकारी सञ्चारमाध्यम प्रेस टीभीले शनिबार यस्तो जानकारी दिएको हो । इरानी सरकारी समाचार संस्था इर्नाका अनुसार, स्थानीय प्रत्यक्षदर्शीले केश्म टापुको सुजा क्षेत्रमा दुईवटा वस्तु खसेको बताएका थिए । यसैबीच, अल जजिराले अमेरिकी सेन्ट्रल कमान्ड (सेन्टकम) का एक अधिकारीलाई उद्धृत गर्दै शनिबार सामाजिक सञ्जाल एक्समा उक्त कमान्डले केश्म टापुसम्बन्धी समाचारबारे जानकारी पाएको जनाएको छ । ती अधिकारीले त्यहाँको अवस्था तुलनात्मक रूपमा शान्त रहेको बताउँदै यस विषयमा थप टिप्पणी गर्न अस्वीकार गरेको अल जजिराले जनाएको छ । यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शुक्रबार अमेरिकी सेनाले इरानको हवाई प्रतिरक्षा प्रणालीलाई लक्षित गरी नयाँ आक्रमण गरेको बताएका थिए । उनले उक्त सैन्य कारबाहीलाई ‘सामान्य’ प्रकृतिको भन्दै त्यस क्रममा इरानको एउटा सानो हवाई प्रतिरक्षा उपकरण नष्ट गरिएको दाबी गरेका थिए । फ्लोरिडाको वेस्ट पाम बिचमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले उक्त उपकरण करिब १५ मिनेट, सम्भवतः पाँच मिनेटमै नष्ट गरिएको बताएका थिए । यसैबीच, अमेरिकी सेन्ट्रल कमान्डले शुक्रबार राति सामाजिक सञ्जाल एक्समार्फत इरानको आणविक कार्यक्रमबारे सूचना दिनेलाई दुई करोड अमेरिकी डलरसम्म पुरस्कार दिने घोषणा गरेको छ । आणविक कार्यक्रमसँग सम्बन्धित संरचना, उपकरण, वैज्ञानिक तथा अन्य कर्मचारी र तिनका गतिविधिबारे जानकारी दिनेलाई पुरस्कारका साथै अन्यत्र स्थानान्तरणको अवसरसमेत उपलब्ध गराइने कमान्डले जनाएको छ । इरानले भने युरेनियम संवर्धन आफ्नो आणविक उद्योगको अभिन्न अङ्ग भएको बताउँदै आएको छ । आफ्नो आणविक कार्यक्रम अन्तरराष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आईएईए) सँगको सुरक्षा सम्झौता तथा आणविक हतियार अप्रसार सन्धिको पूर्ण पालना गर्दै अघि बढिरहेको इरानको दाबी छ । -सिन्ह्वा

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
त्रिभुवन विश्वविद्यालयमा विकेन्द्रीकरणको अवधारणा कार्यान्वयन हुँदै
Latest NewsJust now

त्रिभुवन विश्वविद्यालयमा विकेन्द्रीकरणको अवधारणा कार्यान्वयन हुँदै

काठमाण्डु – त्रिभुवन विश्वविद्यालयले विकेन्द्रीकरणको अवधारणाअनुसार तल्ला निकायलाई अधिकार प्रत्यायोजन गर्ने कार्य प्रारम्भ गरेको छ । विश्वविद्यालयका उपकुलपति प्रा.डा. भोला थापाका अनुसार विश्वविद्यालय अन्तर्गतका सबै निकायलाई पत्राचार गरी विकेन्द्रीकरणको नीतिगत निर्णय कार्यान्वयनको प्रक्रिया अघि बढाइएको छ । उपकुलपति थापाले दीक्षान्त समारोह ७ वटै प्रदेशमा फरक ढंगले आयोजना गर्ने तयारी गरिएको र परीक्षा प्रणाली तथा नतिजा […] ...

काठमाण्डुपाटी
खाद्य कम्पनीको तिहारलक्षित रैथाने मेला [तस्बिरहरू]
Latest NewsJust now

खाद्य कम्पनीको तिहारलक्षित रैथाने मेला [तस्बिरहरू]

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले तिहार लक्षित तीनदिने ‘तिहार विशेष रैथाने मेला २०८३’ आजदेखि सुरु गरेको छ । काठमाडौं थापाथलीस्थित कम्पनीको बागमती प्रादेशिक कार्यालय परिसरमा मेला सञ्चालन भइरहेको छ । ...

कान्तिपुर
खाद्य व्यवस्था कम्पनीको आयोजनामा तिहार विशेष रैथाने मेला सुरु (फोटोफिचर)
Latest NewsJust now

खाद्य व्यवस्था कम्पनीको आयोजनामा तिहार विशेष रैथाने मेला सुरु (फोटोफिचर)

काठमाडौँ, कात्तिक २१ गते । तिहारलाई लक्षित गर्दै खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको आयोजनामा तिहार विशेष रैथाने मेला सुरु भएको छ । कम्पनीको बागमती प्रादेशिक कार्यालयमा सुर... ...

गोरखापत्र
यसपाली तिहारमा कस्तो छ झिलिमिली बत्तीको व्यापार ?
Latest NewsJust now

यसपाली तिहारमा कस्तो छ झिलिमिली बत्तीको व्यापार ?

काठमाडौं । तिहार अर्थात् उज्यालो र झिलिमिलीको पर्व । घरदेखि सडकसम्म झिलिमिली बत्तीले सजाउने तयारी भइरहँदा बजारमा चहलपहल पनि बढेको छ । यद्यपी यस वर्ष गत वर्षको तुलनामा व्यापार अपेक्षाअनुसार उत्साहजनक हुन नसकेको व्यवसायीहरूले बताएका छन् । उनीहरूका अनुसार यस वर्ष बाढीपहिरोका कारण आयातमा देखिएको अवरोध, सामानको सीमित उपलब्धता तथा उपभोक्ताको घट्दो क्रयशक्तिले झिलिमिली बत्तीको व्यापार प्रभावित भएको हो । विशेषगरी ...

केन्द्रबिन्दु
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play