नेपाल बार एसोसिएसनले इनम सापकोटाको ह्वाट्सएप सन्देश प्रकरणमा नाम जोडिएका न्यायाधीशहरूका सम्बन्धमा तथ्य संकलन तथा अध्ययन गर्न ६ सदस्यीय समिति गठन गरेको छ। बारले आफ्ना पूर्वअध्यक्ष एवं वरिष्ठ अधिवक्ता चण्डेश्वर श्रेष्ठको संयोजकत्वमा समिति गठन गरी प्रकरणसँग सम्बन्धित तथ्य संकलन र प्रतिवेदन तयार गर्ने जिम्मेवारी दिएको हो। समितिमा वरिष्ठ अधिवक्ताहरू पूर्णमान शाक्य, उषा मल्ल पाठक, सुरेन्द्रकुमार महतो र चन्द्रप्रसाद काफ्ले तथा अधिवक्ता बाबुराम अर्याल सदस्य रहेका छन्। अर्याललाई समितिको सदस्यसचिवको जिम्मेवारीसमेत दिइएको छ। बारले समितिलाई अध्ययन सम्पन्न गरी प्रतिवेदन पेस गर्न एक महिनाको समयसीमा दिएको छ। समितिले आगामी मंसिर २५ गते धनगढीमा हुने बारको केन्द्रीय कार्यकारिणी परिषद् बैठकअघि प्रतिवेदन बुझाउनुपर्नेछ। इनम सापकोटाको ह्वाट्सएप सन्देशसँग सम्बन्धित प्रकरणमा केही न्यायाधीशको नाम जोडिएपछि बारले त्यसबारे तथ्य संकलन गर्ने संस्थागत प्रक्रिया अघि बढाएको हो। समितिले संकलन गर्ने तथ्य र अध्ययनबाट प्राप्त निष्कर्षका आधारमा प्रतिवेदन तयार गर्नेछ।
इनम सापकोटा प्रकरणमा मुछिएका न्यायाधीशबारे तथ्य संकलन गर्न बारद्वारा समिति गठन

Read Complete Original Article
Published originally on पर्दाफास






