Friday, November 27, 2026||
MultiKhabarMultiKhabar

इटालीयन स्टार टेनिस खेलाडी यानिक सिनरले अस्ट्रेलियन ओपन गुमाउने

Share:WhatsAppFacebookX (Twitter)Telegram
इटालीयन स्टार टेनिस खेलाडी यानिक सिनरले अस्ट्रेलियन ओपन गुमाउने
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं । इटालीयन स्टार टेनिस खेलाडी यानिक सिनरले आगामी जनवरीमा हुने अस्ट्रेलियन ओपन गुमाउने भएका छन् । घुँडाको शल्यक्रिया गरेपछि सिनरले बर्षको पहिलो ग्रान्ड स्ल्यामाबाट नाम फिर्ता लिएका हुन् । विश्व वरीयताको दोस्रो स्थानमा रहेका २५ वर्षीय सिनरले सामाजिक सञ्जालमार्फत आफ्नो घुँडाको बाहिरी भागमा रहेको इलियोटिबियल ब्यान्डको चोट सुधार गर्न शल्यक्रिया गरिएको जानकारी दिएका छन् । सिनरले सन् २०२४ र २०२५ मा लगातार अस्ट्रेलियन ओपनको उपाधि जितेका थिए । उनी पछिल्लो पटक गत जुलाई १२ मा विम्बल्डनको उपाधि जितेयता प्रतिस्पर्धात्मक खेलमा देखिएका छैनन् । सिनरले सन् २०२६ को अस्ट्रेलियन ओपनमा भने सेमिफाइनलसम्मको यात्रा गरेका थिए । उनलाई नोभाक जोकोभिचले पाँच सेटको प्रतिस्पर्धात्मक खेलमा पराजित गरेका थिए । यस वर्षको सुरुवातमा उत्कृष्ट लयमा रहेका सिनरले लगातार पाँच मास्टर्स वान थाउजेन्ट उपाधि जित्दै इतिहास बनाएका थिए । सन् २०२७ को अस्ट्रेलियन ओपनको मुख्य प्रतिस्पर्धा जनवरी १७ देखि सुरु हुनेछ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
ग्रीसमा राष्ट्रव्यापी हडताल, यातायात र सार्वजनिक सेवा प्रभावित
Latest NewsJust now

ग्रीसमा राष्ट्रव्यापी हडताल, यातायात र सार्वजनिक सेवा प्रभावित

ग्रीसको सबैभन्दा ठूलो सार्वजनिक क्षेत्रको ट्रेड युनियन एडेडवाई तथा देशभरका दर्जनौँ श्रमिक केन्द्र र ट्रेड युनियनको आह्वानमा बुधबार हडताल भएको हो । ...

कान्तिपुर
रास्वपा मकवानपुर जिल्ला उपसभापति भएको ६ महिना नपुग्दै बर्खास्त
Latest NewsJust now

रास्वपा मकवानपुर जिल्ला उपसभापति भएको ६ महिना नपुग्दै बर्खास्त

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को मकवानपुर जिल्ला उपसभापति टाकाराज थापा (सुरेश) लाई पदबाट हटाइएको छ।  रास्वपा बागमती प्रदेश समितिको पूर्ण बैठकले थापालाई जिल्ला उपसभापतिको पदबाट बर्खास्त गर्ने निर्णय गरेको हो।  बिहीबार बसेको बैठकमा मकवानपुर जिल्ला समिति र छानबिन समितिले पेस गरेका प्रतिवेदन अध्ययन गरी थापालाई उपसभापति प... ...

नेपालखबर
बालविवाह अन्त्यको सन्देश दिन पाटनमा मैनबत्ती प्रज्वलन
Latest NewsJust now

बालविवाह अन्त्यको सन्देश दिन पाटनमा मैनबत्ती प्रज्वलन

ललितपुर, मङ्सिर ११ गते । बाल, शीघ्र तथा जबरजस्ती विवाह उन्मूलनसम्बन्धी अन्तर्राष्ट्रिय दिवसको पूर्वसन्ध्यामा बालविवाह अन्त्यको सन्देश दिन पाटनमा मैनबत्ती प्रज्वलन कार्यक्रम आयोजना... ...

गोरखापत्र
अनुदानको मल दुरुपयोग गर्ने कृषि भण्डारलाई दुई लाख जरिवाना
Latest NewsJust now

अनुदानको मल दुरुपयोग गर्ने कृषि भण्डारलाई दुई लाख जरिवाना

झापा । सरकारी अनुदानको रासायनिक मल दुरुपयोग गरी बिक्री वितरण गरेको अभियोगमा जिल्ला प्रशासन कार्यालय झापाको नेतृत्वमा रहेको... ...

सिंहदरबार न्युज
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement