Friday, November 27, 2026||
MultiKhabarMultiKhabar

आइएमई ग्रुपका अध्यक्ष ढकाल भन्छन् – पुराना भारतीय लगानीको अभिलेखीकरण गरे नयाँ एफडिआई भित्र्याउन सकिन्छ

Share:WhatsAppFacebookX (Twitter)Telegram
आइएमई ग्रुपका अध्यक्ष ढकाल भन्छन् – पुराना भारतीय लगानीको अभिलेखीकरण गरे नयाँ एफडिआई भित्र्याउन सकिन्छ
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले २०४६ सालको आर्थिक उदारीकरणपछि नेपाल भित्रिएका पुराना विदेशी लगानी (भारतीय) को अभिलेखीकरण (लेखांकन) नहुँदा देखिएको जटिलता तत्काल समाधान गर्न सरकारसँग आग्रह गरेका छन् ।१२ औँ राष्ट्रिय उद्योग दिवसका अवसरमा बुधबार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयद्वारा आयोजित ‘मूल समारोह कार्यक्रम’ मा मन्तव्य राख्दै निवर्तमान अध्यक्ष ढकालले पुराना विदेशी लगानी (विशेषगरी भारतीय लगानी) को अभिलेखीकरण नहुँदा लगानीकर्ताहरूले व्यवसाय विस्तार गर्न, थप पुँजी भित्र्याउन, प्रतिफल लैजान र व्यवसायबाट बाहिरिनसमेत गम्भीर समस्या भोग्नुपरेको स्पष्ट पार्नुभयो। उहाँले यस विषयमा उद्योग मन्त्री र सचिवको विशेष ध्यानाकर्षण गराए । “उद्योग प्रवर्द्धन बोर्डमार्फत एकपटकका लागि यस्ता पुराना लगानीको अभिलेखीकरणको गाँठो फुकाइदिने हो भने नेपालमा काम गरिरहेका लगानीकर्ताबाट सकारात्मक सन्देश जानेछ र यसले नयाँ वैदेशिक लगानी (एफडिआई) भित्र्याउन ठूलो मद्दत पुग्नेछ,” ढकालले भने । सोही अवसरमा उनले नयाँ सरकारले निजी क्षेत्रलाई उच्च प्राथमिकता दिएको भन्दै प्रशंसासमेत गरे । सम्मानित व्यक्तित्वहरूको तर्फबाट बोल्दै ढकालले वर्तमान सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले नै ‘निजी क्षेत्र संरक्षण एवं प्रवर्द्धन रणनीति’ पारित गरेर निजी क्षेत्रलाई अर्थतन्त्रको वास्तविक संवाहकको रूपमा सम्मान गरेको उल्लेख गरे । निजी क्षेत्र रोजगारी सिर्जना, राजस्व सङ्कलन र पूर्वाधार निर्माणको मुख्य आधार हो भन्ने कुरालाई नयाँ सरकारले आत्मसात् गरेको बताउँदै उनले भने, “पूर्वाधार सम्मेलनको तयारीका क्रममा ५९ वटाभन्दा बढी कानुन संशोधन गर्ने सरकारको कदम अत्यन्तै सराहनीय छ, अब यसको भावनाअनुरूप तल्लो तहसम्म प्रभावकारी कार्यान्वयन हुनुपर्छ।” उद्योग मन्त्रालय र उद्योग विभागले सेवा प्रवाहमा गरेको सहजीकरण र डिजिटलाइजेशनको प्रशंसा गर्दै उहाँले निजी क्षेत्रमैत्री नीतिगत सुधारले अझ गति लिने विश्वास व्यक्त गरे । ‘औद्योगिक वातावरण सुधार : दिगो अर्थतन्त्रको आधार’ भन्ने मूल नाराका साथ आयोजित उक्त समारोहमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री, मन्त्रालयका सचिव, राष्ट्रिय योजना आयोगका सदस्य, निजी क्षेत्रका छाता सङ्गठनका प्रमुखहरू तथा उद्योगी व्यवसायीहरूको उपस्थिति रहेको थियो। सो अवसरमा अध्यक्ष ढकाललाई सम्मानसमेत गरिएको थियो।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
बागलुङको पर्यटकीय क्षेत्र ढोरपाटन उपत्यकामा पुग्यो राष्ट्रिय प्रसारण प्रणालीको विद्युत्
Latest NewsJust now

बागलुङको पर्यटकीय क्षेत्र ढोरपाटन उपत्यकामा पुग्यो राष्ट्रिय प्रसारण प्रणालीको विद्युत्

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले बागलुङ जिल्लाको पश्चिममा अवस्थित पर्यटकीय क्षेत्र ढोरपाटन उपत्यकामा राष्ट्रिय प्रसारण प्रणालीको विद्युत् सेवा विस्तार गरेको छ । प्राधिकरणले प्रसारण तथा वितरण संरचना निर्माण गरी ढोरपाटन... ...

रातोपाटी
एक नेपालीको थाप्लोमा एक लाख ऋण
Latest NewsJust now

एक नेपालीको थाप्लोमा एक लाख ऋण

काठमाडौं। तपाईंले जन्मँदै कुनै बैंकबाट ऋण लिनुभएको छैन। न त तपाईंको नाममा सरकारले कुनै ऋणपत्र जारी गरेको छ। तर देशले लिएको ऋणको हिसाब गर्दा तपाईंको भागमा करिब एक लाख रुपैयाँ दायित्व परेको छ। तपाईं बालबालिका हुनुहोस् वा वृद्धवृद्धा, रोजगारीमा हुनुहोस् वा बेरोजगार, गाउँमा बस्नुहोस् वा सहरमा- नेपालको सार्वजनिक ऋणलाई कुल जनसङ्ख्याले भाग गर्दा प्रत्येक नेपालीको औसत भागमा झन्डै एक लाख ...

नेपालन्युज
साल्पा-सिलिचुङमा तीन करोडको लगानीमा मुन्दुमी संरचना निर्माण
Latest NewsJust now

साल्पा-सिलिचुङमा तीन करोडको लगानीमा मुन्दुमी संरचना निर्माण

सालपा सिलिछो(भोजपुर)। किरात ऐतिहासिकस्थल साल्पा–सिलिचुङमा मुन्दुमी संरचना निर्माण गरिएको छ । खोटाङ, भोजपुर, सङ्खुवासभा र सोलुखुम्बूको सङ्गमस्थलमा अवस्थित धार्मिक तथा पर्यटकीयस्थल साल्पा–सिचिलुङमा सुम्निमा, पारुहाङ, नाक्छुङ (धामी), नाक्छुङ चरा (कल्चुडा), तीन चुल्हासहितको मुन्दुमी माङथाम, वाबु (चिण्डो)सहितको प्रवेशद्धार र स्वागतद्धारलगायतका मुन्दुमी संरचना निर्माण गरिएको हो । देश/विदेशमा रहेका किराती तथा गैरकिरातीबाट सङ्कलन गरिएको करिब रु दुई करोड ८४ लाख रकममध्ये रु दुई करोड ...

केन्द्रबिन्दु
चुँडिएको २ महिना बितिसक्दा पनि बनेन दोधारा चाँदनीको झोलुङ्गे पुल
Latest NewsJust now

चुँडिएको २ महिना बितिसक्दा पनि बनेन दोधारा चाँदनीको झोलुङ्गे पुल

गत असोज १४ मा महाकाली नदीमा आएको बाढीले झोलुङ्गे पुलको पश्चिमतर्फको तेस्रो पिलर बगाएपछि एक हजार ४ सय ५२ मिटर लामो यो पुल चुँडिएको हो । ...

कान्तिपुर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement