Monday, November 2, 2026||
MultiKhabarMultiKhabar

इटहरीमा पहिलोपटक नेपथ्यको लाइभ कन्सर्ट

Share:WhatsAppFacebookX (Twitter)Telegram
इटहरीमा पहिलोपटक नेपथ्यको लाइभ कन्सर्ट
Photo / Coverage: पर्दाफास

नेपालको चर्चित सांगीतिक ब्याण्ड नेपथ्यको लाइभ कन्सर्ट आगामी कात्तिक १८ गते सुनसरीको इटहरीमा आयोजना हुने भएको छ। इटहरी रङ्गशालामा हुने कन्सर्टको आवश्यक तयारी पूरा भएको आयोजकले जनाएको छ। कन्सर्टको तयारी, व्यवस्थापन, सुरक्षा तथा कार्यक्रम सञ्चालनसम्बन्धी विस्तृत जानकारी गराउने उद्देश्यले आयोजकले पत्रकार सम्मेलन आयोजना गरेको हो। पूर्वाञ्चल इभेन्ट्स प्रालिको आयोजनामा तथा इटहरी उपमहानगरपालिकाको प्रवद्र्धनमा हुन लागेको कार्यक्रममा नेपथ्यका मुख्य गायक अमृत गुरुङसहित ब्याण्डका सदस्यले प्रस्तुति दिनेछन्। इटहरीमा पहिलोपटक हुन लागेको नेपथ्यको लाइभ कन्सर्टले स्थानीय संगीतप्रेमीमा उत्साह थपेको छ। कन्सर्टमा ब्याण्डका चर्चित गीतहरू प्रत्यक्ष सुन्न पाइने भएपछि दर्शकहरू उत्सुक बनेका छन्। नेपथ्यले ‘रेशम’, ‘तालको पानी’, ‘तिमी पनि नेपाली, म पनि नेपाली, हामी नेपाली’ र ‘भेडाको ऊनजस्तो’ लगायत आफ्ना लोकप्रिय गीत प्रस्तुत गर्नेछ। ब्याण्डका चर्चित गीतमार्फत दर्शकलाई मनोरञ्जन प्रदान गर्नुका साथै अविस्मरणीय सांगीतिक अनुभव दिलाउने लक्ष्य आयोजकले राखेको छ। कार्यक्रमलाई सुरक्षित, व्यवस्थित र भव्य रूपमा सम्पन्न गर्न दर्शकको सहज प्रवेश, सुरक्षा व्यवस्था, मञ्च तथा प्राविधिक व्यवस्थापनलाई प्राथमिकता दिइएको आयोजकले जनाएको छ। आयोजकका अनुसार कन्सर्टका दिन अपराह्न ४ बजेदेखि दर्शकका लागि प्रवेशद्वार खुला गरिनेछ भने साँझ ६ बजेदेखि नेपथ्यको सांगीतिक प्रस्तुति सुरु हुनेछ। इटहरीमा पहिलोपटक हुन लागेको नेपथ्यको प्रत्यक्ष प्रस्तुतिले पूर्वी नेपालको सांगीतिक माहोल थप उत्साहित बनाउने अपेक्षा गरिएको छ। लामो समयदेखि ब्याण्डको प्रत्यक्ष प्रस्तुति हेर्न चाहने स्थानीय संगीतप्रेमीका लागि यो कन्सर्ट विशेष अवसर बन्ने विश्वास आयोजकले व्यक्त गरेको छ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
हेल्प मधेशी नेपालको दोस्रो राष्ट्रिय महाधिवेशनबाट अध्यक्षमा यादव निर्वाचित
OthersJust now

हेल्प मधेशी नेपालको दोस्रो राष्ट्रिय महाधिवेशनबाट अध्यक्षमा यादव निर्वाचित

१६ कात्तिक, जनकपुरधाम । हेल्प मधेशी नेपालको दोस्रो राष्ट्रिय महाधिवेशन जनकपुरधामा सम्पन्न भएको छ । महाधिवेशनले संजय रान यादवको अध्यक्षतामा नयाँ केन्द्रीय कार्यसमिति गठन गरेको छ। नवनिर्वाचित केन्द्रीय कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा रिना झा, प्रथम उपाध्यक्षमा अमरेश कुमार यादव, दोस्रो उपाध्यक्षमा राम प्रकाश पासवान र तेस्रो उपाध्यक्षमा फूल कुमारी यादव चयन भएका छन् । त्यस्तै, केन्द्रीय… ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play