Thursday, November 26, 2026||
MultiKhabarMultiKhabar

इजिप्टको कायरोमा इन्धन ट्यांकर दुर्घटनापछि भीषण आगलागी, ३१ जनाको मृत्यु

Share:WhatsAppFacebookX (Twitter)Telegram
इजिप्टको कायरोमा इन्धन ट्यांकर दुर्घटनापछि भीषण आगलागी, ३१ जनाको मृत्यु
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं । इजिप्टको राजधानी कायरोमा इन्धन ट्यांकर दुर्घटनापछि भएको भीषण आगलागीमा परी कम्तीमा ३१ जनाको मृत्यु भएको छ भने २१ जना घाइते भएका छन् । बुधबार साँझ कायरोको वर्राक क्षेत्रमा पर्ने रिङ रोडमा इन्धन बोकेको ट्यांकर दुर्घटनामा परेपछि आगलागी भएको हो । आगो आसपासबाट गुज्रिरहेका अन्य सवारीसाधनमा समेत फैलिएको थियो । इजिप्टको स्वास्थ्य मन्त्रालयका अनुसार घाइतेमध्ये केहीको शरीर जलेको छ भने केहीलाई धुवाँका कारण श्वासप्रश्वासमा समस्या भएपछि नजिकका अस्पतालमा उपचार गरिएको छ । सामाजिक सञ्जालमा सार्वजनिक भएका भिडियोमा राजमार्गमा आगोका ठूला लप्का र आकाशमा फैलिएको कालो धुवाँ देखिएको छ । आगलागीका कारण आसपासमा रहेका कैयौँ सवारीसाधन जलेर नष्ट भएका छन् । सरकारी अखबार अल–अहरामका अनुसार प्रारम्भिक अनुसन्धानमा ट्यांकर अगाडि उच्च भोल्टेजको विद्युत् तार खसेपछि चालकले नियन्त्रण गुमाएको पाइएको छ । त्यसपछि ट्यांकर डिभाइडर पार गर्दै पल्टिएको र पेट्रोल सडकमा पोखिएपछि आगलागी भएको बताइएको छ । घटनाको आधिकारिक कारणबारे भने अधिकारीहरूले थप अनुसन्धान गरिरहेका छन् ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
बंगलादेशविरुद्ध दक्षिण अफ्रिकाको ह्वाइट वास
Latest NewsJust now

बंगलादेशविरुद्ध दक्षिण अफ्रिकाको ह्वाइट वास

सेन्चुरियन । घरेलु टोली दक्षिण अफ्रिकाले बंगलादेशविरुद्धको दोस्रो टेस्ट क्रिकेटमा एक इनिङ्स र २१९ रनको विशाल जित दर्ता गरेको छ। सेन्चुरियनस्थित सुपरस्पोर्ट पार्कमा सम्पन्न खेलको तेस्रो दिनमै पाहुना टोलीलाई सहजै पराजित... ...

रातोपाटी
वीर अस्पतालको नयाँ र पुरानो भवनलाई जोड्न लिफ्टसहितको आकासे पुल बन्ने
Latest NewsJust now

वीर अस्पतालको नयाँ र पुरानो भवनलाई जोड्न लिफ्टसहितको आकासे पुल बन्ने

काठमाण्डु– काठमाण्डु महानगरपालिकाले वीर अस्पतालको नयाँ र पुरानो भवनलाई जोड्न लिफ्टसहितको आकासे पुल निर्माण गर्ने भएको छ । काठमाण्डु महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डङ्गोलले निर्माणको शिलान्यास गरिन् । पुल ४ करोड ७१ लाख ३४ हजार ७२७ मा निर्माण गरिने छ । निर्माण आगामी कात्तिक ३० गतेसम्म सम्पन्न गर्ने लक्ष्य छ । पुलको दुवैतर्फ अस्पतालमा प्रयोग […] ...

काठमाण्डुपाटी
बोलेरो र ट्याक्टर ठोक्किँदा एक जनाको मृत्यु, १२ घाइते
Latest NewsJust now

बोलेरो र ट्याक्टर ठोक्किँदा एक जनाको मृत्यु, १२ घाइते

नवलपुर समाचारदातानवलपुर, मङ्सिर १० गते । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपुरको मध्यविन्दु नगरपालिका–११ बाहुनीकुनामा बोलेरो पिकअप र ट्याक्टर एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको... ...

गोरखापत्र
ऊर्जा मिश्रण बदल्ने सरकारको तयारी, रोकिएको पीपीए खुल्ने संकेत
Latest NewsJust now

ऊर्जा मिश्रण बदल्ने सरकारको तयारी, रोकिएको पीपीए खुल्ने संकेत

काठमाडौं । सरकारले आगामी १० वर्षभित्र ३० हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्यलाई आधार बनाएर नयाँ ऊर्जा मिश्रण नीति ल्याउने तयारी गरेको छ । नयाँ नीतिमार्फत जलविद्युत्का विभिन्न प्रकारसँगै सौर्य, वायु र अन्य वैकल्पिक ऊर्जाको उत्पादन हिस्सा निर्धारण गरी लामो समयदेखि रोकिएको विद्युत् खरिद सम्झौता ९पीपीए० खुलाउने सरकारको योजना छ । ऊर्जा मिश्रणमा विविधता ल्याउँदै वर्षायाममा बढी र हिउँदमा कम विद्युत् ...

टक्सार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement