Wednesday, November 18, 2026||
MultiKhabarMultiKhabar

आर्थिक सुधारको नयाँ कार्यक्रम ल्याइँदै

Share:WhatsAppFacebookX (Twitter)Telegram
आर्थिक सुधारको नयाँ कार्यक्रम ल्याइँदै
Photo / Coverage: हिमालय टाइम्स

काठमाडौं । सरकारले आर्थिक सुधारका नयाँ कार्यक्रम ल्याउने भएको छ । नयाँ सरकार बनेको लामो समयसम्म पनि अर्थतन्त्र अपेक्षकृत रूपमा चलायमान हुन नसकिरहेका बेला सरकारले आर्थिक सुधारको नयाँ प्याकेज ल्याउने तयारी गरिएको हो । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले एक-दुई हप्ताभित्रै ३० देखि ३५ वटा नयाँ आर्थिक सुधारका कार्यक्रम ल्याउने घोषणा गर्नुभयो । आफूहरू हात बाँधेर नबसेको अर्थमन्त्री वाग्लेले बताउनुभयो । ‘जेठ १५ मा बजेट आयो, अब अर्को जेठ १५ सम्म कुरेर बस्ने भन्ने हाम्रो छँदै छैन’, राष्ट्रिय कर दिवसका अवसरमा आन्तरिक राजस्व विभागले आयोजना गरेको कार्यक्रममा उहाँले भन्नुभयो, ‘पूर्वाधार सम्मेलनको सन्निकट ५०-६० वटा ऐनका करिब ५०० दफा संशोधन गर्नेगरी ठूलो ओम्निबस रिफर्मको तयारी भइरहेको छ । आगामी बजेटमा ‘ट्याक्स रिफर्म २.०’ लाई निरन्तरता दिइनेछ ।’ यो वर्ष सरकारले ऐतिहासिक रूपमा करको दायरा फराकिलो बनाउँदै दरमा भारी कटौती गरेको उहाँको भनाइ थियो । १०-१५ वर्षदेखि शुल्क, दस्तुर, ब्याज र जरिवानाको बोझले थिचिएर उठ्नै नसक्ने अवस्थामा पुगेका करदाताहरूलाई सरकारले राहत दिएको उहाँले दाबी गर्नुभयो । पुस महिनाभित्रै त्यसको लाभ लिन अर्थमन्त्री वाग्लेले आग्रह गर्नुभयो । तत्काल कुनै कर दर वा अभ्यासका कारण उद्योगी–व्यवसायीलाई अन्याय वा मर्का परेको भए आर्थिक ऐनको दफा १८ मा टेकेर भए पनि सुधार गरिने उहाँले प्रतिबद्धता जनाउनुभयो । ग्रे लिष्टबाट बाहिरिन सुपरीवेक्षण र अनुसन्धानलाई प्रभावकारी बनाइनेनेपाललाई सम्पत्ति शुद्धीकरणका सन्दर्भमा ‘ग्रे लिष्ट’बाट बाहिर ल्याउन जोखिममा आधारित सुपरीवेक्षण र अनुसन्धानलाई प्रभावकारी बनाइने विभागले जनाएको छ । स्वयं कर घोषणाअनुसार पेस भएका विवरणहरूको जोखिम विश्लेषण गरी कर परीक्षण, अनुसन्धान र अनुगमनमा स्पष्ट नतिजा हासिल गरिने जनाइएको छ । कर विवादको शीघ्र समाधान र कर न्याय कायम गर्न विगतका सबै निवेदनहरूको फर्स्योट गरिने र प्रशासकीय पुनरावलोकनका लागि दर्ता हुने निवेदनमा कानुनले तोकेको समयभित्रै निर्णय गरिने विभागको प्रतिबद्धता छ । साथै, आय, खर्च र कर दाखिलाको विवरण स्पष्ट हुनेगरी विद्यमान कर चुक्ताको ढाँचामा संशोधन र एकरूपता कायम गरिने उल्लेख छ । कर प्रशासनमा कार्यरत जनशक्तिको क्षमता, सदाचारिता र डिजिटल सीप विकास गरी कार्यसम्पादनमा आधारित मूल्यांकन प्रणाली लागू गरिने र ‘संस्थागत सदाचारिता सूचकांक’का आधारमा सुशासनको स्तर निर्धारण गरिनेछ । यी हुन् सबैभन्दा धेरै कर तिर्ने करदातासरकारले यो वर्षका लागि उत्कृष्ट २० करदाताको नाम घोषणा गरेको छ । आन्तरिक राजस्व विभागले राष्ट्रिय कर दिवस २०८३ को अवसरमा विषयगत क्षेत्रतर्फ सबैभन्दा धेरै कर तिर्ने उत्कृष्ट करदाताहरूको विवरण घोषणा गरेको हो । विभागमा आयोजित कर दिवस समारोहमा सार्वजनिक गरिएको विवरणअनुसार निकायमध्ये सबैभन्दा धेरै आयकर दाखिला गर्ने करदातामा सूर्य नेपाल परेको छ भने व्यक्तिगत आयतर्फ राजबहादुर शाह उत्कृष्ट करदाता घोषित हुनुभएको छ । त्यस्तै, मूल्य अभिवृद्धि कर (भ्याट)तर्फ हिमालयन डिस्टिलरी लिमिटेडले सबैभन्दा धेरै कर तिरेको छ । बैंकिङ क्षेत्रबाट नबिल बैंक, पर्यटन व्यवसायबाट सोल्टी होटल लिमिटेड र सूचना प्रविधितर्फ तीन फाइनाइट सर्भिसेस नेपाल उत्कृष्ट करदाता बनेका छन् । यसैगरी, एकलौटी व्यवसायतर्फ धेरै कर तिर्नेमा थर्ड आई इन्टरनेसनल, वस्तु निर्यातको कारोबारमध्ये डाबर नेपाल प्रालि, कृषि एवं व्यवसायतर्फ ओसिबी फुड्स एण्ड फिड्स, स्वास्थ्य तथा शैक्षिक संस्था नोबेल कलेज तथा टिचिङ हस्पिटल, वस्तु व्यापारको कारोबारतर्फ सिजी इम्पेक्स प्रालि, ५०-१०० करोडसम्मको कारोबारमध्ये फुड एण्ड वेभरेज रिसर्च सेन्टर प्रालि र ऊर्जामूलक कम्पनीतर्फ भोटेकोशी पावर प्रालि रहेका छन् । ऊर्जा उद्योगतर्फ भोटेकोशी पावर कम्पनी र रेमिट्यान्स तथा मनी ट्रान्सफरतर्फ आइएमई लिमिटेड धेरै कर तिर्ने करदाता बनेका हुन् । जीवन बीमा क्षेत्रतर्फ लाइफ इन्स्योरेन्स कर्पोरेसन (नेपाल) लिमिटेड, निर्जीवन बीमातर्फ सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेड र लघुवित्त क्षेत्रतर्फ छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले सम्मान प्राप्त गरेका छन् । उहाँहरूलाई अर्थमन्त्री वाग्लेले सम्मान गर्नुभयो । भाटभटेनीलाई विशेष सम्मानसरकारले भाटभटेनी सुपरमार्केटलाई विशेष सम्मान गरेको छ । राष्ट्रिय कर दिवसको अवसरमा मंगलबार काठमाडौंमा आयोजित विशेष कार्यक्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले भाटभटेनी सुपरमार्केटलाई सम्मान गर्नुभएको हो । व्यवसाय सञ्चालनका क्रममा विभिन्न चुनौती र प्रतिकूल अवस्था आए पनि सेवा प्रवाहलाई निरन्तरता दिएको, सरकारलाई राजस्व बुझाउन महत्त्वपूर्ण योगदान पुर्‍याएको तथा रोजगारी सिर्जनामा भूमिका खेलेको भन्दै सरकारले भाटभटेनीलाई विशेष सम्मान गरेको हो । करदाता संख्या ८० लाख नाघ्योनेपालमा व्यावसायिक र व्यक्तिगत स्थायी लेखा नम्बर (प्यान) लिने करदाताको संख्या ८० लाख नाघेको छ । आन्तरिक राजस्व विभागका उपमहानिर्देशक जनकराज शर्माले संस्थागत र व्यक्तिगत गरी करदाताको संख्या ८० लाख पार भएको जानकारी दिनुभएको हो । यसले मुलुकका आर्थिक गतिविधिहरू औपचारिक दायरामा आउँदै गएको र करको दायरा विस्तार भइरहेको पुष्टि गर्ने उहाँको भनाइ छ । ‘कर न्याय र सुशासनको सुनिश्चितता, समृद्धिमा नागरिक सहभागिता’ भन्ने मूल नाराका साथ सुरु भएको कर सप्ताह तथा विशेष समारोहमा उपमहानिर्देशक शर्माले नेपाल सरकारको कुल राजस्व संकलनमा विभागको योगदान झण्डै ४५ प्रतिशतको हाराहारीमा रहेको उल्लेख गर्नुभयो । विभागले गत आर्थिक वर्षमा करिब ६ खर्ब २२ अर्ब रुपैयाँ राजस्व संकलन भएकोमा चालु आर्थिक वर्षमा सात खर्ब ७५ अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको छ । पछिल्लो समय राजस्व संकलनमा उत्साहजनक सुधार देखिएको भन्दै शर्माले चालु आर्थिक वर्षको कात्तिक मसान्तसम्म एक खर्ब ७७ अर्ब ५४ करोड रुपैयाँ राजस्व संकलन भएको जानकारी दिनुभयो । कर दिवसमा १५ बुँदे संकल्पआन्तरिक राजस्व विभागले कर प्रणालीको रूपान्तरण, प्रविधिमा नवप्रवर्तन र सेवामा सुशासन कायम गर्ने लक्ष्यसहित १५ बुँदे संकल्प सार्वजनिक गरेको छ । कर दिवसका अवसरमा विभागले जारी गरेको प्रतिबद्धतामा राजस्व संकलनमा दिगो वृद्धि हासिल गर्दै तोकिएको सात खर्ब ७५ अर्ब रुपैयाँको राजस्व लक्ष्य पूरा गरिने संकल्प गरिएको छ । आगामी असार मसान्तभित्र कुल राजस्व बेरुजु अंकको कम्तीमा ६० प्रतिशत फर्स्योट गरी सम्परीक्षण गर्ने विभागको संकल्प छ । विभागले कर प्रशासनलाई प्रविधिमैत्री र स्वचालित बनाउने कार्यलाई उच्च प्राथमिकतामा राखेको छ । प्रतिबद्धताअनुसार करदातासम्बन्धी सम्पूर्ण सूचना, कारोबार र कर अनुपालनको विवरण सुरक्षित एवं एकीकृत रूपमा व्यवस्थापन गर्न ‘एक करदाता एक डिजिटल पहिचान’को विकास गरिनेछ । यस्तै, करदाताहरूको जिज्ञासा तथा गुनासो सम्बोधन गर्न २४ सै घण्टा सञ्चालनमा आउने गरी ‘एआईमा आधारित कल सेन्टर र च्याटबोट’ स्थापना गरिने विभागले जनाएको छ । कर प्रशासनमा सबै करदाताको डिजिटल पहुँच सुनिश्चित गर्न आगामी २०८३ माघ महिनादेखि विद्यमान कर प्रणालीलाई स्वचालनमा लैजाने गरी ‘बिजनेस प्रोसेस रि-इञ्जिनियरिङ’को विस्तृत परियोजना प्रतिवेदनअनुसार कार्य प्रारम्भ गरिने प्रतिबद्धतामा उल्लेख छ । सुशासन कायम गरेरै राजस्वको महत्त्वाकांक्षी लक्ष्य पूरा गर्छौं : अर्थमन्त्री डा. वाग्लेअर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मुलुकमा सुशासन कायम गराएरै सरकारले १५ खर्ब ८० अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य पूरा गराइछाड्ने बताउनुभएको छ । राष्ट्रिय कर दिवसका अवसरमा बोल्दै अर्थमन्त्री वाग्लेले गत वर्ष १२ खर्ब ५० अर्ब रुपैयाँ राजस्व संकलन भएको जानकारी दिनुभयो । गत वर्षको तुलनामा करिब २७ प्रतिशतले बढी राजस्व उठाउने लक्ष्य महत्त्वाकांक्षी भए पनि सुशासन कायम गराएरै हालिल गरिने उहाँको भनाइ छ । ‘सरकारले अर्थतन्त्र सुधारका लागि चालेका कदम र गुड गभर्नेन्सको डिभिडेण्डका कारण हामी यस्तो प्रतिकूलताका बीच पनि हामी अगाडि गइरहेका छौँ र राजस्वका लक्ष्य पनि भेट्टाउँदै आइरहेका छौँ’, उहाँले भन्नुभयो । करिब ७० खर्ब रुपैयाँको अर्थतन्त्रमा १२ खर्ब रुपैयाँ हाराहारी मात्र राजस्व संकलन भइरहेको उल्लेख गर्दै उहाँले यस वर्ष राजस्व वृद्धिको लक्ष्य बढाइएको बताउनुभयो । ‘बोल्ड रिफर्मको सन्देश र सुशासनको प्रतिफलका कारण प्रतिकूल परिस्थितिका बीच पनि हामी अगाडि बढिरहेका छौँ । यसपटक राजस्व संकलनको लक्ष्य पनि निकै महत्त्वाकांक्षी छ’, उहाँले भन्नुभयो, ‘गत वर्षको तुलनामा करिब २७ प्रतिशतको वृद्धि लक्ष्य राखिएको छ ।’ अर्थमन्त्री वाग्लेले चालु आर्थिक वर्षको चार महिनामा भन्सार राजस्व संकलन उत्साहजनक रहेको बताउनुभयो ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
२४ घण्टामा ५५७ परे ट्राफिक प्रहरीको कारबाहीमा
Latest NewsJust now

२४ घण्टामा ५५७ परे ट्राफिक प्रहरीको कारबाहीमा

• ट्राफिक प्रहरीले २४ घण्टामा ५५७ चालकलाई कारबाही गरेको छ। • मादक पदार्थ सेवन गरी सवारी चलाउने ५४ चालक र अन्य विभिन्न उल्लंघनमा ५०३ चालकलाई कारबाही गरिएको छ। • कारबाहीमा तीव्रगति, हर्न निषेध, र अन्य नियम उल्लंघन गर्ने चालक समावेश छन्। ...

नेपालबहस
३७ बीमा कम्पनीको अद्यावधिक विवरण सार्वजनिक, कसको कति कारोबार (सूचीसहित)
Latest NewsJust now

३७ बीमा कम्पनीको अद्यावधिक विवरण सार्वजनिक, कसको कति कारोबार (सूचीसहित)

काठमाडौं । नेपाल बीमा प्राधिकरणले देशभर सञ्चालनमा रहेका ३७ वटा बीमा कम्पनीको अद्यावधिक विवरण सार्वजनिक गरेको छ । प्राधिकरणले १४ जीवन बीमा, १४ निर्जीवन बीमा, ७ लघुबीमा र २ पुनर्बीमा कम्पनीको... ...

रातोपाटी
हिउँदमा भारतबाट ३५० मेगावाट विद्युत् आयात गर्न अनुमति
Latest NewsJust now

हिउँदमा भारतबाट ३५० मेगावाट विद्युत् आयात गर्न अनुमति

काठमाडौं। नेपाल विद्युत् प्राधिकरणले यस वर्षको हिउँदयामका लागि भारतबाट ३५० मेगावाट विद्युत् आयात गर्ने अनुमति पाएको छ। भारतको केन्द्रीय विद्युत् प्राधिकरणले भारतीय ऊर्जा विनिमय बजार (आइएक्स) को डे-अहेड र रियल टाइम बजारबाट प्रतिस्पर्धी दरमा विद्युत् खरिद गर्न स्वीकृति दिएको हो। प्राधिकरणका अनुसार मङ्सिर १ देखि आगामी साउन १५ गतेसम्म यो सुविधा उपलब्ध हुनेछ। यसअन्तर्गत दैनिक १७ घण्टासम्म विद्युत् आयात गर्न पाइनेछ। ...

नेपालन्युज
‘देहमा अवरित बोधी’ को प्रदर्शनी
Latest NewsJust now

‘देहमा अवरित बोधी’ को प्रदर्शनी

गोरखापत्र समाचारदाताकाठमाडौँ, मङ्सिर २ गते । कलाकार समुन्द्रमानसिंह श्रेष्ठको एकल चित्रकला प्रदर्शनी ‘देहमा अवरित बोधी’ शीर्षकको चित्रकला प्रदर्शनी भइरहेको छ । परम्परागत कलाको संरक... ...

गोरखापत्र
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play