बाँके । बाँकेमा सेवाग्राहीसँग आचरणविपरीत आर्थिक लाभ लिएको देखिने भिडियो सार्वजनिक भएपछि दुई जना ट्राफिक प्रहरी निलम्बनमा परेका छन्। नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलले जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँके मातहत कार्यरत प्रहरी जवान श्रीषराम थारु र टोपबहादुर खड्कालाई निलम्बन गरेको हो। कार्यालयका अनुसार अस्थायी ट्राफिक प्रहरी पोस्ट धनौलीमा कार्यरत थारु र अस्थायी ट्राफिक प्रहरी पोस्ट नेपालगञ्जमा कार्यरत खड्काले मंसिर ८ गते ट्राफिक प्रहरीको पोसाकमा ड्युटीमा रहेकै अवस्थामा सेवाग्राहीसँग आचरणविपरीत आर्थिक लाभ लिएको देखिने भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो। उक्त भिडियो मंसिर १० गते फेसबुक लगायतका सामाजिक सञ्जालमा सार्वजनिक भएपछि कार्यालयले घटनालाई गम्भीरतापूर्वक लिएको जनाएको छ। कार्यालयले प्रहरी नियमावली, २०७१ (संशोधनसहित) अनुसार मंसिर ११ गतेदेखि लागू हुने गरी दुवै प्रहरी कर्मचारीलाई निलम्बन गरेको हो । घटनाबारे थप अनुसन्धान भइरहेको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक मोहनजंग बुढथापाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
आर्थिक लाभ लिएको आरोपमा दुई ट्राफिक प्रहरी निलम्बित

Read Complete Original Article
Published originally on नेपालन्युज






