Monday, November 2, 2026||
MultiKhabarMultiKhabar

आयातित फूल नियन्त्रण गर्न प्रशासनको निर्देशन

Share:WhatsAppFacebookX (Twitter)Telegram
आयातित फूल नियन्त्रण गर्न प्रशासनको निर्देशन
Photo / Coverage: केन्द्रबिन्दु

झापा । जिल्ला प्रशासन कार्यालयले स्वदेशी उत्पादनलाई प्राथमिकता दिने उद्देश्यले अवैध रुपमा आयातित फूल र प्लास्टिकबाट निर्मित कृत्रिम फूल नियन्त्रणमा लिन सुरक्षा निकायलाई निर्देशन दिएको छ । प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले सार्वजनिक सूचना जारी गर्दै स्वदेशी सिर्जनशीलता र उद्यमशीलतालाई प्रोत्साहित गर्न गैरकानुनी रुपमा फूलको आयातलाई रोक लगाइएको बताए । खुला सीमाको फाइदा उठाउँदै तिहार, छठ लगायतका पर्वमा ठूलो मात्रामा खपत हुने फूल भारतबाट अवैध रुपमा आयात हुँदै आएको थियो । प्रशासनको निर्देशनपछि फूलको अवैध आयात रोकिने विश्वास गरिएको छ । झापामा फूल खेती गर्दै आएका किसानले आयातित फूलका कारण स्वदेशी उत्पादन खेर गइरहेको भन्दै फूलको गैरकानुनी आयातमाथि पूर्ण प्रतिबन्ध लगाउन जिल्ला प्रशासन कार्यालयमा सामूहिक माग गर्दै आएका थिए । “हाम्रो जिल्लालाई पुग्ने फूल यहीँका व्यवसायीले उत्पादन गरिसक्नुभएको छ,” प्रजिअ पोखरेलले भने, “जिल्लाका युवामा उद्यमशील सोच र संस्कृति मौलाउँदै गएकाले यसपालिको चाडबाडमा स्वदेशी सयपत्री र मखमली फूलकै प्रयोग गरी हाम्रै किसानलाई प्रोत्साहन गर्न सम्पूर्ण जिल्लावासीलाई हार्दिक आग्रह गर्दछु ।” यस वर्ष झापाका मेचीनगर, बिर्तामोड, दमक, शिवसताक्षी, कनकाई, बुद्धशान्ति लगायतका पालिकाहरुमा दर्जनौँ कृषकले व्यावसायिक रूपमा सयपत्री फूलको खेती गरेका छन् । चाडबाडको समयमा घरआँगन सजावट र शृङ्गारका लागि स्थानीय रूपमा उत्पादित ती प्राकृतिक फूल नै पर्याप्त हुने अनुमान गरिएको छ । प्रशासनको उक्त कदमले सीमावर्ती क्षेत्रबाट हुने अवैध आयात रोकिने र जिल्लाका स्थानीय फूल उत्पादक कृषकले आफ्नो मिहेनतको उचित मूल्य पाउने मेचीनगर–४ का नीलकण्ठ तिवारीले बताए । प्रचलित कानुनले निषेध गरेका प्लास्टिकका फूल बिक्री–वितरण वा भण्डारण गरेको पाइएमा कानुनबमोजिम कारबाही गरिने पनि प्रशासनले स्पष्ट पारेको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
टाटाका प्राविधिकलाई बीएस–६ तालिम, देशका कति स्थानमा सञ्चालन ?
Latest NewsJust now

टाटाका प्राविधिकलाई बीएस–६ तालिम, देशका कति स्थानमा सञ्चालन ?

काठमाडौं । सिप्रदी अटोपाट्र्स र सिप्रदियन सहायता संस्थाले टाटा कमर्सियल गाडीको मर्मत तथा सर्भिसिङमा संलग्न प्राविधिकका लागि बीएस–६ तालिम सुरु गरेका छन्। कात्तिक १५ देखि सुरु भएको कार्यक्रम कात्तिक २० गतेसम्म देशका विभिन्न १४ स्थानमा सञ्चालन हुने आयोजकले जनाएका छन्। नेपालमा टाटाका जेन्युइन पाट्र्सको आधिकारिक वितरक सिप्रदी अटोपाट्र्स र सिप्रदियन सहायता संस्थाले प्राविधिक जनशक्तिको सीप तथा दक्षता बढाउने उद्देश्यले संयुक्त रूपमा कार्यक्रम ...

कर्पोरट खबर
सिंहदरबारमा विपक्षी दलहरूको बैठक सुरु
Latest NewsJust now

सिंहदरबारमा विपक्षी दलहरूको बैठक सुरु

काठमाडौँ । विपक्षी दलहरूको बैठक कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा सुरु भएको छ। बैठक केहीबेरअघि सुरु भएको हो । बैठकमा कांग्रेसबाट संसदीय दलका संसदीय दलका नेता भीष्मराज आङ्दाम्बे, राष्ट्रियसभा संसदीय दलका... ...

रातोपाटी
पत्रकार धरपकडबारे संसदीय विशेष समिति गठन गरी छानबिन गर्न कांग्रेसको माग [तस्बिरहरू]
Latest NewsJust now

पत्रकार धरपकडबारे संसदीय विशेष समिति गठन गरी छानबिन गर्न कांग्रेसको माग [तस्बिरहरू]

नागरिक स्वतन्त्रता, प्रेस स्वतन्त्रता, संवैधानिक संस्थाको स्वायत्तता र विधिको शासनमाथि सरकारले गम्भीर प्रश्न उठाएको निष्कर्ष निकालेको हो । ...

हाम्राकुरा
३० वर्षमा चरम गरिबी हट्यो, तर ५० प्रतिशत नेपाली अझै असुरक्षित
Latest NewsJust now

३० वर्षमा चरम गरिबी हट्यो, तर ५० प्रतिशत नेपाली अझै असुरक्षित

गत महिना प्रकाशित विश्व बैंकको तथ्यांकअनुसार तीन दशकमा नेपालमा चरम गरिबी उल्लेख्य रूपमा घटेको छ । तर, गरिबी मापनका फराकिला मापदण्ड र नेपालको सरकारी तथ्यांकले ठूलो जनसंख्या अझै आर्थिक असुरक्षामा रहेको देखाउँछन् । ...

कान्तिपुर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play