Tuesday, November 17, 2026||
MultiKhabarMultiKhabar

आयकरको उच्चतम दर ३९ बाट २९ प्रतिशतमा झारिएको छ : अर्थमन्त्री वाग्ले

Share:WhatsAppFacebookX (Twitter)Telegram
आयकरको उच्चतम दर ३९ बाट २९ प्रतिशतमा झारिएको छ : अर्थमन्त्री वाग्ले
Photo / Coverage: पर्दाफास

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सरकारले यस वर्ष करका दरमा उल्लेख्य कटौती गरेको बताएका छन् ।

राष्ट्रिय कर दिवसका अवसरमा काठमाडौंमा मंगलवार बोल्दै अर्थमन्त्री वाग्लेले आयकरको उच्चतम स्ल्यावमा एकैपटक १० प्रतिशत बिन्दुले कटौती गरिएको जानकारी दिए। करको दर घटाउँदा राजस्वमा ठूलो असर पर्ने आशंका गरिए पनि सरकारले कर प्रणाली सुधार गर्ने उद्देश्यसहित यस्तो निर्णय लिएको उनको भनाइ छ । कर्मचारीको पारिश्रमीक वृद्धि हुँदा पनि करको भार कम हुनेगरी व्यवस्था गरिएको उनले बताए । पाँच लाख रुपैयाँको सीमालाई बढाएर १० लाख रुपैयाँसम्मको आयमा कर नलाग्ने व्यवस्था गरिएको उनले जानकारी दिए ।

भन्सार तथा अन्त:शुल्कलगायतका क्षेत्रमा पनि सुधार प्रक्रिया शुरु गरिएको बताउँदै अघिल्लो वर्ष बजेट तयारीका लागि चार हप्तामात्र समय उपलब्ध भएकाले पर्याप्त तयारी हुन नसकेको बताए। उनले यसपटक पाँचदेखि छ महिनाअघिदेखि नै तयारी गरेर थप नीतिगत सुधार अघि बढाइने जानकारी दिए। आगामी जेठ १५ गते प्रस्तुत हुने बजेटमा सुधारका कार्यक्रमलाई अझ फराकिलो र गहिरो बनाउने सरकारको योजना रहेको उनले बताए । पूर्वाधार सम्मेलनको सन्दर्भमा सरकारले ठूलो स्तरको समग्र कानुनी सुधार (ओम्निबस रिफर्म) अघि बढाइरहेको जानकारी दिँदै उनले यस क्रममा ५० देखि ६० वटा ऐनका करिव ५०० वटा दफा संशोधन गर्ने तयारी भइरहेको उल्लेख गरे ।

सरकारले अघि बढाएको सुधार प्रक्रिया निरन्तर जारी रहने उनको भनाइ थियो । भोटेकोसी प्याकेजको एक चरण कार्यान्वयनमा ल्याइसकेको र सेयर बजार सुधारका लागि २१ बुँदे कार्यक्रम सार्वजनिक गरिएको उनले बताए।

विगतमा विकृति र अनियमितताका कारण समस्याग्रस्त बनेको सेयर बजारलाई नियामकीय दायरामा ल्याएर दीर्घकालीन रूपमा व्यवस्थित बनाउने प्रयास भइरहेको उनले उल्लेख गरे । समग्र अर्थतन्त्रलाई लक्षित गरी सरकारले आर्थिक प्याकेजमा पनि काम गरिरहेको उनले जानकारी दिए। आगामी एकदेखि दुई हप्ताभित्र ३० देखि ३५ वटा नीतिगत तथा व्यावहारिक सुधारका कार्यक्रम सार्वजनिक गर्ने तयारी भइरहेको उनको भनाइ छ ।

सुधार एकपटकको निर्णयबाट पूरा नहुने उल्लेख गर्दै उनले यसलाई निरन्तरको प्रयासका रूपमा लिनुपर्ने बताए। सुधारका क्रममा गल्ती हुन सक्ने, आवश्यकताभन्दा बढी हस्तक्षेप हुन सक्ने वा अपेक्षित सुधार अपुग हुन सक्ने स्वीकार गर्दै तथ्य र प्रमाणका आधारमा आवश्यकताअनुसार नीतिगत परिमार्जन गर्दै जाने उनले स्पष्ट पारे ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on पर्दाफास

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
अन्टाल्यामा स्थानीय सरकार बिनाको जलवायु कूटनीति कति सार्थक ?
OthersJust now

अन्टाल्यामा स्थानीय सरकार बिनाको जलवायु कूटनीति कति सार्थक ?

जलवायु अनुकूलन योजनाको स्थानीयकरण, उत्थानशीलता र जलवायुजन्य विपद विरुद्धको पूर्वतयारीका ठूला-ठूला नारा घन्काइरहँदा, ती योजनालाई व्यवहारमा उतार्ने र विपद्को पहिलो प्रहार झेल्ने स्थानीय तथा प्रदेश सरकारका जनप्रतिनिधिहरूको उपस्थिति अन्टाल्यामा नगण्य छ । ...

अनलाइन खबर
अदालतले दानबहादुर कार्कीलाई पुनर्बहाली गरे पनि काम गर्न नदिने रास्वपा सहप्रवक्ताको चेतावनी
OthersJust now

अदालतले दानबहादुर कार्कीलाई पुनर्बहाली गरे पनि काम गर्न नदिने रास्वपा सहप्रवक्ताको चेतावनी

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सहप्रवक्ता सुरेन्द्र चौधरीले सर्वोच्च अदालतले नेपाल प्रहरीका निवर्तमान महानिरीक्षक दानबहादुर कार्कीलाई पुनर्बहाली गरे पनि उनलाई महानिरीक्षकका रूपमा काम गर्न नदिने चेतावनी दिएका छन् । एक अन्तर्वार्तामा चौधरीले कार्कीको नेतृत्वमा प्रहरी संगठन चल्न नसक्ने दाबी गरे । अदालतबाट पुनर्बहाली भए सरकारले उनलाई पूर्ववत् जिम्मेवारी सम्हाल्न नदिने अन्य कानुनी बाटो खोज्न सक्ने उनको भनाइ थियो । सरकारले नयाँ पद ...

पर्दाफास
सुशासन कायम गरेर १५ खर्ब ८० अर्ब राजस्व उठाउने लक्ष्य पूरा गर्छौँ : अर्थमन्त्री वाग्ले
OthersJust now

सुशासन कायम गरेर १५ खर्ब ८० अर्ब राजस्व उठाउने लक्ष्य पूरा गर्छौँ : अर्थमन्त्री वाग्ले

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सुशासन कायम गरेर चालु आर्थिक वर्षमा सरकारले राखेको १५ खर्ब ८० अर्ब रुपैयाँ राजस्व संकलनको लक्ष्य पूरा गर्ने बताएका छन् । गत वर्षको तुलनामा करिब २७ प्रतिशत बढी राजस्व उठाउने लक्ष्य महत्वाकांक्षी भए पनि सुशासनमार्फत हासिल गर्न सकिने उनको विश्वास छ । राष्ट्रिय कर दिवसका अवसरमा बोल्दै मन्त्री वाग्लेले गत वर्ष १ हजार २५० अर्ब रुपैयाँ राजस्व ...

पर्दाफास
विजय र अञ्जनाको जोडीलाई आफ्नै चुनौती
OthersJust now

विजय र अञ्जनाको जोडीलाई आफ्नै चुनौती

काठमाडौं । फिल्म ‘सिन्दुरे जात्रा’ मंसिर १८ गते रिलिज हुँदैछ । सरोज पौडेलको निर्देशन रहेको यो फिल्मको मुख्य भूमिकामा विजय बराल र अञ्जना बराइली छन् । फिल्म ‘पूर्णबहादुरको सारङ्गी’ पछि यो जोडी पहिलोपटक ‘सिन्दुरे जात्रा’ मा सँगै देखिन लागेको हो । यो जोडी नेपाली सिनेमा उद्योगमा सर्वकालीन ब्लकबस्टर सिनेमा दिने जोडी हो । फिल्म ‘पूर्णबहादुरको… ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play