Monday, November 23, 2026||
MultiKhabarMultiKhabar

आफ्नै रेन्टल बाइकको सर्भिसिङबाट सुरु भएको एसटीआर ग्यारेज, अब अन्य ग्राहकलाई पनि सेवा

Share:WhatsAppFacebookX (Twitter)Telegram
आफ्नै रेन्टल बाइकको सर्भिसिङबाट सुरु भएको एसटीआर ग्यारेज, अब अन्य ग्राहकलाई पनि सेवा
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं । आफ्नै रेन्टल बाइकको मर्मतसम्भारलाई सहज बनाउने उद्देश्यले स्थापना भएको एसटीआर ग्यारेजले आफ्नो सेवा विस्तार गर्न थालेको छ । आरवाईडी नेपालअन्तर्गत सञ्चालनमा रहेको ग्यारेजले सुरुमा कम्पनीकै बाइकको सर्भिसिङ गर्दै आएकोमा अहिले अन्य ग्राहकका मोटरसाइकललाई समेत सेवा दिन थालेको हो । काठमाडौंको निलो पुल क्षेत्रमा सञ्चालनमा रहेको एसटीआर ग्यारेजमा दैनिक ८ देखि १२ वटासम्म मोटरसाइकल सर्भिसिङ हुने गरेको आरवाईडी नेपालका सञ्चालक सदस्य प्रतिभ आचार्यले जानकारी दिए । उनका अनुसार आरवाईडी नेपालले सुरुमा आफ्ना बाइकको सर्भिसिङका लागि अन्य सर्भिसिङ सेन्टरमा निर्भर रहनुपरेको थियो । तर, कम्पनीका बाइकको संख्या बढ्दै जाँदा सामान्य सर्भिसिङका लागि समेत लामो समय कुर्नुपर्ने अवस्था आएपछि आफ्नै वर्कसप सञ्चालन गर्ने निर्णय गरिएको हो । ‘पहिले हामीले हाम्रा बाइक अन्य सर्भिसिङ सेन्टरमा लगेर सर्भिसिङ गराउँदै आएका थियौँ । बाइकको संख्या बढ्दै जाँदा सामान्य सर्भिसिङका लागि पनि लामो समय लाग्न थालेपछि आफ्नै वर्कसप सञ्चालन गरेका हौँ,’ आचार्यले भने । एसटीआर ग्यारेजमा नियमित सर्भिसिङ, इन्जिन जाँच, ब्रेक तथा टायर परीक्षण र आवश्यक पार्टपुर्जाको मर्मत तथा प्रतिस्थापन सेवा उपलब्ध हुँदै आएको छ । दक्ष प्राविधिक जनशक्तिमार्फत मोटरसाइकलको अवस्था जाँच गरी आवश्यक मर्मतसम्भार गर्ने व्यवस्था मिलाइएको आचार्यले बताए । विशेषगरी आरवाईडी नेपालका बाइक पठाओ र इनड्राइभजस्ता राइड सेयरिङ प्लेटफर्ममा काम गर्ने राइडरले प्रयोग गर्दै आएका छन् । राइडरको आम्दानी नै मोटरसाइकल सञ्चालनसँग जोडिने भएकाले बाइक बिग्रिएर लामो समयसम्म थन्किँदा उनीहरूको दैनिक कमाइ प्रभावित हुने गर्छ । यही समस्यालाई मध्यनजर गर्दै कम्पनीले आफ्नै वर्कसप स्थापना गरेको आचार्यको भनाइ छ । वर्कसप सञ्चालनसँगै कम्पनीले प्राविधिक क्षेत्रमा रोजगारी सिर्जना गर्नसमेत सफल भएको छ । आचार्यका अनुसार ग्यारेजमा पाँच जना मेकानिकसहित प्राविधिक तथा अन्य कर्मचारी गरी करिब ११ जनाले रोजगारी पाएका छन् । सुरुवातमा आफ्नै कम्पनीका बाइकको सर्भिसिङमा केन्द्रित रहेको ग्यारेजलाई अहिले व्यावसायिक सर्भिसिङ सेन्टरका रूपमा विस्तार गर्ने योजना बनाइएको छ । आरवाईडी नेपालका बाइकलाई प्राथमिकतामा राखेर सेवा सञ्चालन भइरहेको भए पनि अन्य ग्राहकका मोटरसाइकलको सर्भिसिङ पनि विस्तार गरिँदै लगिएको आचार्यले बताए । यसका साथै एसटीआर ग्यारेजले इनड्राइभसँग साझेदारीसमेत गरेको कम्पनीले जनाएको छ । राइड सेयरिङ क्षेत्रमा आबद्ध चालकलाई आवश्यक मर्मतसम्भार तथा सर्भिसिङ सेवा सहज बनाउने उद्देश्यले यस्तो सहकार्य अघि बढाइएको बताइएको छ । आरवाईडी नेपालले आगामी दिनमा बाइक भाडा सेवाको दायरा विस्तार गर्ने योजना पनि बनाएको छ । हाल मोटरसाइकल मात्र भाडामा उपलब्ध गराउँदै आएको कम्पनीले भविष्यमा स्कुटरसमेत ल्याउने तयारी गरेको आचार्यले जानकारी दिए । त्यसैगरी, सेवा विस्तारसँगै काठमाडौं उपत्यकाका अन्य क्षेत्रमा पनि वर्कसप तथा सेवा केन्द्र सञ्चालन गर्ने कम्पनीको योजना छ । विशेषगरी भक्तपुर र ललितपुरमा शाखा विस्तार गर्ने सम्भावनाबारे कम्पनीले योजना बनाएको आचार्यले बताए । रेन्टल बाइक व्यवसायमा सवारी साधनको अवस्था र उपलब्धता नै सेवाको निरन्तरतासँग जोडिएको हुन्छ । बाइक बिग्रिएर लामो समय थन्किँदा कम्पनीको लगानीसँगै राइडरको आम्दानीसमेत प्रभावित हुन्छ । त्यसैले आफ्नै वर्कसप सञ्चालन गर्नु आरवाईडी नेपालका लागि मर्मतसम्भारको व्यवस्था मात्र नभई सेवा गुणस्तर सुधार र व्यवसाय विस्तारको महत्वपूर्ण आधार बनेको छ । आफ्नै कम्पनीका बाइकको सर्भिसिङबाट सुरु भएको एसटीआर ग्यारेजले अन्य ग्राहकलाई समेत सेवा दिन थालेसँगै छुट्टै अटोमोबाइल सर्भिसिङ व्यवसायका रूपमा स्थापित हुने सम्भावना बढेको छ । आगामी दिनमा सेवा क्षेत्र विस्तार, दक्ष जनशक्ति व्यवस्थापन र गुणस्तरीय सर्भिसिङमार्फत ग्राहकको विश्वास जित्नु ग्यारेजका लागि महत्वपूर्ण हुनेछ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
सर्बिया लैजाने भन्दै दिल्लीको होटलमा ४५ दिन बन्धक, तीन नेपालीको उद्धार
Latest NewsJust now

सर्बिया लैजाने भन्दै दिल्लीको होटलमा ४५ दिन बन्धक, तीन नेपालीको उद्धार

काठमाडौं । वैदेशिक रोजगारीको सुन्दर सपना देखाएर सर्बिया पठाउने प्रलोभनमा ४५ दिनदेखि दिल्लीको होटलमा बन्धक तीन नेपालीको उद्धार भएको छ । सगरमाथा आरोही कल्पना महर्जनका अनुसार सर्बिया पठाइदिने प्रलोभन देखाएर भारतको राजधानी नयाँ दिल्लीस्थित एक होटलको कोठामा बन्धक बनाएर राखिएका उनीहरूलाई सामाजिक संस्था किन इण्डियासहित सम्बन्धित निकायको संयुक्त पहलमा शनिबार सकुशल उद्धार गरिएको हो । […] ...

लोकपथ
द्वन्द्वपीडितको प्रश्न- न्याय कहिले?
Latest NewsJust now

द्वन्द्वपीडितको प्रश्न- न्याय कहिले?

सुर्खेत। अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) कर्णाली प्रदेशले सोमबार आयोजना गरेको कार्यक्रममा सुर्खेतका ऋषि वलीले आफ्नो आक्रोश पोखे। उनले भने, “यदि हामी द्वन्द्वपीडित सडकमा आएपछि मात्रै न्याय पाइन्छ भने हामी सडकमा उत्रिन तयार छौँ।” दुई दशकभन्दा बढी समयदेखि उनले यही पीडा मनमा पालेर बसेका छन्। सशस्त्र द्वन्द्वका बेला २०६० सालमा उनकी जेठी दिदी दीपालाई राज्य पक्षले बेपत्ता पारेको थियो। उनी ...

नेपालन्युज
कोप–३१ : पर्वतीय मुद्दालाई संस्थागत मान्यता दिलाउने बाटो खुला
Latest NewsJust now

कोप–३१ : पर्वतीय मुद्दालाई संस्थागत मान्यता दिलाउने बाटो खुला

काठमाडौँ । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय सम्मेलन (कोप–३१) का वार्तामा अपेक्षित सहमति जुट्न नसक्दा सम्मेलन निष्कर्षविहीन बनेको छ । टर्किएको अन्ताल्यामा नोभेम्बर ९ देखि सुरु भएको सम्मेलन निर्धारित समयभन्दा दुई... ...

रातोपाटी
जेनजी आन्दोलनका मुद्दा छानबिन गर्न आयोग गठन गर्ने सरकारको तयारी
Latest NewsJust now

जेनजी आन्दोलनका मुद्दा छानबिन गर्न आयोग गठन गर्ने सरकारको तयारी

काठमाडौं । सरकारले जेनजी आन्दोलनका क्रममा भएका घटनासम्बन्धी मुद्दाको छानबिन, पीडितलाई क्षतिपूर्ति तथा परिपूरण उपलब्ध गराउने उद्देश्यले छुट्टै आयोग गठन गर्ने भएको छ। यससम्बन्धी अध्यादेश जारी गर्न मन्त्रिपरिषद्ले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेको छ। मन्त्रिपरिषद्को निर्णयअनुसार सिफारिस गरिएको अध्यादेश राष्ट्रपति कार्यालय पुगेको स्रोतले जनाएको छ। सरकारले भने यसबारे औपचारिक जानकारी सार्वजनिक गरिसकेको छैन। अध्यादेश जारी भएपछि जेनजी आन्दोलनका घटनासँग सम्बन्धित मुद्दाको ...

केन्द्रबिन्दु
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement