Wednesday, November 18, 2026||
MultiKhabarMultiKhabar

आन्दोलनका लागि तयार रहन कार्यकर्तालाई ओलीको निर्देशन

Share:WhatsAppFacebookX (Twitter)Telegram
आन्दोलनका लागि तयार रहन कार्यकर्तालाई ओलीको निर्देशन
Photo / Coverage: हिमालय टाइम्स

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले आन्दोलनका लागि मानसिक रूपमा तयार रहन कार्यकर्तालाई निर्देशन दिनुभएको छ । मंगलबार काठमाडौंमा अखिल नेपाल किसान महासंघको विस्तारित बैठकलाई सम्बोधन गर्दै ओलीले आन्दोलन सधैँ लामो तयारीपछि मात्रै नहुने भन्दै आवश्यकता परे तत्कालै आन्दोलनमा उत्रिनुपर्ने बताउनुभएको हो । अध्यक्ष ओलीले भन्नुभयो, ‘आन्दोलन सधैँ लामो तयारी गरेर मात्र हुन्छ भन्न सकिँदैन, असह्य भएपछि तत्काल आन्दोलन निस्किन्छ । उहिले १९१७ मा रुसमा दुई दिनको विद्रोहबाट सत्ता पलट भएको थियो, कहीँ विद्रोहबाट, निर्वाचनबाट र कहीँ उपद्रवबाट हुँदोरहेछ । केन्द्रीय कमिटी बैठकले निर्णय गरिसकेको छ । कुनै पनि समय आन्दोलनमा जानुपर्ने हुनसक्छ, मानसिक रूपमा तयारी रहनुहोला ।’ अध्यक्ष ओलीले पार्टी पुनर्गठन गर्दै जनताको घरदैलोमा पुग्न, किसान तथा नागरिकसँग संवाद गर्न र एमालेलाई देशको निर्णायक राजनीतिक शक्तिका रूपमा स्थापित गर्न नेता-कार्यकर्तालाई आग्रह गर्नुभएको छ । सर्वोच्च अदालतको आलोचनाअध्यक्ष ओलीले सर्वोच्च अदालतको पनि आलोचना गर्नुभएको छ । संसद् विघटनबारे मुद्दाको फैसला नगरेको र प्रदेश सरकार गठनबारे पनि अनौठो फैसला गरेको टिप्पणी गर्दै अध्यक्ष ओलीले भन्नुभयो, ‘मधेशमा हामीले सरकारबाट राजीनामा गरेका छौँ । अब ४ गतेसम्ममा दाबी प्रस्तुत गर्नुपर्ने छ । सर्वोच्च अदालतबाट एउटा अनौठो फैसला भएको छ त्यसले गर्दा हामीले ४ गतेसम्म पर्खिनुपर्ने छ । के अनौठो फैसला भने सात दिनभित्र दाबी पेस गर्नुपर्ने भनेका ठाउँमा सात दिन नै पर्खिनुपर्ने । एउटा बहुमत पुर्‍याएर सात दिनभित्र दाबी पेस गरिसकेपछि अर्को बहुमत हुन सक्दैन ।’ सर्वोच्चले जेसुकै फैसला गरे पनि त्यसलाई मान्नैपर्ने जिकिर गर्दै ओलीले भन्नुभयो, ‘हामीलाई सरकारमा जान नदिन, गत वर्ष अत्यन्तै असंवैधानिक ढंगले सरकार उल्टाइयो । प्रतिनिधिसभा असंवैधानिक ढंगले, अधिकारविहीन व्यक्तिहरूका सिफारिसमा प्रतिनिधिसभा विघटन गरियो । हामीले पुनःस्थापनाका लागि माग गर्‍यौँ । अघिपछि हतारिएर फैसला हुन्छ । त्यसमा अहिले पनि फैसला भएको छैन । फागुनमा चुनाव भइसक्यो, मुद्दा अहिले पनि फैसला भएको छैन ।’ समयमा न्याय प्राप्त नहुनु र ढिला प्राप्त हुनु भनेको न्याय प्राप्त नहुनुजस्तै भएको जिकिर गर्दै पूर्व–प्रधानमन्त्रीसमेत रहनुभएका ओलीले भन्नुभयो, ‘निर्वाचन अगाडि फैसला हुनुपर्थ्यो । सर्वोच्च अदालत मुद्दा टेबलमा राखेरै बसिराख्यो, फैसला भएन । अचम्मको फैसला हुन्छ, हामीले नेपाली भाषा बुझ्न छोड्यौँ कि अदालतले बुझ्न छोड्यो ? बोल्यो भने फेरि एउटा मुद्दा थपिन बेर लाउँदैन । जसो गर्दा पनि अपमान गर्‍यो भन्छन् । केही बोल्नै नहुने, अहिले पनि सायद मुद्दा होलान् त्यहाँ, थाहा छैन याद छैन मलाई त ।’ ‘जेन-जी आन्दोलनको छानविन गर्न बनेका आयोगबाट काम भएन’अध्यक्ष ओलीले आफू नेतृत्वको तत्कालीन सरकार लोकतान्त्रिक प्रक्रियाबाट नभई बलजफ्ती, आगजनी र लुटपाटमार्फत हटाइएको दाबी गर्नुभएको छ । उपद्रवकारीहरूले राज्यका संयन्त्र निष्क्रिय र निष्प्रभावी बनाएपछि आफूहरू सरकारबाट हट्नुपरेको उहाँको जिकिर छ । ‘जेन–जी’ आन्दोलनको क्रममा भएका घटनाहरूको निष्पक्ष छानविन हुन नसकेको टिप्पणी गर्दै अध्यक्ष ओलीले भन्नुभयो, ‘अहिले हामीले धक्का खाएका छौँ, हामीले लोकतान्त्रिक बाटोबाट धक्का खाएका होइनौँ । बलजफ्ती, आगो लगाएर, लुटपाट गरेर, राज्यका संयन्त्रहरू निष्क्रिय र निष्प्रभावी भएर हामी सरकारबाट हटाइयौँ । मान्छे मराएर उनीहरूले कब्जा गरे । मान्छे कसले मार्‍यो ? कसले गोली चलायो ? आयोग बने, स्थायी मानव अधिकार आयोग त छँदै छ । वास्तवमा छानविन भएन । सम्भवतः आयोगहरूलाई छानविन गर्नु पनि थिएन । केपी ओलीलाई आरोपित गर्नु थियो ।’ विदेशी सामाजिक सञ्जाल कम्पनीलाई नियमन गर्न खोजेको विषयमा तत्कालीन सञ्चारमन्त्रीमाथि कारबाही गर्नुपर्ने राष्ट्रिय मानव अधिकार आयोगको निष्कर्षप्रति समेत उहाँले आपत्ति जनाउनुभएको छ । एमालेको राष्ट्रिय भेला आजदेखिनेकपा एमालेको राष्ट्रिय भेला आज (बुधबार) देखि सुरु हुँदै छ । काठमाडौंको माइतीघरस्थित कार्की ब्याङ्क्वेटमा आज र भोलि दुई दिन चल्ने राष्ट्रिय भेलाको उद्घाटन पार्टी अध्यक्ष केपी शर्मा ओलीले गर्ने कार्यक्रम छ । राष्ट्रिय राजनीतिलाई स्पष्ट दिशानिर्देश गर्न पार्टी केन्द्रीय कमिटीको तेस्रो पूर्ण बैठक (२०८३ असोज ५ देखि ८) ले पारित गरेका दुई प्रमुख कार्यभार र गर्नुपर्ने १५ कामलाई एकजुट भई कार्यान्वयन गरी सफल बनाउने गरेर जनतासमक्ष प्रभावकारी रूपमा सम्प्रेषण गर्नु राष्ट्रिय भेलाको मुख्य उद्देश्य रहेको एमालेले जनाएको छ । नेकपा एमाले पार्टी प्रचार विभाग प्रमुख नीरज आचार्यले भन्नुभयो, ‘आगामी स्थानीय तह निर्वाचनको व्यवस्थित पूर्वतयारी, पार्टी पंक्तिमा पार्टीको निर्णय, राजनीतिक बुझाइ र दृष्टिकोणमा एकरूपता निर्माण गरेर वैचारिक तथा संगठनात्मक एकतालाई सुदृढ बनाउन र मुलुकमा पछिल्लो अवस्थामा देखिएको कुशासन र निराशालाई चिर्दै नयाँ आशा र ऊर्जा सञ्चार गर्ने भेलाको मुख्य उद्देश्य हो ।’ राष्ट्रिय भेलामा पार्टीको मूल नेतृत्वदेखि पालिका तहका कमिटीसम्म र पार्टीका तर्फबाट निर्वाचित जनप्रतिनिधिसमेत कुल तीन हजार ४१४ जनाको सहभागिता रहनेछ । एमालेको पार्टी जीवनमा पालिका तहका कमिटीदेखि केन्द्रीय नेतृत्व र संसदीय फाँटतर्फ संघीय संसद्देखि स्थानीय तहसम्मका जनप्रतिनिधि एकै ठाउँमा सहभागी हुनेगरी राष्ट्रिय भेला आयोजना गरिएको एमालेले जनाएको छ । भेलामा केन्द्रीय कमिटी, केन्द्रीय निकाय, केन्द्रीय प्रतिनिधि, पार्टीका प्रदेश र जिल्ला कमिटीका पदाधिकारीहरू (प्रवासबाट समेत) र पालिका कमिटीका अध्यक्ष र उपाध्यक्षहरू सहभागी हुनेछन् । त्यसैगरी, जनप्रतिनिधितर्फ संघीय सांसदहरू, प्रदेशसभा सदस्यहरू, जिल्ला समन्वय समितिका प्रमुख र उपप्रमुखहरू एवं पालिकाका प्रमुख र उपप्रमुख एवं अध्यक्ष र उपाध्यक्षहरू, जनसंगठनहरूका प्रतिनिधिहरू, विभिन्न उपसमितिमा रहनुभएका नेता/कार्यकर्ता एवं भेला व्यवस्थापनमा खटिने स्वयंसेवकहरू सहभागी हुनेछन् । संख्याको दृष्ट्रिकोणले राष्ट्रिय भेला महाधिवेशनभन्दा ठूलो र प्रतिनिधित्वको हिसाबले सबै क्षेत्र समेटिएको छ । भेलालाई अध्यक्ष ओलीले मुलुकको वर्तमान राजनीतिक अवस्थाको विश्लेषण, पार्टीको दृष्टिकोण र आगामी कार्यदिशा, पार्टीका दुई प्रमुख कार्यभार र गर्नुपर्ने १५ काम सहितको वैचारिक तथा राजनीतिक मार्गदर्शन गर्ने बताइएको छ । पार्टीका वरिष्ठ नेता, पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकको समसामयिक विषय र पार्टीको कार्यभारसम्बन्धी विशेष सम्बोधन गर्ने कार्यक्रम छ । उपाध्यक्ष रामबहादुर थापाले संसदीय संघर्षसम्बन्धी अभिभारा, अर्का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले एमाले सरकारमा रहँदा गरिएका महत्त्वपूर्ण कामहरू तथा उपलब्धिहरूको समीक्षा र महासचिव शंकर पोखरेलले पार्टी शुद्धीकरण, सुदृढीकरण तथा स्थानीय निर्वाचन कार्ययोजना प्रस्तुत गर्नेछन् । भेलाका सहभागीहरूले आ–आफ्नो आवासको व्यवस्था स्वयंले गर्नुपर्ने छ भने भेला सञ्चालनका लागि आवश्यक हल व्यवस्थापन तथा आन्तरिक सुरक्षा प्रबन्धलाई अत्यन्त सुव्यवस्थित बनाइएको एमालेले जनाएको छ । यसअघि मंगलबार बसेको स्यायी कमिटी बैठकले राष्ट्रिय भेलाका एजेण्डा अनुमोदन गरेको छ । एमालेले राष्ट्रिय भेलालाई आगामी स्थानीय तह निर्वाचनको तयारी र संगठन सुदृढीकरणको महत्त्वपूर्ण अवसरका रूपमा लिएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
२४ घण्टामा ५५७ परे ट्राफिक प्रहरीको कारबाहीमा
Latest NewsJust now

२४ घण्टामा ५५७ परे ट्राफिक प्रहरीको कारबाहीमा

• ट्राफिक प्रहरीले २४ घण्टामा ५५७ चालकलाई कारबाही गरेको छ। • मादक पदार्थ सेवन गरी सवारी चलाउने ५४ चालक र अन्य विभिन्न उल्लंघनमा ५०३ चालकलाई कारबाही गरिएको छ। • कारबाहीमा तीव्रगति, हर्न निषेध, र अन्य नियम उल्लंघन गर्ने चालक समावेश छन्। ...

नेपालबहस
३७ बीमा कम्पनीको अद्यावधिक विवरण सार्वजनिक, कसको कति कारोबार (सूचीसहित)
Latest NewsJust now

३७ बीमा कम्पनीको अद्यावधिक विवरण सार्वजनिक, कसको कति कारोबार (सूचीसहित)

काठमाडौं । नेपाल बीमा प्राधिकरणले देशभर सञ्चालनमा रहेका ३७ वटा बीमा कम्पनीको अद्यावधिक विवरण सार्वजनिक गरेको छ । प्राधिकरणले १४ जीवन बीमा, १४ निर्जीवन बीमा, ७ लघुबीमा र २ पुनर्बीमा कम्पनीको... ...

रातोपाटी
हिउँदमा भारतबाट ३५० मेगावाट विद्युत् आयात गर्न अनुमति
Latest NewsJust now

हिउँदमा भारतबाट ३५० मेगावाट विद्युत् आयात गर्न अनुमति

काठमाडौं। नेपाल विद्युत् प्राधिकरणले यस वर्षको हिउँदयामका लागि भारतबाट ३५० मेगावाट विद्युत् आयात गर्ने अनुमति पाएको छ। भारतको केन्द्रीय विद्युत् प्राधिकरणले भारतीय ऊर्जा विनिमय बजार (आइएक्स) को डे-अहेड र रियल टाइम बजारबाट प्रतिस्पर्धी दरमा विद्युत् खरिद गर्न स्वीकृति दिएको हो। प्राधिकरणका अनुसार मङ्सिर १ देखि आगामी साउन १५ गतेसम्म यो सुविधा उपलब्ध हुनेछ। यसअन्तर्गत दैनिक १७ घण्टासम्म विद्युत् आयात गर्न पाइनेछ। ...

नेपालन्युज
‘देहमा अवरित बोधी’ को प्रदर्शनी
Latest NewsJust now

‘देहमा अवरित बोधी’ को प्रदर्शनी

गोरखापत्र समाचारदाताकाठमाडौँ, मङ्सिर २ गते । कलाकार समुन्द्रमानसिंह श्रेष्ठको एकल चित्रकला प्रदर्शनी ‘देहमा अवरित बोधी’ शीर्षकको चित्रकला प्रदर्शनी भइरहेको छ । परम्परागत कलाको संरक... ...

गोरखापत्र
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play