Wednesday, November 25, 2026||
MultiKhabarMultiKhabar

आनी छोइङको नियुक्तिविरुद्ध परेको रिटमा सर्वोच्चले दुवै पक्षलाई बोलायो

Share:WhatsAppFacebookX (Twitter)Telegram
आनी छोइङको नियुक्तिविरुद्ध परेको रिटमा सर्वोच्चले दुवै पक्षलाई बोलायो
Photo / Coverage: केन्द्रबिन्दु

काठमाडौं । गायिका आनी छोइङ डोल्मालाई लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त गर्ने सरकारको निर्णयविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्ने वा नगर्ने विषयमा छलफलका लागि दुवै पक्षलाई बोलाएको छ। सर्वोच्च अदालतले आगामी सोमबार (१४ मंसिर) दुवै पक्षलाई उपस्थित हुन आदेश दिएको हो। प्रारम्भिक सुनुवाइपछि दुवै पक्षबीच छलफल गरेर मात्रै अन्तरिम आदेशबारे निष्कर्षमा पुग्नु उपयुक्त हुने ठहर गर्दै अदालतले यस्तो आदेश गरेको हो। न्यायाधीश डा. रत्नबहादुर बागचन्दको इजलासले रिट निवेदनमाथि प्रारम्भिक सुनुवाइ गर्दै दुवै पक्षलाई छलफलका लागि झिकाउने आदेश दिएको हो। सफलता बोगटी लगायतले डोल्मालाई लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त गर्ने सरकारको निर्णय गैरकानुनी रहेको दाबीसहित सर्वोच्च अदालतमा रिट दायर गरेका थिए। नागरिकतासम्बन्धी विवादमा रहेकी र सम्पत्ति शुद्धीकरणको आरोपमा अनुसन्धान भइरहेको व्यक्तिलाई सरकारले महत्वपूर्ण जिम्मेवारीमा नियुक्त गरेको भन्दै उक्त नियुक्ति बदर गर्न मागसहित रिट निवेदन परेको हो। अब सोमबार हुने दुवै पक्षबीचको छलफलपछि सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गर्ने वा नगर्ने भन्ने विषयमा निर्णय गर्नेछ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
सर्वोच्चले दिएन आईजीपी नियुक्तिविरुद्ध अन्तरिम आदेश, सात दिनभित्रै अन्तिम सुनुवाइ हुने
Latest NewsJust now

सर्वोच्चले दिएन आईजीपी नियुक्तिविरुद्ध अन्तरिम आदेश, सात दिनभित्रै अन्तिम सुनुवाइ हुने

• सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक नियुक्तिविरुद्धको रिटमा अन्तरिम आदेश जारी गर्न अस्वीकार गर्दै सात दिनभित्र अन्तिम सुनुवाइका लागि पेसी चढाउन आदेश दिएको छ। • अदालतले मुद्दाको गम्भीरता र संवेदनशीलतालाई ध्यानमा राख्दै प्रहरी संगठनको नेतृत्वको महत्वलाई औँल्याएको छ। • डा. मनोजकुमार केसीले प्रहरी महानिरीक्षकका रूपमा कार्यभार सम्हालिसकेका छन्, तर नियुक्तिको वैधानिकता सर्वोच्च अदालतको अन्तिम सुनुवाइपछि मात्र स्पष्ट हुनेछ। ...

नेपालबहस
दानबहादुर कार्कीको मुद्दामा अन्तरिम आदेश जारी गर्न अस्वीकार
Latest NewsJust now

दानबहादुर कार्कीको मुद्दामा अन्तरिम आदेश जारी गर्न अस्वीकार

काठमाडौँ- सर्वोच्च अदालतले महानिरीक्षक (आईजीपी) बाट हटाइएका दानबहादुर कार्कीको मुद्दामा अन्तरिम जारी नहुने आदेश गरेको छ । न्यायाधीश नृपधवज निरौला र श्रीकान्त पौडेलको संयुक्त इजलासले बुधबार दुवै पक्षको सुनुवाइपछि कार्कीको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । यस आदेशसँगै सरकारको निर्णयबमोजिम नियुक्त भएका आईजीपी मनोज केसीलाई मुद्दाको अन्तिम किनारा नलागेसम्म काम गर्न बाटो खुलेको छ। सरकारले कात्तिक १८ गते कार्कीलाई ...

नेपालन्युज
मसालको ठहर- बालेनले लिपुलेकको मुद्दा छोड्दा मोदीको प्रियपात्र बने
Latest NewsJust now

मसालको ठहर- बालेनले लिपुलेकको मुद्दा छोड्दा मोदीको प्रियपात्र बने

नेपाल कम्युनिष्ट पार्टी (मसाल) ले प्रधानमन्त्री वालेन्द्र शाहले कालापानी, लिपुलेक, लिम्पियाधुराको नेपालको भूगोल भारतलाई सुम्पेको बताएको छ। बुधबार प्रेस वक्तव्य जारी गरी मसालले प्रधानमन्त्री शाहले ‘भारतीय साम्राज्यवादप्रति आत्मसमर्पणको नीति अपनाएको’ बताएको हो।  महामन्त्री मोहनविक्रम सिंहद्वारा जारी वक्तव्यमा प्रधानमन्त्री शाह चरम प्रकारको मौकापरस्त व्यक्ति ... ...

नेपालखबर
पेट्रोलियम पाइपलाइनकै मोडालिटीमा एलपी ग्यास पाइपलाइन पनि भारतीय अनुदानमा बनाउने प्रस्ताव
Latest NewsJust now

पेट्रोलियम पाइपलाइनकै मोडालिटीमा एलपी ग्यास पाइपलाइन पनि भारतीय अनुदानमा बनाउने प्रस्ताव

काठमाडौँ । नेपाल र भारतबिच पेट्रोलियम पूर्वाधार निर्माणमा भएका पछिल्ला सफलतापछि नेपाल सरकारले प्रस्तावित अन्तरदेशीय एलपी ग्यास पाइपलाइन पनि भारत सरकारकै पूर्ण अनुदानमा निर्माण गराउने गरी कूटनीतिक तथा रणनीतिक पहल... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement