Thursday, November 26, 2026||
MultiKhabarMultiKhabar

आदिवासी जनजातिको सहमतिबिना विकास आयोजना सञ्चालन गर्न नपाइने

Share:WhatsAppFacebookX (Twitter)Telegram
आदिवासी जनजातिको सहमतिबिना विकास आयोजना सञ्चालन गर्न नपाइने
Photo / Coverage: हिमालय टाइम्स

काठमाडौं । आदिवासी जनजाति समुदायको स्वतन्त्र, पूर्वसूचित सहमति (एफपिक) कार्यान्वयनका लागि राष्ट्रिय निर्देशिका सार्वजनिक गरिएको छ। निर्देशिकाले सम्बन्धित समुदायको सहमतिबिना उनीहरूको पुर्ख्यौली थातथलोमा कुनै पनि विकास आयोजना तथा गतिविधि सञ्चालन गर्न नपाइने व्यवस्था गरेको छ। आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापामगर, नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष निमा ह्योल्मो लामा र आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका निवर्तमान कार्यालय प्रमुख रामकुमार मादेनले बिहीबार संयुक्त रूपमा निर्देशिका सार्वजनिक गर्नुभएको हो। निर्देशिका सार्वजनिक कार्यक्रममा आयोगका अध्यक्ष थापामगरले आदिवासी जनजातिको परम्परागत थातथलोमा विकास आयोजना सञ्चालन गर्नुअघि सम्बन्धित समुदायको स्वतन्त्र र पूर्वसूचित सहमति अनिवार्य हुने बताउनुभयो। उहाँले अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) महासन्धि नं. १६९ र आदिवासी जनजातिको अधिकारसम्बन्धी संयुक्त राष्ट्रसंघीय घोषणापत्र (यूएनड्रिप) ले सुनिश्चित गरेका अधिकारको प्रभावकारी कार्यान्वयनका लागि राष्ट्रिय निर्देशिका आवश्यक भएको बताउनुभयो। आधुनिक विकासका नाममा सरकार, गैरसरकारी निकाय तथा नाफामूलक संस्थाले आदिवासी जनजातिको सहमतिबिना उनीहरूको परम्परागत थातथलोमा विभिन्न परियोजना सञ्चालन गर्दै आएको उल्लेख गर्दै उहाँले यस्तो अवस्थाको अन्त्य गरी समुदायको अधिकार सुनिश्चित गर्न निर्देशिका तयार गरिएको जानकारी दिनुभयो। नेपाल सरकारले आईएलओ महासन्धि नं. १६९ अनुमोदन गरिसकेको र संयुक्त राष्ट्रसंघको सदस्य राष्ट्रसमेत भएकाले आदिवासी जनजातिको अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय प्रतिबद्धता कार्यान्वयन गर्नु सरकारको दायित्व भएको उहाँको भनाइ थियो। निर्देशिकाअनुसार सम्बन्धित आदिवासी जनजाति समुदायको स्वतन्त्र, पूर्वसूचित सहमतिबिना सरकारी, गैरसरकारी तथा बहुराष्ट्रिय कम्पनीले कुनै पनि परियोजना सञ्चालन गर्न पाउने छैनन्। परियोजना निर्माणअघि सम्बन्धित समुदायका प्रतिनिधिको सहभागितामा नक्साङ्कन गर्नुपर्ने र परियोजनाबाट हुन सक्ने फाइदा तथा बेफाइदाबारे समुदायलाई जानकारी गराउनुपर्ने व्यवस्था गरिएको छ। परियोजनाबाट समुदायलाई हानि पुग्ने देखिएमा त्यस्तो आयोजना अस्वीकार गर्न सकिने प्रावधानसमेत निर्देशिकामा समेटिएको छ। एफपिक प्रक्रियामा सहजीकरणका लागि नेपाल आदिवासी जनजाति महासंघ, सम्बन्धित संघसंस्था तथा विज्ञहरूको भूमिका रहने भए पनि सहमति दिने वा नदिने अन्तिम निर्णय सम्बन्धित समुदायको प्रथाजन्य संस्थाले गर्ने व्यवस्था गरिएको छ। सरकार संलग्न परियोजनामा सरकार, लगानीकर्ता र प्रभावित समुदायबीच त्रिपक्षीय करार गर्नुपर्ने निर्देशिकामा उल्लेख छ। एफपिक प्रक्रियामा लाग्ने सम्पूर्ण आर्थिक तथा भौतिक दायित्व परियोजनाले नै व्यहोर्नुपर्ने र सहमति प्राप्त भइसकेपछि पनि समुदायलाई असर पर्ने देखिएमा परियोजना स्थगन गर्न सकिने व्यवस्था गरिएको छ। त्यस्तै, एफपिक कार्यान्वयनका क्रममा उत्पन्न हुने द्वन्द्व तथा गुनासोको सुनुवाइ आदिवासी जनजाति आयोगले गर्ने व्यवस्था छ। निर्देशिका कार्यान्वयनमा सहजीकरण गर्न आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानका उपाध्यक्षको नेतृत्वमा सम्बन्धित मन्त्रालय तथा निकायका प्रतिनिधिसहितको राष्ट्रिय सहजीकरण संयन्त्र गठन गर्ने प्रस्तावसमेत गरिएको छ। अध्यक्ष थापामगरले नेपालमा आदिवासी जनजाति समुदायको जनसंख्या करिब ३५ प्रतिशत रहेको उल्लेख गर्दै निर्देशिकालाई सरकारले आधिकारिक दस्तावेजका रूपमा कार्यान्वयन गर्नुपर्ने बताउनुभयो। यसका लागि आवश्यक कानुन निर्माण तथा संशोधन गर्न आयोगले सरकारलाई सिफारिस गर्ने उहाँले जानकारी दिनुभयो।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on हिमालय टाइम्स

Visit Publisher Site →
Advertisement

Related News

🇳🇵 Nepal
सम्झौताको समय सकिएको एक वर्ष बित्दा पनि मुग्लिन–मलेखु सडकको काम ४८ प्रतिशत मात्रै
Latest NewsJust now

सम्झौताको समय सकिएको एक वर्ष बित्दा पनि मुग्लिन–मलेखु सडकको काम ४८ प्रतिशत मात्रै

चितवन । पृथ्वी राजमार्गको नागढुङ्गा–मुग्लिन सडकखण्डको तेस्रो प्याकेजअन्तर्गत मुग्लिन–मलेखु सडकको सम्झौता अवधि सकिएको एक वर्ष पुग्दासमेत आधा काम हुन सकेको छैन । गत पुस १५ गते सम्पन्न गर्नेगरी तीन वर्षअघि अर्थात्... ...

रातोपाटी
सशस्त्र मुख्यालयले मातहत इकाईहरुको निरीक्षण गर्न केन्द्रीय निरीक्षण टोली खटाउने, यस्ता छन् दिइएका अधिकार
Latest NewsJust now

सशस्त्र मुख्यालयले मातहत इकाईहरुको निरीक्षण गर्न केन्द्रीय निरीक्षण टोली खटाउने, यस्ता छन् दिइएका अधिकार

काठमाडौं । सशस्त्र प्रहरी बल, नेपालले मातहतका इकाईहरुको निरीक्षण एवं उत्कृष्ट इकाईहरूको छनौट तथा योग्यताक्रम निर्धारणका लागि प्रधान कार्यालयबाटै टोली खटाउने भएको छ । केन्द्रीय निरीक्षण एवं उत्कृष्ट इकाईहरूको छनौट तथा योग्यताक्रम निर्धारणसम्बन्धी स्थायी आदेश २०८० (तेस्रो संशोधन) बमोजिम सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयले केन्द्रीय निरीक्षण टोली खटाउन लागेको हो । सशस्त्र प्रहरीका सहप्रवक्ता […] ...

लोकपथ
गोल्जुङबाट सुरु भयो विपद् प्रभावित बालबालिकाको दीर्घकालीन स्याहार योजना, १८ वर्षसम्म मासिक १७ हजार ५०० रुपैयाँ सहायता
Latest NewsJust now

गोल्जुङबाट सुरु भयो विपद् प्रभावित बालबालिकाको दीर्घकालीन स्याहार योजना, १८ वर्षसम्म मासिक १७ हजार ५०० रुपैयाँ सहायता

• भोटेकोशीमा आएको बाढीले श्रीमान् गुमाएकी सुत्केरी महिलाका लागि नेपाल सरकारले दीर्घकालीन स्याहार तथा संरक्षण कार्यक्रम सुरु गरेको छ। • महिलाको खातामा पहिलो महिनाको १७ हजार ५०० रुपैयाँ जम्मा गरिएको छ र नवजात शिशुले १८ वर्षसम्म मासिक सहायता प्राप्त गर्ने व्यवस्था गरिएको छ। • राष्ट्रिय बाल अधिकार परिषद् र अन्य संस्थासँगको सहकार्यमा उच्च जोखिममा रहेका बालबालिका र सुत्केरी महिलालाई विशेष ...

नेपालबहस
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play
Advertisement